लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना

काठमाडौँ । लिम्बुवान र सम्पूर्ण लिम्बुवानवासीहरुको समग्र पक्षमा अक्ष्ययन, अनुसन्धान, अभिलेखीकरण र प्रकाशन गर्ने अभिप्रायले लिम्बुवान अध्ययन केन्द्र नामक संस्थाको अवधारणा अगाडी ल्याइएको छ ।

किरात याक्थुङ चुम्लुङको अगुवाइमा यही पुस १४ गते आइतबारका दिन ललितपुर चुम्लुङहिममा बसेको बृहत बैठकमा यस संस्थाको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । उक्त बैठकमा विभिन्न पेशामा संलग्न पेशाकर्मी, बुद्धिजीबी, पत्रकार र विद्यार्थीहरुको सहभागिता रहेको थियो । भेलाले अर्जुन नुगो लिम्बूको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । अन्य सदस्यहरुमा डम्बर चेम्जोङ, खगेन्द्र जबेगू, राजकुमार दिक्पाल, प्रवीण पन्धाक, दिलबिक्रम आङदेम्वे र सदस्य सचिवमा विष्णु सिङगक रहनुभएको छ । तदर्थ समितिको पटक पटकको बैठकले लिम्बुवान अध्ययन केन्द्रलाई कसरी संस्थागत र सङ्गठित गर्ने तथा आम जनमानसमा पु्याउने भन्ने विषयमा विचार विमर्श गरिरहेको संयोजक नुगो बताउनुहुन्छ ।

यही क्रममा लोपोन्मुख र धरापमा परेका सबै क्षेत्र, पक्ष र विषयवस्तुहरुको अध्ययन, अनुसन्धान, संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार नगरे सधैंका लागि लोप हुने र पुनरुत्थान गर्न नसकिने भएकोले लिम्बुवान अध्ययन केन्द अति क्रियाशील हुनुपर्ने धारणा प्रा.डा. महेन्द्र लावतीले बताउनुभयो । साथै लिम्बुवान अध्ययन केन्द्र एउटा अध्ययन, अनुसन्धानको केन्द्रमात्र नभई विश्वविद्यालयसम्मको परिकल्पना गर्नुपर्नेमा उहाले जोड दिनुभयो । त्यस्तै अन्य वुद्विजीवीहरुले पनि लिम्बुवान अध्ययन केन्द्र लिम्बू वा लिम्बुवानमा मात्र सीमित नभई यसको कार्यक्षेत्र बृहत हुनुपर्ने तथा विशाल श्रोतकेन्द्रको रुपमा स्थापित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । यिनै धारणा र आकांक्षाहरुलाई आत्मसाथ गदैै लिम्बुवान अध्ययन केन्दको तदर्थ समितिले चाँडै नै बृहत भेलाको आयोजना गर्ने र नँया समिति चयन गर्ने तयारी गरिरहेको छ ।

हाललाई लिम्बुवान अध्ययन केन्द्र कियाचुको विधानअनुुसार विषयगत सङ्गठनको रुपमा रहने र कालान्तरमा संस्थागत विकास भएपश्चात स्थापनाको पृष्ठभूमिलाई यथावत राख्दै स्वतन्त्र सङ्गठनको रुपमा छुट्टै दर्ता गर्न सकिने कियाचुका अक्ष्यक्ष उत्तम सिं थाम्देनले बताउनुभएको छ ।

Tanchhoppa

One Comment on “लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना”

Comments are closed.