किरात याक्थुङ चुम्लुङ रजत जयन्ती :लिम्बुवान राष्ट्रिय जागरण अभियानका रूपमा: प्राज्ञ अमर तुम्याहाङ

१.१ विषय प्रवेश
किरात याक्थुङ चुम्लुङ -कियाचु) २०४६ साल भदौ १७ गते स्थापना भएको आदिवासी याक्थुङहरूको आदिवासी संस्था हो । यो संस्था स्थापना गर्नु पर्ने सम्बन्धमा “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक देश नेपालको प्राचीन किरात वंश मध्येको एक याक्थुङ जातिको भाषा, लिपि, साहित्य, धर्म, संस्कृति तथा इतिहासको क्षेत्रमा खोजपर्ूण्ा अध्ययन, जातिको उत्थान, सांस्कृतिक पुनरजागरण, सामाजिक, आर्थिक विकास, लैङ्गिक समानता तथा यससँग सम्बन्धित अन्य क्रियाकलापहरू सञ्चालन गर्न, वातावरण, स्वास्थ्य, शिक्षा, पर्यावरण, विकास निर्माण क्षेत्रमा कार्य गर्न र देशका अन्य जाति तथा सम्प्रदायसँग सुसम्बन्ध र सद्भावना अभिवृद्धि गर्दै आदिवासी जनजाति अधिकार र मानव अधिकारको घोषणा पत्रलाई अङ्गीकार गरी राष्ट्रिय एकता तथा राष्ट्रिय संस्कृतिको निर्माणमा योगदान पुर्‍याउन भाषिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक हक अधिकार प्राप्त गर्नका लागि स्थापित” भनी चुम्लुङको विधानको प्रस्तावनामा उल्लेख गरिएको छ । यो संस्थाले अनेकौ आरोह र अबरोह पार गर्दै २४ औँ वर्षपूरा गरी अब यही भदौ १७ गतेदेखि २५ वर्षा प्रवेश गर्दै छ । यस अवसरमा कियाचुले “आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान; लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेÞन् हेक्याम” मूल नाराका साथ संस्थाको रजत जयन्ती मनाउन तयारी गरिरहेको छ ।

१.२ उद्ेश्यहरू
कियाचुले आफ्नो रजत जयन्ती मनाउनका लागि निम्न तीन वटा उद्देश्यहरू तय गरेको छः
१.२.१ कियाचुको २५ वर्षो क्रियाकलाप, प्रभाव/उपलब्धिहरूको अभिलेखीकरण र प्रचार प्रसार गर्ने ।
१.२.२ विश्वभरि छरिएर रहेका याक्थुङहरूलाई सङ्गठित गर्दै लिम्बुवान प्राप्तिको अभियानमा सहयोग गर्न सहमत गराउने ।
१.२३ लिम्बुवान भित्रका याक्थुङ तथा गैर याक्थुङहरूलाई प्रस्तावित लिम्बुवान राज्यबारे थप सुसूचित गराउने ।
याक्थुङ जाति एक राष्ट्र हो । यहाँ राष्ट्र भन्नाले त्यस्तो जाति वा जनता जसको आफ्नै मौलिक भाषा, धर्म, संस्कृति, राजनैतिक प्रणाली, अर्थव्यवस्था, सभ्यता आदि हुन्छ । यस प्रकारको राष्ट्र अर्थात् जातिले आफ्नो संस्थाको रजत जयन्तीको अवसरमा राष्ट्रिय जागरणको अभियान चलाउने सङ्कल्प गरेको छ जहाँ याक्थुङ जातिको दर्शन, राजनीतिक सिद्धान्त, धर्म, संस्कृति, भाषा, साहित्य, कला, सङ्गीत आदि पुनरजीवित हुन्छ, विकसित हुन्छ र एक समृद्ध लिम्बुवान राज्यको विकास सम्भव तुल्याउँछ । यसका लागि याक्थुङ सभ्याताका अवयवहरू पहिल्याउनु पर्छ, जागरका अभियानहरू सञ्चालन गरिनर्ुपर्छ, निश्चित आचार व्यवहारहरू अङ्गीकार गरिनर्ुपर्छ । यस छोटो आलेखमा यसका केही पक्षहरूमा सङ्क्षेपमा चर्चा गरिने छ ।

२. याक्थुङ सभ्यता
कुनै जाति वा राष्ट्रको सामाजिक, भौतिक, आध्यात्मिक आदि अवस्था र उन्नति, प्रगतिको सम्पर्ूण्ा प्रतिबिम्ब -बृहत् नेपाली शब्दकोशः २०५८, पृ. १२३१) नै सभ्यता हो । हाम्रा पर्ूवजका विराशत याक्थुङ सभ्याताका रूपमा लिन सकिन्छ ।

२.१ समाज
याक्थुङ समाज जातीय छुवाछूतरहित समाज हो । मानव उत्पत्तिको सर्न्दर्भमा पोरोक्मी यम्भामीले पहिला पुरुष बनाएको आख्यान भए पनि यस समाजमा बिहे गरेपछि घरमा पुजिने सम्पर्ूण्ा माङहरू बेहुलीतर्फाट आउँछन् । बेहुलाको घरको कुनै माङहरू पुजिँदैनन् । शक्तिका हिसाबले पेलि फाङहाङ आर्थात् फेदाङ्मा, येबा, साम्बा, येमा, आदि दैवी शक्तियुक्त भए पनि उनीहरूको एकमात्र काम भनेको येत्हाङ सन्तान अर्थात् मानव सन्ततिको सेवामा समर्पित हुनु हो । उनीहरू येत्हाङ समूहबाट निर्मित तुम्म्याङ अर्थात् पञ्च भलाद्मीबाट निर्देशित हुन्छन् । यहाँ शक्ति र लोकमतको तालमेलको सुन्दर नमुना पाइन्छ ।
समाज विकासको पछिल्लो समयमा कामको आधारमा याक्थुङ थरहरू विकास भएको पाइन्छ । जस्तो कि अन् -घोडा) पालक वा व्यापार गर्ने अन्छङ्बो, सैनिक काम गर्ने थक्सु-बा), पञ्चभलाद्मीको काम गर्ने तुम्म्याङ आदि भए पनि कुनै प्रकारको भेदभाव देखिँदैन । यही समानतामुखी सामाजिक जगमा उभिएर हामीले आगामी युगको सुन्दर समाजको परिकल्पना गर्नुपर्छ ।

२.२ शासन व्यवस्था
ऐतिहासिक विकासक्रमलाई आधार मान्ने हो भने याक्थुङ सभ्याताको शासन व्यवस्थाको आधारभूमि काठमाडौँ खाल्डोमा ३२ पुस्ता -रेग्मी, २०६६ः ८-९)सम्म चलेको किरात शासन हो । यसको पछिल्लो कडी लिम्बुवानमा कायम भएको येत्हाङ र थिबोङहाङहरूको शासन व्यवस्था हो । याक्थुङहरूको शासन व्यवस्थाको पर्ूवार्धको रूप शक्तिशाली राजतन्त्रात्मक शासन व्यवस्था थियो । यतिसम्म कि सङ्घात्मक पद्धति अङ्गीकार गर्ने लिच्छविहरूले किरातहरूलाई विस्थापित गरेपछि उनीहरू सङ्घात्मक व्यवस्था अँगाल्न अर्समर्थ भए र शक्तिशाली राजतन्त्रात्मक शासन व्यवस्था अँगाल्न बाध्य भए । तर येत्हाङ र थिबोङहाङ शासनकालको लामो कालखण्डलाई सङ्घीय शासन पद्धतिको उत्तम नमुना मान्न सकिन्छ । सङ्घात्मकताले आपुङ्गीपन जन्माउन सक्ने त्यतिकै सम्भावना भए पनि यो सामूहिकताको परिचायक व्यवस्था हो । यसको एउटा अङ्ग तुम्म्याङ प्रणाली हो । कुनै विषयको निर्ण्र्ाागर्न, न्याय प्रदान गर्न तुम्म्याङ् प्रणाली अपनाइन्छ । यो पनि सामुहिकताको द्योतक हो । यर्सथ वर्तमानमा हामीले राजनैतिक प्रणाली र शासन व्यवस्थाको अनुकल्पना गर्दा यही सङ्घात्मकताको आधारभूमिमा उभिनु पर्छ र राजनैतिक प्रणालीको नयाँ इन्जिनियरिङ् गर्नुपर्छ ।

२.३ परराष्ट्र सम्बन्ध
मुन्धुमका विभिन्न प्रसङ्गमा साया मुदेन -चीन भोट) र तेमेन वलङ -भारतवर्ष को चर्चा हुन्छ । नावापा याङ्को प्रसङ्ग पनि मुन्धुम या माङ्घमा त्यतिकै आउने गर्दछ । यसले पनि तत्कालीन समयमा टक चलाउनका लागि पनि छिमेकी मुलुकहरूसँग याक्थुङ लाजे लिम्बुवानको सम्बन्ध रहेको देखिन्छ । सिरिजङ्गा राजा तिब्बत गई सन्तहरूसँग सतसङ्गत गरको प्रसङ्ग इमानसिंह चेम्जोङले आफ्नो कृति किरात इतिहास -पृ. २५) मा चर्चा गरेका छन् । यहाँ सिरिजङ्गा हाङले ज्ञानको खोजीमा तिब्बत गएको र सम्बन्ध स्थापना गरेको देखिन्छ । यसरी नै बाजहाङ रायका छोराहरूले तिब्बत गई सेनराजाहरूबाट लिम्बुवान मुलुकलाई बचाउन सहयोग गर्न लालमोहर गरे -चेम्जोङ, ऐ. पृ. २९) । यसरी नै राजा योयोहाङकी छोरी राजकुमारी थुङ्वामुक्माले सिक्किम देशका राजा फुन्छोग नाम्ग्यालसँग विहेबारी गरेका थिए । यी र यस्था घटनाका आधारमा तत्कालीन लिम्बुवान देशको परराष्ट्र सम्बन्ध राजनीति, सामरिक, वैवाहिक आदि कोणबाट सञ्चालित भएको पाइन्छ ।

२.४ भाषा र साहित्य
याक्थुङ भाषा साहित्यको कुरा गर्दा थुङ्साप र पेसापको सर्न्दर्भ आउँछ । थुङ्सापले मौखिक साहित्यिक परम्परालाई प्रतिनिधित्व गर्दछ भने पेसापले लिखित साहित्यलाई प्रतिनिधित्व गर्दछ । याक्थुङ साहित्यिक वाङ्मय घरको घडेरी स्वणिर्म मुन्धुमी साहित्यले बनेको छ । र्
वर्तमान समयमा किरात सिरिजङ्गा लिपि भनी चिनिने लिपि ब्राहृमी लिपिको समकालीन भएको मत विद्वान मदनमणि दीक्षितको रहेको छ । किरात इतिहासविद इमानसिंह चेम्जोङ र विद्वान मञ्जुल याक्थुम्बाको मतमा यो सौमर किरातहरूले विकास गरेको लिपि भएकाले यसको इतिहास ६ हजार वर्षपुरानो रहेको छ ।
तर यसका उसबेलाका पुराना लिखित प्रमाणहरू भने पाइएका छैनन् । पछिल्लो समयमा मूलतः गोरखा लिम्बुवान युद्धताका सयौँका सङ्ख्यामा लिखित कागजपत्रहरू जलाइएको घटनाका कहावतहरू रहेका छन् । यस लिपिमा लेखिएका पछिल्ला प्रमाणहरू भने इन्डिया अफिस लाइब्रेरीमा हज्सन महोदयले सङ्कलन गर्नु भएका ठेलीहरू नै हुन् । जेहोस्, मुन्धुमका आद्यविम्बहरूले न्रि्रुक्कै रुझेका याक्थुङहरूबाट रचित आधुनिक साहित्य आफ्नै विशिष्ठ पहिचान सहितको रहेकोमा दुइमत छैन । अबको याक्थुङ साहित्य रचनाको आधार पनि यही मुन्धुमले प्रक्षेपित गरेको जादुवी रोशनीको प्रकाशमा हुनर्ुपर्छ । याक्थुङ लोक छन्द र बान्कीमा साहित्य रचित हुनर्ुपर्छ । साहित्यका सारा अवयबहरू मुन्धुमको अथाह सागरबाट सिन्चित हुनर्ुपर्छ ।

२.५ धर्म
याक्थुङ जाति आदिम हिसाबले प्रकृतिपुजक जाति हुन् । याक्थुङ जाति यही प्रकृतिपुजन परम्पराबाट विकसित भएको किरात धर्म मान्ने गर्दछन् । किरात धर्म पछिल्लो समयमा आएर तीन वटा पन्थहरूमा विभाजित भएको देखिन्छ । ती हुन् ः सनातन, सत्यहाङ्मा पन्थ र युमा पन्थ ।
याक्थुङ जातिले मान्ने धर्ममाथि गौतम बुद्ध र अशोकको अभियानले मात्र होइन शङ्कराचार्यको बुद्ध धर्ममाथि गरेको आक्रमको छिटाले पनि राम्ररी नै प्रभाव पार्न खोजे पनि यो अविछन्न रूपमा अटल रहयो । लिम्बुवानको उत्तरी भेगमा प्रचलित बोन धर्मले पनि याक्थुङ धर्मलाई सेप गरे पनि यसले टेरेको इतिहास पाइन्न । आफ्नो पृथक दर्शन बोकेको मुन्धुममा आधारित याक्थुङ धर्म अर्थात् किरात धर्म अहिले निकै सङ्क्रमणबाट गुज्रिरहेको छ । यसरी नै याक्थुङ जातिको आफ्नै आर्थिक प्रणाली, संस्कृति, राजनैतिक व्यवस्था आदि रहेका छन् ।

३ अभियान
किरात याक्थुङ चुम्लुङको रजत जयन्ती राष्ट्रिय जागरण अभियानका साथ मनाइने भएकाले निम्न अभियानहरू आमरूपमा चलाइनु समीचीन देखिन्छ ।

३.१ सांस्कृतिक अभियान
यस अभियान अर्न्तर्गत याक्थुङ जातिको मर्ूत र अमर्ूत संस्कृतिहरूको पहिचान गरी तिनलाई पुनरजीवित गर्ने, पर््रदर्शन एवम् प्रचारप्रसार गर्ने काम गरिनर्ुपर्छ । यसरी नै याक्थुङ संस्कृतिका नायकहरूको पहिचान गरी उनीहरूको जीवनी र सामूहिक वा व्यक्तिगत तस्बिरमालाहरू निर्माण गर्नुपर्दछ ।

३.२ भाषिक तथा साहित्यिक अभियान
याक्थुङ साहित्य मूलतः थु­ङसाप अर्थात् मुन्धुम साहित्यको विकासक्रम र यसको प्राकृतिकपनका आधारमा प्रारूप तयार गर्नुपर्छ । त्यसको आधारमा मुन्धुम साहित्यलाई सिलसिलेवार गरिनर्ुपर्छ । यसरी नै पेसाप अर्थात् लिखित साहित्यका विधागत पहिचान र प्रारूप बनाइनु पर्दछ । यसो गर्दा मौलिक याक्थुङ साहित्य र अन्य साहित्यबाट आगन्तुकका रूपमा भित्राइएका विधाहरू छुट्ट्याउने र तिनको लेखन पद्धति जस्तो छन्दविधान आदि किटान गरिनर्ुपर्छ । यस्ता छन्द विधानहरू याक्थुङ साहित्य परम्पराका मौलिकतामा आधारित हुनर्ुपर्दछ । याक्थुङ साहित्य रचना गर्दा तिनै छन्द वा पद्धतिका आधारमा लेख्ने अभियान चलाइनर्ुपर्छ । यसका साथै याक्थुङ साहित्यकारहरू पहिचान गरी उनीहरूको जीवनी र एकल वा सामुहिक तस्बिरहरू पोस्टरका रूपमा प्रकाशन गरिनर्ुपर्दछ ।

३.३ याक्थुङ विभूति र प्रतिभाहरू
याक्थुङ समाजमा जन्मिएर याक्थुङ समाजको विकास, उत्थान, संवृद्धि, सम्मुन्नतिका लागि समर्पित भएका विभूतिहरू वा योगदान पुर्‍याइरहेका प्रतिभाहरूको पहिचान गरी उनीहरूको योगदानलाई अभिलेखीकरण गर्दै प्रचारप्रसार गर्ने कार्य गर्नुपर्छ । उनीहरूको सामूहिक वा एकल तस्बिर प्रकाशन गर्ने वा मर्ूर्ति निर्माण गरी स्थापित गर्ने कार्य गर्नुपर्दछ ।
३.४ कला -नाट्य, सङ्गीत, ललितकला तथा वस्तुकला)
याक्थुङ कला -नाट्य, सङ्गीत, ललितकला तथा वस्तुकला)को पहिचान गर्नुपर्छ । यसका साथै याक्थुङ कलाका पर््रवर्तक, परिस्कारकर्ता, प्रचारप्रसार गर्ने कलाकर्मीहरूको पहिचान गरी उनीहरूको जीवनी तयार गरी व्यक्तिगत वा सामूहिक तस्बिर वा मर्ूर्तिहरू बनाउने अभियान चलाउनु पर्छ । यसरी नै याक्थुङ समाजका अन्य विविध पक्षहरूको खोज अनुन्धान गरी पहिचान गर्दै स्थापित गर्ने काम गर्नुपर्दछ । यस्ता प्रतिभाहरूको नाममा प्रतिष्ठानहरू खोल्ने, पुरस्कारहरू स्थापना गर्ने काम पनि सँगसँगै गर्नुपर्छ । यस्ता विभूतिहरूलाई राष्ट्रिय विभूतिको मान्यता दिलाउन, टिकटमाला प्रकाशित गर्न सरकारसँग पहल गर्नुपर्छ ।
लिम्बुवान प्राप्तिका लागि गरिने राजनैतिक अभियानले आफ्नो अहम महत्व राख्दछ नै । यसका लागि पनि समय सापेक्ष अभियान सञ्चालन गर्नुपर्दछ ।

४ बुझ्नै पर्ने १ कुरा र अपनाउनै पर्ने १ व्यवहार
४.१ परिवर्तन
याक्थुङहरूले बुझ्नै पर्ने १ कुरा भनेको परिवर्तन के हो भन्ने कुरा हो । परिवर्तन बारेमा मानिसको आआफ्नो बुझाइ रहेको पाइन्छ । कतिपयले दौरा सुरुवाल लगाउनेले र्सट पेन्ट लगाएमा परिवर्तन भन्दछन् । गुन्यू चोलो लगाउनेले र्सट पेन्ट वा कर्ुता सुरुवाल लगाएमा यस प्रकारको लुगा लगाइलाई परिवर्तन ठान्दछन् । प्राकृतिक धर्म वा किरात धर्म मानिरहेको व्यक्ति हिन्दु, बुद्ध, मुस्लिम वा क्रिस्चियन धर्ममा लागेको विषयलाई परिवर्तन भनेको पाइन्छ । आफ्नो पर्ूवजले प्रदिपादन गरेको प्रणाली, दर्शन, विश्वदृष्टिलाई त्यागेर अन्य दर्शन पछ्याएको कुरालाई परिवर्तन भनेको पाइन्छ ।
तर वास्तविक अर्थमा यो परिवर्तन होइन । यो त पलायन हो । परागमन हो । भतुवा लगाइ हो । जो भतुवा लागेको ठाउँमा कहिल्यै स्वीकार्य हुँदैन, भित्रिया हुँदैन, ढोका रुँग्ने कुकुरजस्तै अस्तित्व बाँच्छ सनैः सनैः । के त्यसो भए अब याक्थुङहरूले पनि यस्तै परिवर्तन खोजेको हो त –
याक्थुङहरूले खोजेको परिवर्तन भनेको सताब्दीऔँदेखि आफ्ना पर्ूवजले पुस्तौँ पुस्ता घामपानी झेलेर अनुभव गरी निर्माण गरेको सभ्यातामा नयाँ सिँढी थप्नु हो । त्यसमा सुधार ल्याउनु हो । नयाँ क्षितिज उघार्नु हो । तागाबा र मेख्लीलाई नयाँ रूप दिएर आधुनिकता प्रदान गर्नु हो । हाम्रो समाजमा रहेका पुराना तर गहन विचारहरूलाई समय सापेक्ष नयाँ रूप दिनु हो । केलाङ या-लाकको मौलिकता नखलबलाई सुधार गरी समय सापेक्ष बनाउनु हो । पालाम र हाक्पारेको पुरानो धरातलमा टेकेर याक्थुङ गीत सङ्गीतको नयाँ उचाई प्रदान गर्नु हो । मुन्धुमको दार्शनिक आधारभूमिमा उभिएर नयाँ विश्वदृष्टि निर्माण गर्न नवीन दर्शनको विकास गर्नु हो । यही हो याक्थुङ जातिले अपेक्षा गरेको परिवर्तन ।

यसप्रकार अपेक्षित परिवर्तन व्यवहारमा देखिनु आवश्यक छ । यसका लागि याक्थुङ मौलिक बाटो छोडेर अरुले देखाएको बाटो हिँड्नेहरू सही बाटोमा आउनु पर्छ । अरुको भाषामा गौरव गर्नेहरूले आफ्नो याक्थुङ भाषा सिक्नर्ुपर्छ र दैनिक प्रयोगमा ल्याउनर्ुपर्छ । अरुको भेषभूषामा लहसिएका हामीले याक्थुङ मौलिक पहिरन तागाबा र मेखलीमा फर्किनर्ुपर्छ । धर्म परिवर्तन गरेर अन्य धर्ममा लागेकाहरूले मौलिक याक्थुङ धर्ममा फर्किएर यसले अङ्गीकार गरेका दर्शनहरू पहिल्याउनु पर्छ । यसैभित्र दर्शनका नयाँ पथहरू पहिल्याउनु पर्छ । विश्वलाई नयाँ दिशानिर्देश गर्नुपर्छ । राजनीतिज्ञहरूले याक्थुङ राजनीतिक दर्शन र व्यवस्थालाई अँगाल्नर्ुपर्छ । अर्थशास्त्रीहरूले याक्थुङ सभ्यताको आर्थिक प्रणालीको अन्वेषण गरी प्रयोगमा ल्याउनर्ुपर्छ । वस्तुकला, ललितकलाका कलाकारहरूले याक्थुङ वास्तुकला र याक्थुङ आदिमकलाहरूको खोज गरी प्रकाशमा ल्याउनर्ुपर्दछ । चलचित्र निर्देशक र कलाकारहरूले याक्थुङ नाट्य र कलाको खोजी, प्रयोग र विकासको मार्ग पहिल्याउनु पर्छ । बरालिएका हामी सबै याक्थुङले बुझ्नर्ुपर्छ कि अरुको घरको छाना छाएर, अरुको घर लिपेर अनि आँगन बढारेर हाम्रो घर आँगन राम्रो हुन सक्दैन । अरुको घर राम्रो बनाउन लाग्ने होइन । आफ्नै घर राम्रो बनाउने काममा लाग्नु पर्छ । अर्काको घरमा बसेर राम्रो र भव्य घरमा बसेको छु भनेर गर्व गर्ने होइन, आफ्नै घरलाई राम्रो बनाउन लाग्नर्ुपर्छ, याक्थुङ सभ्यतारूपी घरलाई सुधार गर्नर्ुपर्छ, विकसित बनाउनर्ुपर्छ । यही हो परिवर्तन ।
४.२ आफ्नो कमाइको निश्चित प्रतिशत याक्थुङ सभ्याता निर्माणका लागि
याक्थुङ समाजमा परापर्ूवकालदेखि पङ्याङ, चम्याङ र खुःक्याङको अवधारणा रहेको छ । यी कुराहरू व्यवहारमा पनि प्रयोग भइआएका छन् । अब याक्थुङ आधुनिक सभ्यता निर्माणका लागि औपचारिक रूपमा यसको आयाम बढाउनु पर्छ । हुन त चुम्लुङ हिमहरू, माङहिमहरू, विभूतिहरूको मर्ूर्तिहरू निर्माण गर्ने क्रममा यसको प्रयोग यसअघि पनि नभएका होइनन् । तर अब सबै याक्थुङले अपनाउनै पर्ने १ अनिवार्य व्यवहारको रूपमा पङ्याङलाई विकास गर्नुपर्छ । मुसलमानहरुले दैनिक आफ्नो कमाइको अढाइ प्रतिशत परोपकारमा छुट्ट्याए जस्तै प्रत्येक याक्थुङले आफ्नो हरेक दिनको कमाइको निश्चित प्रतिशत आधुनिक याक्थुङ सभ्यता निर्माणका लागि पर सार्नुपर्छ । यसलाई दर्ुइ काममा लगाउन सक्छौँः -क) याक्थुङ सभ्यता र संस्कृतिका प्रतीकहरू, विभूतिहरूको तस्बिर, मर्ूर्ति आदिको निर्माण गर्न र -ख) याक्थुङ धर्म, संस्कृति, भाषा, साहित्य, गीत, सङ्गीत, विभूति आदिका मर्ूर्ति, तस्बिर आदि खरिद गर्न ।

प्राकृतिक तत्त्व वा वस्तुहरू जस्तो आकास, धरती, घाम, जून, आगो, पानी -खोला, नदी, पोखरी), रुख आदिलाई दैवी शक्तिका रूपमा मानी प्रकृतिको पूजाआजा गर्ने पद्धति -हाइरोफेनी) का साथै भगवान् वा देवीदेवताको प्रतीकका रूपमा मर्ूर्ति, माङ्हिम् आदि स्थायी रूपमा पदस्थापन गरी पूजा अर्चना वा पर््रार्थना गर्ने पद्धति -थियोफेनी) मा पनि याक्थुङ समाज प्रवेश गर्ने समयमा आइसकेको छ ।

अब हरेक याक्थुङको पूजा गर्ने खोपीमा याक्थुङ माङहरूको मर्ूर्ति या तस्बिरहरू हुनर्ुपर्छ, मुन्धुमका ठेलीहरू हुनर्ुपर्छ । हरेक याक्थुङको पुस्तक दराजमा याक्थुङ भाषा साहित्यका किताबका चाङ हुनर्ुपर्छ । हरेक याक्थुङको सेफमा याक्थुङ गीत, सङ्गीत, चलचित्रका सिडी र क्यासेटहरू हुनर्ुपर्छ । हरेक याक्थुङको घरका भित्तामा याक्थुङ बाजागाजा, हातहतियार शोभायमान हुनर्ुपर्छ । हरेक याक्थुङका घर याक्थुङ विभूति र प्रतिभाका तस्बिरले सजाइएको हुनर्ुपर्छ । हाम्रा सभ्यताका यस्ता प्रतीकहरू निर्माण गर्न र सजाउन याक्थुङहरूको कमाइको निश्चित अंश चम्याङको रूपमा छुट्ट्याएर चलाउने अनिवार्य व्यवहारको विकास अब सबै याक्थुङले गर्नुपर्छ । यसले आधुनिक याक्थुङ सभ्यता निर्माणका लागि ठुलो टेवा पुर्‍याउन सक्छ ।

५. टुङ्ग्याउनी
किरात याक्थुङ चुम्लुङ रजत जयन्तीको उपलक्ष्यमा सञ्चालित लिम्बुवान राष्ट्रिय जागरण अभियानले लिम्बु समाजले विगतमा आर्जेको सभ्यताको घडेरीमा वर्तमान लिम्बु समाजका अगुवाहरुको ल्याकतमा अनुकल्पना गरिएको सभ्य, सुसंस्कृति र संवृद्ध समाजलाई व्यवहारमा रुपान्तरण गर्ने कार्यलाई सफलिभूत पार्नुपर्छ । याक्थुङहरु शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचानसहित शीर ठाडो पारेर इक्सादिङ खम्बेकमा आफ्नो उपस्थिति जनाउन सक्षम हुने दिशामा अगाडि बढ्नेछन् । उनीहरुसँग आफ्नो मालाजे लिम्बुवान हुनेछ जाहाँ एक समृद्ध सभ्यतामा हुनुपर्ने सम्पर्ूण्ा अवयव र विशेषताहरु भरपुर मात्रामा हुनेछन् । यी सबै कुराको सफलता एक एक जना याक्थुङ्का प्रतिवद्धा, पसिना, र्समर्पण, त्याग र वलिदानबाट मात्र सम्भव छ । यसका लागि सबै याक्थुङहरु कमर कसेर लाग्नर्ुपर्छ । सेवारो ।

सर्न्दर्भ सामग्री
पराजुली, कृष्णप्रसाद. २०५८. नेपाली बृहत् शब्दकोश. कमलादी, काठमाडौँः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान.
शर्मा, बालचन्द्र. २०३३. नेपालको ऐतिहासिक रुप-रेखा. दूधविनायक, वाराणसीः कृणकुमारी देवी.
किरात याक्थुङ चुम्लुङको विधान २०४६ -सातौँ संशोधन). २०६९. तिखेदेवल, ललितपुरः किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय, ललितपुर चुम्लुङहिम.
चेम्जोङ, इमानसिंह. २०६९ -पाचौँ संस्करण). महालक्ष्मीस्थान, ललितपुरः किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय.
रेग्मी, जगदीशचन्द्र. २०६६. अनामनगर, काठमाडौँः मुन्धुम पब्लिकेसन प्रा.लि.
आङ्देम्बे, तेजमान. २०६९. नेपाल उपत्यकामा किरात शासन र शासन समयको सवाल. शङ्खमूल, काठमाडौँः यलम्बर फाउन्डेसन -किरातोलोजी रिर्सच सेन्टर).

तान्छोप्पा वर्ष१८, अङ्क ८, २०७० भदौ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *