2018-11-20

कियाचु दुर्गादेवी तुम्बाहाङफे तथा सुमित्रा आङ्देम्बे बान्तावा स्मृति छात्रवृत्ति पुरस्कार – २०७३

कियाचु दुर्गादेवी तुम्बाहाङफे तथा सुमित्रा आङ्देम्बे बान्तावा स्मृति छात्रवृत्ति पुरस्कार – २०७३

प्रस्तावना

नेपालमा परापूर्वकालदेखि बसोबास गर्दै आएका भूमिपुत्र लिम्बुहरुको माध्यमिक तथा उच्च माध्यमिक तहमा अध्ययनरत जेहेन्दार तथा गरिब लिम्बू छात्राहरुलाई प्रोत्साहन गर्ने उद्देश्य राखी सासु स्व. दुर्गादेवी तुम्बाहाङफे एवम् श्रीमती स्व. सुमित्रा आङदेम्बे बान्तावाको स्मृतिमा श्री महेन्द्र कुमार बान्तावा (भोजपुर जिल्ला, दिल्पानागी गाविस वडा नं. १ स्थायी बसोबास गरी हाल काठमाडौ महानगरपालिका ३२ अनामनगर निवासी)ले किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको मातहतमा सञ्चालन हुने गरी अक्षयकोष स्थापनार्थ किरात याक्थुङ चुम्लुङलाई रु.२,००,००० (अक्षरुपी दुई लाख) नगद रकम प्रदान गर्नुभएको र उक्त कोष सञ्चालनार्थ कियाचु दुर्गादेवी तुम्बाहाङफे तथा सुमित्रा आङ्देम्बे बान्तावा स्मृति छात्रवृत्ति पुरस्कार – २०७३ स्थापना भएको हो ।

उद्देश्य

कियाचुको प्रचलित विधानको अधिनमा रही सञ्चालन हुने गरी तेह्रथुम जिल्ला मेयङ्लुस्थित सिंहबाहिनी उच्च माविमा कक्षा ८ र ११ कक्षामा अध्ययनरत १÷१ जना लिम्बू छात्राहरुलाई वार्षिकरुपमा छात्रवृत्ति प्रदान गरिनेछ । यदि छात्रा नभएको खण्डमा लिम्बू छात्रलाई प्रदान गरिनेछ ।

पुरस्कार राशी

अक्षय कोष रकमको वार्षिक रुपमा प्राप्त हने व्याज रकमबाट व्यवस्थापन समितिको सिफारिसमा कोषको उद्देश्य अनुसार छात्रवृत्ति आदि प्रदान गर्नेछ । ब्याजको ८० प्रतिशत रकम छात्रवृत्ति प्रदान गर्नुपर्नेछ । सहभागिता तेह्रथुम जिल्ला मेयङलुङस्थित श्री सिंहबाहिनी उच्च माविमा कक्षा ८ र ११मा अध्ययनरत जेहेनदार तथा गरिब १÷१ जना लिम्बू छात्राहरुलाई बार्षिक रुपमा प्राप्त ब्याज रकम मध्येबाट छात्रवृत्ति प्रदान गरिनेछ । यदि छात्रा नभएको खण्डमा लिम्बू छात्रलाई प्रदान गरिनेछ ।

संस्थापक

महेन्द्र कुमार बान्तवा (भोजपुर जिल्ला, दिल्पानागी गाविस वडा नं. १ स्थायी बसोबास गरी हाल काठमाडौ महानगरपालिका ३२ अनामनगर निवासी)ले सासु स्व. दुर्गादेवी तुम्बाहाङफे एवम् श्रीमती स्व. सुमित्रा आङदेम्बे बान्तावाको नाममा कियाचुको मातहतमा सञ्चालन हुने गरी कियाचुलाई प्रदान गर्नु भएको रु.२,००,००० (अक्षरुपी दुई लाख) नगदबाट कियाचु दुर्गादेवी तुम्बाहाङफे तथा सुमित्रा आङदेम्बे बान्तावा स्मृति अक्षयकोषको स्थापना गरिएको हो ।

पुरस्कृत व्यक्तित्व

२०७४ साल । कक्षा ८ अन्जली लिम्बुलाई रु ८ हजार । कक्षा ११ आस्था तुम्बाहाङफेलाई रु ८ हजार ।

२०७५ साल । कक्षा ८ करुणा लिम्बुलाई रु ८ हजार । कक्षा ११ सम्झना लिम्बुलाई रु ८ हजार ।

२०७६ साल । कक्षा ८ अपेक्षा लिम्बुलाई रु ८ हजार । कक्षा ११ सरिता लिम्बुलाई रु ८ हजार ।