2018-11-20

कियाचु फाल्गुनन्द लिङ्देन समाज सुधार पुरस्कार – २०७३

कियाचु फाल्गुनन्द लिङ्देन समाज सुधार पुरस्कार – २०७३

प्रस्तावना

दस लिम्बुवान सत्र थुमका आदिवासी किरात लिम्बुहरुलाई पान्थर थुमको लब्रेकुटीमा भेला पारी सत्यधर्म मुचुल्का लेखी लेखाई आदिवासी किरात याक्थुङ (लिम्बू) सहित समग्र किरातहरुको जातिको धर्म, इतिहास, भाषा र किरात–सिरिजङ्गा लिपिको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुरयाउनु भएका राष्ट्रिय विभुति समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको १३२ औं जन्मजयन्तीको अवसरमा लिम्बू समुदाय र लिम्बूवानका लागि सामाजिक सेवाको क्षेत्रमा व्यक्तिगत तथा संस्थागत रुपमा उल्लेखनीय योगदान पुरयाउने व्यक्ति तथा संघसंस्थाहरुलाई प्रोत्साहित गर्न आवश्यक भएकाले किरात याक्थुङ चुम्लुङ फाल्गुनन्द लिङ्देन समाज सुधार पुरस्कार– २०७३ स्थापना भएको हो ।

पुरस्कार राशी

पुरस्कार रकमको श्रोत अक्षय कोषबाट प्राप्त व्याज हुनेछ । पुरस्कार रकम रु १०,०००(दश हजार मात्र) नगद सहित प्रमाण पत्र हुनेछ । यो रकम संचालक समितिले आवश्यकता अनुसार परिमार्जन गर्न सक्नेछ । प्रत्येक वर्ष पुरस्कार वितरण हुनेछ । पुरस्कार वितरण फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको दिनमा हुनेछ ।

सहभागिता

संस्थागत रुपमा समाज सुधारको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्था सहभागी हुनेछन् । पुरस्कारका प्रतिस्पर्धाका लागि यूवा, महिला वा समग्र लिम्बू व्यक्ति तथा संस्था सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धिहरुले आफ्नो सामाजिक सुधारका लागि संस्थागत योगदान पु¥याएको भन्ने अभिलेख र दस्तावेज र आधार सहित सहभागी हुनेछन् ।

संस्थापक

पुरस्कारको स्थापना वि.सं.२०७३ साल कातिक २५ गते राष्ट्रिय विभूति समाजसुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३२औं जयन्तीको दिन घोषणा भएको हो । यो पुरस्कार कोषमा इच्छुक व्यक्ति वा संघसंस्थाहरुले रु.२,०००।– (दुई हजार) भन्दा माथि रकम प्रदान गरेर संस्थापक बन्न सक्नेछन् । संस्थापकहरुको सूची यस नियमावलीको अनुसूची १ मा प्रत्येक वर्ष सूचिकृत गर्दै लगिनेछ ।

पुरस्कृत व्यक्तित्व कृति

२०७६ साल । भरतसिंह जबेगु । कियाचु ललितपुरका संस्थापक अध्यक्ष लगायतका सेवा एवं योगदानहरु

२०७७ साल । नन्द कन्दङवा । कियाचु केन्द्रको संस्थापक अध्यक्ष लगायतका सेवा एवं योगदानहरु