2018-11-20

कियाचु राज्य संयन्त्रमा पहुँच अभिवृद्धि पुरस्कार – २०७४

कियाचु राज्य संयन्त्रमा पहुँच अभिवृद्धि पुरस्कार – २०७४

प्रस्तावना

नेपालमा आदिमकालदेखी बसोबास गर्दै आएका खाम्बोङवा, लुङबोङबा (भुमी पुत्र) मुलबासी आदिवासी लिम्बूहरुको राज्य संयन्त्रमा पहँज अभिबृद्धि गर्ने अभियान सञ्चान गर्ने भन्ने भएकाले आदिवासी लिम्बू समुदायलाई मुलकभित्रै स्वावलम्बन बनाउन आवश्यक भएकाले र लिम्बू समाजमा लोकसेवा प्रतिस्पर्धाका लागि प्रोतसाहित गर्दै दक्ष जनशक्तिको उत्पादन, युवा पुस्तालाई स्वावलम्बी बनाई राष्ट्र सेवामा प्रोत्साहित गर्न लोकसेवा प्रतिस्पर्धाका लागि आदिवासी लिम्बू युवाहरुलाई सहयोग गर्न आवश्यक भएकाले आर्थिक रुपले विपन्न युवाहरुलाई लोकसेवाका लागि प्रतिस्पर्धी गराउन र लिम्बू समाजमा रा.प. प्रथम, द्वितीय, तृतीय तहका अधिकृत, नासु लगायत सरकारी सेवाको विभिन्न निकायहरुमा संख्यात्मक तथा गुणात्मक बृद्धि गर्न आवश्यक भएको तथ्यलाई आत्मसाथ गर्दै किरात याक्थुङ चुम्लुङ राज्य संयन्त्रमा पहुंज अभिबृद्धि कोष पुरस्कार – २०७४ निर्माण गरी लागु गरिएको हो ।

उद्देश्य

(क) सरकारी सेवाको विभिन्न निकायमा प्रतिस्प्रर्धा गर्ने आदिबासी लिम्बू युवाहरुलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गर्ने । (ख) आदिबासी लिम्बू समाजमा दक्ष जनशक्तिको विकास गर्नु । (ग)ं लिम्बू समुदायका युवा पुस्तालाई स्वावलम्बी बनाई राष्ट्र सेवामा प्रोत्साहित गर्नु । (घ) लोकसेवा प्रतिस्पर्धाका लागि आदिबासी लिम्बू युवाहरुलाई सहयोग गर्नु । (ङ) आर्थिकरुपले विपन्न युवाहरुलाई लोकसेवाका लागि प्रतिस्पर्धी बनाउनु । (च) आदिबासी लिम्बू युवाहरुको क्षमता अभिबृद्धि गर्न विभिन्न र्शीषकमा तालिम गोष्ठी आदि सञ्चालन गर्न ।

पुरस्कार राशी

यस कोषको रकमको श्रोत अक्षय कोषबाट प्रप्त व्याज हुनेछ । कोषको व्याज रकमबाट रु १०,००० (दस हजार मात्र) नगद प्रति व्यक्ति हुनेछ । यो रकम संञ्चालक समितिले आवश्यकता अनुुुुसार परिमार्जन गर्न सक्नेछ । प्रत्येक वर्ष पुरस्कार वितरण हुनेछ । पहँुच अभिवृद्धि कोषको व्याज रकम वितरण लोकसेवा कक्षा रञ्चालन भएको समयमा हुनेछ ।

सहभागिता

अधिकृत, नायब सुब्बा लगायत सरकारी सेवा विभिन्न निकायमा लोकसेवा तयारी गर्ने व्यक्ति सहभागी जनाउन सक्ने छन् । प्रोत्साहन स्वरुप प्रदान गरिने आर्थिक सहयोगमा प्रतिस्पर्धाका लागि यूवा वा समग्र लिम्बू व्यक्ति तथा संस्था सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धीहरुले आफूले प्रतिस्पर्धा गर्न लागेको फारम भरी लोकसेवा तयारी कक्षा भर्ना भएको अभिलेख, दस्तावेज प्रमाणको रुपमा पेश गर्नु पर्नेछ । आर्थिक रुपले कमजोर भएको भनी चुम्लुङ शाखाहरुको सिफारिस समावेश गर्नु पर्नेछ ।

संस्थापक

राज्य संयन्त्रमा पहँुच अभिवृद्धि कोषको स्थापना किरात याक्थुङ चुम्लङ जिल्ला कार्य समिति ललितपुरद्वारा स्थापनार्थ शुरुमा नगद रु २,००,०००।– (दुई लाख मात्र) प्रदान गरेको हो । यो कोषमा इच्छुक व्यक्ति वा संघसंस्थाहरुले रु १०,०००।– (दस हजार) भन्दा माथि रकम प्रदान गरेर संस्थापक बन्न सक्नेछन् । संस्थापकहरुकोे सूची यस नियमावलीको अनुुसूची १ मा प्रत्येक वर्ष सूचिकृत गर्दै लगिनेछ ।

पुरस्कृत व्यक्तित्व कृतित्व

हालसम्म उत्प्रेरणामुलक अभिमुखिकरण कक्षाहरु मात्र संचालन भएका छन् ।