2018-12-16

लोक सेवा तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम १ दिने सम्पन्न

मिति २०७५ मंशिर २९ गते ललितपुर । लोक सेवा तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम १ दिने सम्पन्न भएको छ । विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सम्पन्न उक्त कक्षाहरुमा श्रोत व्यक्तिहरुले आफुले परीक्षाको लागि तयारी गर्दाको क्षणहरु तथा जागीर जीवनको अनुभवहरु प्रस्तुत गर्दै सहभागीहरुलाई लोक सेवा तयारीको लागि उत्साह र अभिप्रेरणा प्रदान गरिएको थियो । श्रोत व्यक्तिहरुको रुपमा भरखरै शाखा अधिकृत उत्तीर्ण भई तालिममा हुनुभएका विशाल नेम्बाङ, नेपाली सेनाका मेजर जनरल होमित लावती, नेपाल प्रहरीका एसपी चन्द्रकुबेर खापुङ, गृहमन्त्रालयका उपसचिव गोमादेवी चेम्जोङ र भूपू सिडिओ प्रेम खापुङ रहनुभएको थियो । अनुभव प्रस्तुति पश्चात् श्रोत व्यक्तिहरुले सहभागीहरुसँग अन्तरक्रिया गर्नुभएको थियो । विशेषतः युवा र विद्यार्थी लक्षित गर्दै यस्ता कक्षाहरु चरणबद्धरुपमा चलाउनुपर्नेमा सबैमा बोध भएको छ । किरात याक्थुङ चुम्लुङ र याक्थुङ युवा मञ्चको संयुक्त आयोजनामा उक्त कार्यक्रम ललितपुर चुम्लुङ हिमको ललितपुर चुम्लुङ कक्षमा सम्पन्न भएको थियो ।