विरोधमा धर्ना कार्यक्रम सम्पन्न
मिति २०७५ पुस ४ गते, माइतीघर मण्डला, काठमाडौं ।
किरात चाड लगायत आदिवासीहरुको प्रमुख साँस्कृतिक चाडहरुमा यसवर्षदेखि राष्ट्रियरुपमा सार्वजनिक बिदा कटौती भएको विरोधमा धर्ना कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ, किरातजन्य संस्थाहरु लगायत आदिवासी जनजातिहरुले माइतीघर मण्डला, काठमाडौमा धर्ना दिएको थियो । उक्त धर्नामा आदिवासी जनजातिहरुको उल्लेख्य उपस्थिति रहेको देखियो ।