2018-12-31

चासोक मेला हात्तीबन ललितपुरमा भव्यरुपमा सम्पन्न

मिति २०७५ पुस ७ गते ललितपुर ।

सदा झै यसवर्ष पनि चासोक मेला हात्तीबन ललितपुरमा भव्यरुपमा सम्पन्न भएको छ । पुजाआजा सहित सम्पन्न हुने उक्त मेलामा उपत्यकावासी राई, लिम्बु, सुनुवार, याख्खा लगायतका सबै समुदायहरुको उल्लेख्य उपस्थिति रहेको पाइयो । मेला अघि ललितपुर चुम्लुङ हिममा एकराते तङसिङ अनुष्ठान सम्पन्न भएको थियो । प्रत्येक २ वर्षको अवधिमा सम्पन्न हुने उक्त सामुहिक तङसिङमा ३० भन्दा बढी महानुभावहरुले तङसिङ राखी सहभागी हुनुभएको थियो भने अनुष्ठान काठमाडौं उपत्यकामा नै रहनुभएका येवा साम्बाहरुबाट सम्पन्न भएको थियो ।

यहि दिन शिरिजंगा सिंथेबेको ३१४ औं जन्मजयन्ती परेको हुदाँ ललितपुर चुम्लुङ हिम स्थित वहाँको प्रतिमामा बिहान सबैरै आयोजक संस्थाहरु किरात याक्थुङ चुम्लुङ, याक्थुङ युवा मञ्च र लिम्बु विद्यार्थी मञ्चका पदाधिकारी तथा सदस्यहरुबाट माला, खादा र पुष्पगुच्छा चढाएर श्रद्धासुमन अर्पण गरिएको थियो ।