2019-02-07

किरात समन्वय समितिको परिचय र अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७५ पुस २७ गते काठमाडौस्थित सुनुवार सेवा समाजको केन्द्रीय कार्यालयमा किरात समन्वय समितिको आयोजनामा परिचय र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ (लिम्बु), किरात राई यायोक्खा, सुनुवार सेवा समाज र किरात याक्खा छुम्माको सहभागितामा किरात समन्वय समिति बनेको हो । उक्त कार्यक्रममा उल्लेखित संस्थाहरुको केन्द्र र जिल्ला पदाधिकारीहरु, समन्वय समितिका संस्थापक एवम् भूपू पदाधिकारीहरु बीच परिचय कार्यक्रम भएको थियो । त्यसैगरी किरात समाधिस्थल, पटुको डो दरबार, किरात येले सम्बत्, किरात चाडको राष्ट्रिय बिदा लगायतका बारेमा पुराना र नयाँ पदाधिकारी र सदस्यहरु बीच जानकारी आदान प्रदान साथै आगामी दिनहरुमा गर्नुपर्ने कामहरुको बारेमा छलफल उपलब्धीमुलक भएको थियो ।