2019-03-06

मिति २०७५ फागुन १ गते समवेदना विज्ञप्ति

मिति २०७५ फागुन १ गते समवेदना विज्ञप्ति

पान्थर जिल्ला फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष अमर कुमार नेम्बाङको मिति २०७५ माघ २६ गते असामयिक निधन प्रति संस्थाको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चीरशान्तिको कामना र हार्र्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । आज वहाँको अन्त्येष्ठी कार्य पान्थरमा सम्पन्न भएको छ । यस दुखद घडीमा स्व. नेम्बाङको परिवारजनमा संस्थाको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं ।

स्व. अमर कुमार नेम्बाङ, आफु अध्यक्ष रहेको फाल्गुनन्द गाउँपालिका भित्रको २३ विद्यालयहरुमा राहत कोटा व्यवस्था गरी मातृभाषा शिक्षकको लागि राहत कोटा व्यवस्था, गाउँपालिका अन्तर्गतका कार्यालयको साइनबोर्डमा त्रिभाषिक नीति अनुरुप लिम्बु भाषा र किरात शिरिजंगा लिपिसमेतमा राख्ने व्यवस्था गर्नुभएको थियो । साथै आगामी दिनमा मातृभाषालाई आफनो गाउँपालिकामा सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्ने योजनामा हुनुहुन्थ्यो । मिति १९९८ श्रावण २३ गते पान्थर पौवासारताप ३ मा जन्मनुभएका स्व. नेम्बाङ आफनो गाउँठाउँ प्रेमी, आफनै गाउँठाउँमा कर्मशील, समाजसेवी, साहित्यकार, राजनैतिक व्यक्तित्व हुनुहुन्थ्यो । वहाँबाट लिखित अमेरिका भ्रमणको संस्मरण पुस्तक तयारी एवम् विमोचनको सन्दर्भमा वहाँसँग चुम्लुङ परिवारको घुलमिल भएको थियो र सोही बेलामा गाउँघर प्रेम र समाजसेवाको बारेमा नजीकबाट अनुभव आदानप्रदान भएको थियो ।

योगराज लिम्बू वनेम

अध्यक्ष, केन्द्रीय कार्य समिति