2020-01-19

मिति २०७६।०९।२५ गते प्रेस विज्ञप्ति ‘बागमती प्रदेश’ राख्ने राजनीतिक निर्णय आएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण

मिति २०७६।०९।२५ गते प्रेस विज्ञप्ति

आज मिति २०७६।०९।२५ गते ललितपुर चुम्लुङ हिमस्थित केन्द्रीय कार्यालयमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय सचिवालयको बैठक बसी प्रदेश नं. ३ को नाम पहिचान विरोधी ‘बागमती प्रदेश’ राख्ने राजनीतिक निर्णय आएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको र उक्त कदमको विरोध गर्ने निर्णय गरिएको यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउँदछौं ।

प्रदेश सभाले नै प्रदेशको नामाकरण टुङ्ग्याउने हो । तर सार्वभौम प्रदेश सभाका सदस्यहरुलाई पार्टीको निर्णय लाद्दै आदिवासी नेवार र तामाङहरुको ऐतिहासिक पुख्यौंली भूमिमा पहिचान विरोधी ‘बागमती प्रदेश’ बनाउन राजनीतिक हस्तक्षेत भएकोमा खेद व्यक्त गर्दछौं ।

यस अघि नामाकरण भएका पहिचान विरोधी प्रदेश नामहरुमा समेत गम्भीर असहमति जाहेर गर्दछौं । बाँकी प्रदेश नामहरु (किरात–लिम्बुवान लगायत) अविलम्ब पहिचानको आधारमा राख्न र सोही प्रकारले प्रदेश नं. ३ को नाम नेवा–ताम्सालिङ राखियोस् भनी जोडदार माग गर्दछौं । साथै नेवा–ताम्सालिङ प्रदेश नामाकरणको पक्षमा भएका संघर्षहरुको कार्यक्रमहरुमा समर्थन र एक्यबद्धता जाहेर गर्दछौं ।

योगराज लिम्बू वनेम

अध्यक्ष, केन्द्रीय कार्य समिति