2020-01-22

राष्ट्रिय जनगणना २०७८ परामर्श कार्यक्रम सम्पन्न

census consult meet photo

किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, सुनुवार सेवा समाज र किरात याख्खा छुम्माको संयुक्त आयोजनामा सुनुवार सेवा समाजको सभाहल कोटेश्वर काठमाडौमा २०७६ साल पुस १४ गते राष्ट्रिय जनगणना २०७८ सम्बन्धि विज्ञ,सरोकारवाला तथा शुभेच्छुकहरुसँग छलफल परामर्श कार्यक्रम सम्पन्न भएको छ । परामर्श कार्यक्रममा प्रमुखतः त्रिविवि जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक बालकृष्ण माबुहाङले विचार र अनुभवहरु सुनाउनुभएको थियो । उक्त कार्यक्रमबाट जनगणनामा आफना सरोकारका विषयवस्तुहरु समावेश गराउनको लागि केन्द्रीय तथ्याङ्क विभागमा डेलिगेसन जाने, जनचेतना योजना गर्ने लगायतका सवालहरुमा सुझावहरु आएका थिए ।