2020-01-22

इमानसिङ चेम्जोङ ज्यूको ११७अाैं जन्मजयन्तीको समारोह सम्पन्न

imansing 117th anniversary photo

मिति २०७६ पुस १६ गते इमानसिङ चेम्जोङ ज्यूको ११७अाैं जन्मजयन्तीको समारोह सम्पन्न गरिएको । त्रिभुवन विश्वविद्यालयका भूतपूर्व डीन इतिहासकार एवम् लुम्बिनी विश्वविद्यालयको भूतपूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरज्युबाट इमानसिंह चेम्जोङको प्रतिमुर्तिमा माल्यार्पण अर्पण भएको थियो । प्रमुख अतिथिले चेम्जोङका अप्रकाशित कृतिहरु प्रकाशित गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी अर्का प्रमुख वक्ता इमानसिंह चेम्जोङको जीवनीमा निर्माण भएको वृत्तचित्रका निर्देशक एवम् पत्रकार सेन्छेलुङ लिम्बुले चेम्जोङले भाषिक, साहित्यिक, इतिहास, राजनीतिक लगायत सम्भव सबै क्षेत्रहरु जसलाई अर्काे सत्ताको रुपमा बुझनुपर्दछ, ती क्षेत्रहरुमा सबैमा प्रतिस्पर्धी र सक्षम हुनुपर्दछ भन्ने जीवनीको सन्देश पाएको कुरा आफनो अनुभव सुनाउनुभएको थियो । प्रत्येक वर्ष जनवरी १ मा आयोजना हुने चेम्जोङ जयन्ती कार्यक्रम विभिन्न स्थानहरुमा मनाइएका छन् भने काठमाडौं उपत्यकाको हकमा ललितपुर चुम्लुङ हिममा यसपटक किरात याक्थुङ चुम्लुङ नेवा ताम्सालिङ प्रदेश समितिबाट आयोजना भएको थियो । कार्यक्रममा चेम्जोङ परिवारको जेठी बुहारी शशी चेम्जोङ, कान्छा छोरा बिग्रेडियर जनरल मोहनसिंह चेम्जोङ र श्रीमती, नाति परिवार विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।