2020-09-08

युके र इजरायललाई चुम्लुङ गौरवशाली सहयोग दाता सम्मान पत्र वितरण

chumlung uk chair felicitated

युके र इजरायललाई चुम्लुङ गौरवशाली सहयोग दाता सम्मान पत्र वितरण

मिति २०७६ फागुन १६ गते लिम्बुवान, झापा जिल्ला, विर्तामोडबजार, अतिथिसदनको सभाहलमा सम्पन्न किरात याक्थुङ चुम्लुङको २३ औं राष्ट्रिय चुम्लुङको उद्घाटन समारोहमा किरात याक्थुङ चुम्लुङ युके र किरात याक्थुङ चुम्लुङ इजरायललाई चुम्लुङ गौरवशाली सहयोग दाता सम्मान पत्र वितरण भएको छ । उक्त समारोहमा प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय बसन्त कुमार नेम्बाङले उक्त समारोहमा उपस्थित कियाचु युकेका अध्यक्ष तिलविक्रम सम्बाहाङफेलाई पागा, माला लगाईदिनुभयो र कियाचु नेपालको तर्फबाट केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमले पनि माला लगाएर सम्मान गर्नुभएको थियो । प्रमुख अतिथिबाट कियाचु नेपालद्वारा तयार पारिएको सम्मान पत्र एवम् प्रमाण पत्र युके चुम्लुङ अध्यक्षलाई प्रदान गर्नुभएको थियो । त्यसैगरी किरात याक्थुङ चुम्लुङ इजरायलको प्रतिनिधि अन्तिम समयमा उपस्थित हुन नसक्नुभएकाले उक्त संस्थाको लागि पागा, माला, सम्मान पत्र र प्रमाण पत्र उक्त समारोहमा सार्वजनिक घोषणा गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङ नेपालले केन्द्र आत्मनिर्भर अक्षय कोष संकलन अभियान अन्तर्गत किरात याक्थुङ चुम्लुङ युकेले संस्थागत पहल गरी संकलित भएको रकम १० लाख ५५ हजार ३४० रुपीयाँको चेक अध्यक्ष श्री सम्बाहाङफेले उक्त उद्घाटन समारोहमा कियाचु नेपालका अध्यक्ष योगराज लिम्बु वनेमलाई हस्तान्तरण गर्नुभएको थियो । यसअघि मिति २०७६ मंशिर २ गते केन्द्रीय कार्यालयमा उपस्थित भई किरात याक्थुङ चुम्लुङ इजरायलको महासचिव राज लिम्बुले ६ लाख २२ हजार ७६२ रुपीयाँको चेक कियाचु नेपाललाई हस्तान्तरण गर्नुभएको थियो ।

किरात याक्थुङ चुम्लुङ केन्द्र आत्मनिर्भर अक्षय कोष संकलन अभियानको व्यवस्था अनुसार रु ५ लाख वा सोभन्दा बढी संकलन गर्नुभएकोमा कियाचु इजरायल र कियाचु युकेलाई चुम्लुङ “गौरवशाली” सहयोगदाता सम्मान पत्र वितरण भयो । त्यसैगरी रु १ लाख वा सोभन्दा बढी प्रदान गर्नुभएकोमा चुम्लुङ इजरायलको तर्फबाट नयन इम्सुङ याक्थुम्बा, चुम्लुङ युकेको तर्फबाट वर्तमान तिलविक्रम सम्बाहाङफे, श्रीमती नरकुमारी सेन्दाङ वनेम, श्रीमती कमला सेन्दाङ लिम्बु, पुर्ण कुमार फालेछुवा, जेबी कन्दङवालाई चुम्लुङ “उत्कृष्ट” सहयोगदाता सम्मान पत्रहरु, प्रमाण पत्रहरु वितरण भयो ।