2020-09-14

कोरोना सम्बद्ध अन्तर्राष्ट्रिय भर्चुअल सम्वाद

covid interaction banner

कोरोना सम्बद्ध अन्तर्राष्ट्रिय भर्चुअल सम्वाद

२०७७।२।३० गते काठमाडौं । कोरोना भाइरस महामारी सम्बन्धी कियाचु अन्तर्राष्ट्रिय भर्चुअल सम्वाद कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ नेपालद्वारा आयोजित उक्त अन्तर्राष्ट्रिय भर्चुअल सम्वाद कार्यक्रमा विश्वभर छरिएर रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा कोभिड–१९ को संक्रमण र प्रभावहरुको बारेमा जानकारी आदानप्रदान कार्य सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रममा विदेश चुम्लुङका पदाधिकारी तथा सदस्यहरु समेत संक्रमण पीडित भइरहेको अवस्थामा वहाँहरुको स्वास्थ्य स्थितिको जानकारी लेनदेन गर्दै बिरामी पदाधिकारी तथा सदस्यहरुको सुस्वास्थ्य र शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरियो । विद्यार्थीहरुको समस्या, व्यवसाय र रोजगारीमा प्रभाव, एनआरएनबाट राहत वितरण, देश फर्कनुपर्ने अवस्था, फर्कनेहरुलाई सहयोग, आतङ्कीत अवस्था, साँस्कृतिक कार्यक्रमहरु स्थगन, स्टे होम स्टे सेफ आदि समग्र बारेमा चर्चा छलफल भएको थियो ।

सो कार्यक्रममा किरात याक्थुङ चुम्लुङको नाममा संगठित १६ विदेश चुम्लुङहरुको अध्यक्ष एवम् प्रतिनिधिहरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । युके चुम्लुङ अध्यक्ष तिलविक्रम सम्बाहाङफे, कतार चुम्लुङ अध्यक्ष राजेन्द्र साम्याङखाम, मलेसिया चुम्लुङ अध्यक्ष दिल केरुङ, दक्षिण कोरिया चुम्लुङ अध्यक्ष मिराक लिम्बु, युएई चुम्लुङ महासचिव सुवास लिम्बु, बहराइन चुम्लुङ वरिष्ठ उपाध्यक्ष झहर थेबे, जर्मनी चुम्लुङ अध्यक्ष हिमाल कन्दङवा, महासचिव प्रेम पोमु, विक्रम पयांगु, कुबेत चुम्लुङ महासचिव अर्जुन जबेगू, पोर्चुगल चुम्लुङ महासचिव रुकमान केरुङ, इजरायल चुम्लुङ अध्यक्ष कुमार आङदेम्बे, सल्लाहकार नयन इम्सङ, बहरायन चुम्लुङका महासचिव सोमराज कन्दङवा, जापान चुम्लुङ महासचिव लक्ष्मीहाङ आङबो, अष्टे«लिया चुम्लुङ महासचिव मनराज निङलेखु, दुबइ चुम्लुङका सचिव विक्रम पन्धाक, सदस्य ललित तुम्रोक, कमल लावतीले जानकारी मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको अध्यक्षता कियाचु नेपालको अध्यक्ष योगराज लिम्बु वनेम, उद्घोषण महासचिव निरन्ती तुम्बापोसहित सचिव यासेली योङहाङले गर्नुभएको थियो । सो कार्यक्रममा नेपाल चुम्लुङका उपाध्यक्षहरु डा. कमल तिगेला, उपप्राध्यापक प्रेम येक्तेन, केन्द्रीय सचिव डा. योगेन्द्र पालुङवा, भूपू महासचिव एवम् सचिवालय सदस्य गोविन्द आङबुङ लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । यस खाले कार्यक्रमले नेपाल चुम्लुङ र विदेश चुम्लुङहरु बीच अनुभव आदानप्रदान गर्ने अभ्यास, एकापसको बुझाई अझ गाढा बनाउनको लागि मद्दत पुगेको अनुभव भयो ।