2020-09-16

ललितपुर चुम्लुङबाट आत्मनिर्भर कोषमा रकम प्रदान

lalitpur chumlung amount handover

ललितपुर चुम्लुङबाट आत्मनिर्भर कोषमा रकम प्रदान

मिति २०७७ साल असार ३० गते किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति ललितपुरले कियाचु केन्द्र आत्मनिर्भर अक्षयकोष संकलन अभियान अन्तर्गत उत्कृष्ट सहयोग दाताको रुपमा जिल्ला अध्यक्ष रामबहादुर बखिम ज्युले केन्द्रीय अध्यक्ष योगराज वनेमलाइ चेक हस्तान्तरण गर्नु भएको छ । कियाचु केन्द्र आत्मनिर्भर अक्षयकोष संकलन अभियान अन्तर्गत किरात याक्थुङ चुम्लुङ ललितपुरलाई चुम्लुङ उत्कृष्ट सहयोग दाताको रूपमा रु १,६३,०००(रु.एकलाख तिरसठी हजार रुपैया ) प्रदान गर्नु भएको छ ।उत्कृष्ट सहयोग दाता कियाचु ललितपुर लाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

कियाचु केन्द्र आत्म–निर्भर अक्षय कोष संकलन अभियानको आवश्यकता किरात याक्थुङ चुम्लुङ (कियाचु) ३० औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कियाचुले संस्थागत विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको छं । जिल्ला—जिल्लामा चुम्लुङ भवनहरु बनाई आ–आफ्नो कार्यालय स्थापना गरी संस्थागतरुपमा विविध क्रियाकलापहरु संचालन गर्नसकेको अवस्था छ । त्यसैगरी कियाचु केन्द्रसँग सदस्यता शुल्कबाट हालसम्म संकलित ३६ लाख रुपैयाँको अक्षय कोष हुनु र सोबाट आउने ब्याजले दैनिक कार्यालय व्यवस्थापन तथा सामान्य कार्यक्रमहरु सञ्चालन गर्न सकेको अवस्था छ । दैनिक कार्यालय व्यवस्थापन तथा सामान्य कार्यक्रमहरु गर्नका लागि अक्षय कोष एक श्रोत भएता पनि संस्थागत विकासका अन्य महत्वपूर्ण गतिविधिहरु संचालन गर्नका निमित्त हालसम्म आप्mनो स्थायी वैकल्पिक श्रोत वा कोषको व्यवस्था गर्न सकिएको छैन । नेतृत्व, शीप, दक्षता विकासलाई समयानुकुल प्रबद्र्धन गर्दै आर्थिक, सामाजिक तथा साँस्कृतिक अभियानहरु, हक अधिकार सम्बन्धी जनचेतनामूलक अभियानहरु, राजनैतिक जागरण अभियानहरु निरन्तररुपमा संचालन गर्न सक्नु आजको आवश्यकता हो । त्यसैगरी मानव संसाधनको विकास र परिचालन गर्दै राज्यको नीतिहरुमा प्रभाव पार्ने नीतिगत प्रशिक्षण, अधिकारमुखी प्रशिक्षण, जनपैरवी, लबीङको पनि उत्तिकै जरुरी छ । साथै समसामयिक सवालहरुमा बृहत बहसकासाथै परामर्श बैठकहरु, मुद्दाहरुको अध्ययन र अनुसन्धान लगायत दस्तावेजिकरण गर्ने लगायतका विविध रचनात्मक गतिविधिहरु नियमितरुपमा गरिरहनुपर्ने हुन्छ ।

एकातिर यी उल्लेखित गतिविधिहरु संस्थामा आवद्ध सदस्यहरु, अभियन्ता, विज्ञ, शुभचिन्तक, महिला, युवा र विद्यार्थीहरुलाई परिचालन गरी वर्तमान नेपालको नयाँ राज्य संरचना अनुरुप प्रदेश हुदै नगरपालिका र गाउँपालिका तहसम्मै पुग्ने पुरयाउने अपेक्षा राखिएको छ भने अर्कातिर यस अपेक्षालाई मुर्तरुप दिनका लागि दिगो आर्थिक श्रोतको जोहो गर्नु आजको आवश्यकता भएकोछ । देश र विदेशमा रहनुभएका लिम्बु लगायत अन्य शुभेच्छुक सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुले विगतदेखि हालसम्म कियाचुको संस्थागत विकासका निम्ति गर्दै आउनु भएको आर्थिक तथा भौतिक सहयोग र योगदानको उच्च मूल्याङ्कन गर्दै यसपटक पनि यो ‘कियाचु केन्द्र आत्म–निर्भर अक्षय कोष’ निर्माणमा यहाँहरुवाट आवश्यक सहयोग हुनेछ भन्ने विश्वासका साथ थप सहयोगका लागि हार्दिक अपील गरिएको छ ।