2020-09-17

मिलुङ झरना नामकरण विषयमा गाउपालिका अध्यक्षमा ज्ञापन पत्र

milung jharna memorandum

मिलुङ झरना नामकरण विषयमा गाउपालिका अध्यक्षमा ज्ञापन पत्र

मिति २०७७ साउन २८, पान्थर । पान्थर जिल्ला हिल्लिहाङ गाउँ पालिका -०४ साबिक पन्चमी गा. बि .स. वडा न.३ र ४को मध्य भाग स्थित मिलुङ झरनाको नामकरण विषयमा उत्पन्न बिबादप्रती किराँत याक्थुङ चुम्लुङ जिल्ला शाखा पान्थरको ध्यानाकर्षण भएको छ। हिलिहाङ गाउपालिका वडा नं ३र ४ को बिच अवस्थित मिलुङ /मिधुङ झरनालाई नाटकिय रुपमा मृदङगा झरना बनाइएको प्रती मौलिक नामलाई स्थापित गराइनु पर्ने साथै यश पालिका भित्रका अपभ्रंशित नामहरु सच्याइनु पर्ने माग सहित किरात याक्थुङ चुम्लुङ पान्थर को संयोजनमा हिलिहाङ गाउपालिका अध्यक्ष श्री भुवानी प्रसाद लिङदेनलाई उहाकै कार्यकक्षमा ज्ञापन पत्र बुझाइनुका साथै स्थलगत रुपमा स्थानीयबासी हरु संग छलफल ,बहस साथै साइनबोर्ड राख्ने काम सम्पन्न गरियो ।

पान्थर स्थित लिम्बुजन्य सम्पुर्ण संस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा मिलुङ झर्ना नाम उल्लेख गरिएको तिनवटा साइनबोर्ड समेत राख्ने कार्य सम्पन्न गरियो। यसै अवसर पारेर यो झर्नालाइ सबैभन्दा पहिले तस्बिरमा कैद गरेर तथा भिडियो बनाइ सामाजिक संजालमा प्रचारप्रसार कार्य प्रारम्भ गर्ने फेदेन नगरपालिका वडा न.-०१ फेदेन निवासी मिलन बिस्वकर्मा र फाल्गुनन्द गाउँ पालिका -०२ निवासी राज दिलान्जलीलाई किराँत याक्थुङ चुम्लुङ पान्थरले सम्मान समेत गरेको छ। उक्त ऐतिहासिक ,महत्त्वपूर्ण र अर्थपूर्ण कार्यक्रममा सहभागी सम्पुर्ण मान्यजनहरुमा किराँत याक्थुङ चुम्लुङ जिल्ला शाखा हार्दिक आभार प्रकट गर्दछ।