चेम्जोङ जन्मजयन्तीमा अन्तरक्रिया र वेबसाइड लञ्ज
काठमाडौँ ।
किरात याक्थुङ चुम्लुङको ललितपुर चुम्लुङहिममा आयोजनामा इमानसिङ् चेम्जोङको १११ औँ जन्मजयन्तीको अवसरमा अन्तिरक्रिया कार्यक्रमको आयोजना भएको छ । भर्खरै सम्पन्न दोस्रो संविधानसभाको निर्वाचन पछि आदिवासी आन्दोलन सुस्ताएको हो की भन्ने कतुहोल्ताको वीचमा रहेको समयमा चुम्लुङले चेम्जोङको जन्मजयन्तीको अवसर पारेर अन्तरक्रिया कार्यक्रम प्रारम्भ गरेको छ ।
अन्तरक्रिया मार्फत आदिवासी जनजाति आन्दोलन चलिनै रहेको पनि जानकारी गराईएका छन् । उक्त कार्यक्रममा मानवशास्त्रि प्रा. डम्बर चेम्जोङले इमानसिङ् चेम्जोङको जीवनी, उनले लिम्बुवानको आन्दोलनमा पुर्याएको योगदान र वर्तमान राजनैतिक अवस्थाको बारेमा चर्चा गरेका थिए । प्रा.चेम्जोङले नेपालको आदिवासी आन्दोलनको बारेमा चर्चा गर्दै जातीय पहिचानको कुरा उठाउँदा मानिसहरुले चबअभ नस्लीय, अबकत जात भनेर हेर्ने गरिएकोे बताए । प्रा. चेम्जोङका अनुसार अङ्ग्रेजी शब्दमा जातीय पहिचान भनेको इथ्नीसिटी अथवा नेश्नालिटिको रुपमा बुझिन्छ । जुन कुरा आफ्नो भाषा, भूमि, संस्कृति, सामुहिक पहिचान, पुर्खाहरुबाट आउने कुरा बताए । अहिले लिम्बुवान भन्ने वितिकै एकल पहिचान भनेर बुझ्ने अनि पुछर जोडेर बहुल पहिचान भन्दै हिँडने गरेका, जुन गलत रहको उनले बताए । यस्तो किसिमको पहिचान शास्त्रिय दृष्टिकोणमा नपाईएको समेत दाबी गरे । चेम्जोङका अनुसार पहिचान खास गरेर शास्त्रिय दृष्टिकोणमा दुई किसिमको मानिन्छ । सामुहिक पहिचान र व्यक्तिगत पहिचान । सामुहिक पहिचान अपरिवर्तनीय हुन्छ । तर व्यक्तिगत पहिचान परिवर्तनशील हुन्छ ।
लिम्बुवान सामुहिक पहिचान हो । यहाँको भाषा, भूमि, संस्कृति परिवर्तन हँुदैन । सुरुमा माओवादीले यो पहिचानको कुरा उठाए पनि पछि ऊ भित्रको बाहुनवादी सोचको कारण ढुलमुले नीति देखिएकाले पहिलो संविधानसभाले पहिचानको पक्षमा संविधान जारी गर्न नदिएको समेत बताए । चेम्जोङको नाममा किरात याक्थुङ चुम्लुङले इमानसिङ् चेम्जोङ पुरस्कार कोष स्थापना गरी प्रत्येक २/२ वर्षमा पुरस्कार वितरण गर्दै आएको छ । उक्त कोष १ लाख ९६ हजार ५० रहेकोमा हाल उनकै परिवार छोरा हाङस्रिङ चेम्जोङ तथा बुहारी शशि चेम्जोङले जन्मजयन्ती अवसरमा ५५, ५५० रकम थप गरिएका छन् । यस अघि १० हजार दिइने पुरस्कार दिइने अब २५ हजार दिइने भएको छ । कार्यक्रममा वुद्धिजीवी, राजनैतिक दलका नेताहरु, चुम्लुङको पदाधिकारी, सदस्य, पत्रकार, कलाकार, विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस्तै जन्मजयन्ती कै अवसर पारेर उनका सन्ततीहरुले स्थापना गरेको संस्था इमानसिङ् चेम्जोङ मेमोरियल फाउन्डसनले चेम्जोङको नाममा धधध।ष्mबलकष्लनअजझवयलनायगलमबतष्यल।यचन नामक वेबसाइड लञ्ज गरका छन् । उक्त वेबसाइडमा खास गरेर चेम्जोङ सम्पूर्ण पुस्तक जानकारी, जीवनी लगायत चेम्जोङसँग सम्बन्धित सम्पूर्ण सामाग्री रहने समेत जानकारी गराएका छन् । यसको साथै चेम्जोङको जन्मजयन्तीको अवसरमा कियाचुको विभिन्न शाखाले समेत जन्मजयन्ती कार्यक्रम गरेको छ । भारत, पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला कालेम्पोङमा ई.सं.१९०४ मा जन्मिएका इमानसिंह चेम्जोङ किरात इतिहासकार हुन् । उनलाई किरात इतिहास, भाषा, लिपि, साहित्य, धर्म र संस्कृतिको ठूलो विद्वान मानिन्छ । उनले किरात इतिहास, किरात बेद, लिम्बू नेपाली अङ्ग्रेजी शब्दकोश, किरात दन्त्यकथा, किरात मुन्धुम खाहुन, किरात हिष्ट्रि एण्ड कल्चर, किरात दर्शनको सारांश, लेप्चा नेपाली अङ्ग्रेजी शब्दकोश, किरात व्याकरण, किरातकालीन विजयपुरको इतिहास आदि प्रकाशित गरे । यीनै पुस्तकहरु नै लिम्बूहरुको इतिहास, भाषा, धर्मको मुख्य स्रोत मानिन्छ । धेरै वर्षसम्म त्रिभुवान विश्वविद्यालय कीर्तिपुरमा किरात भाषा तथा संस्कृति विशेषज्ञको पदमा रही काम गरेका थिए । Tanchhoppa