2017-01-30

किरात शिरिजंगा पुरस्कार – २०५१

किरात शिरिजंगा पुरस्कार – २०५१

प्रस्तावना

किरात याक्थुङ चुम्लुङले किरात–शिरिजंगा लिपिलाई पुनरुत्थान गरी (लिम्बू भाषा) याक्थुङ–पानमा उल्लेखनिय योगदान दिनुहुने तेअङसि शिरिजंगा सिं थेबेको सम्झना एवं सम्मानको लागि लिम्बू भाषा, किरात शिरिजंगा लिपि, साहित्य, ईतिहास र संस्कृतिको अध्ययन तथा अनुसन्धानमा आधारित कृति लेखी यस क्षेत्रमा उल्लेखनिय योगदान दिनु हुने व्यक्ति तथा संघसंस्थालाई पुरस्कृत गर्न किरात शिरिजंगा पुरस्कार – २०५१ स्थापना भएको हो ।

पुरस्कार राशी

पुरस्कार रकम रु.२५,००० (पच्चिस हजार मात्र) सहित एक प्रमाण पत्र हुनेछ । प्रत्येक दुई वर्षमा पुरस्कार वितरण हुनेछ । पुरस्कार वितरण तेअङसी शिरिजंगा सिं थेबेको जन्मजयन्तीको दिनमा हुनेछ ।

सहभागिता

(क) लिम्बू भाषा, किरात शिरिजंगा लिपि, साहित्य, ईतिहास र संस्कृतिको अध्ययन तथा अनुसन्धानमा आधारित प्रकाशित तथा अप्रकाशित (पाण्डुलिपि) कृतिहरु सहभागी हुनेछन । (ख) संचालक वा निर्णायक समितिलाई उपलब्ध वा आफै खोजी पत्ता लगाइएका सबै प्रकाशित वा अप्रकाशित (पाण्डुलिपि)को रुपमा रहेको मौलिक कृतिहरु सहभागी हुनेछन । (ग) कृतिको आधारमा व्यक्तिले जति पटक पनि सहभागी हुन पाउनेछ ।

संस्थापक

(क) पुरस्कारको स्थापना वि.सं. २०५१ सालमा भएको हो । (ख) पुरस्कारको अक्षय कोषको लागि वि.सं. २०५१ सालमा विदेशमा कार्यरत लिम्बू भाषा, साहित्य, इतिहास र संस्कृति प्रेमी ताप्लेजुङ रुद्र नारायण लिम्बू, तेरथुम देउ बहादुर इस्वो लिम्बू, ताप्लेजुङ दलबहादुर नेयङ लिम्बू, ताप्लेजुङ दिलबहादुर ओख्राबु लिम्बु, संखुवासभा जितबहादुर थक्लुङ लिम्बू, ताप्लेजुङ अगेन्द्र बहादुर वनेम लिम्बू, ताप्लेजुङ धनजीत एभेङ लिम्बू महानुभावहरुबाट रु ५०,००० (रुपिया पचास हजार मात्र) प्राप्त भएको हो । (ग) इमानसिं चेम्जोङको सतवार्षिकीको अवसरमा उनका ९ वटा कृतिहरु पुनःप्रकाशन गर्न सिनाम, ताप्लेजुङ हाल नखिपोट ललिपतुर निवासी मे. देउमान बखिम लिम्बूले यस संचालक संस्थालाई सापटी ऋण वापत रु ३४,००० (रुपिया चौतिस हजार मात्र) दिनुभएको थियो । वहाँले उक्त सापटी ऋण फिर्ता नलिई उक्त रकम वि.सं. २०६४ सालमा यस पुरस्कारको अक्षयकोषमा थप्नुभएको छ । (घ) सोखुप्पा गाउँ, आङखोप – ८, ताप्लेजुङ जिल्ला निवासी स्व. राजबहादुर पन्दाक लिम्बूको स्मृतिमा निजको परिवारबाट वि.सं. २०६६ सालमा यस पुरस्कार अक्षयकोषमा रु ५०,००० (अक्षरेपि पचास हजार मात्र) थप्नुभएको छ ।

पुरस्कृत व्यक्तित्वहरु कृतिहरु

२०५२ साल । प्राध्यापक शिव कुमार श्रेष्ठ । लिम्बुवानको ऐतिहासिक अध्ययन पुस्तक ।

२०५४ साल । आशमान सुब्बा । किरात साम्योनु येच्छामथिम पुस्तक ।

२०५९ साल । काजीमान कन्दङवा । लिम्बु साहित्य, अनुसन्धानमा विशिष्ट योगदान ।

२०६४ साल । प्राज्ञ बैरागी काँईला । लिम्बु जातिमा कोख पुजा २०५२, सामसोघा मुन्धुम २०५१, नाहेन मुन्धुम २०५१, ससिक मुन्धुम २०५१, ससिक मुन्धुम २०५२, तङसिङ तक्मा मुन्धुम २०५२, चइत मुन्धुम २०६० ।

२०६७ साल । बिरही काँईला । लिम्बु भाषा र साहित्यको संक्षिप्त परिचय २०४९ ।

२०६९ साल । नरबहादुर योङहाङ । पालाम २०५२, बलिहाङ तङनाम लारिङगे २०५३, मुक्पान सुम २०६१ ।

२०७१ साल । डा. चैतन्य सुब्बा । The Culture & Religion of Limbus

२०७३ साल । गम्भिरध्वज तुम्बाहाङफे र हर्कजंग कुरुम्बाङ । लिम्बु अ‍ेग्रेजी नेपाली शब्दकोष संकलन ।

२०७५ साल । धनहाङ सुब्बा । लिम्बु लोक वार्ता ।

२०७७ साल । थाकुहाङ सम्बाहाङफे । विभिन्न विधाका आठवटा कृतिहरु निङ्गेन सिगाङबा सेप्माङहा २०६०, नामभेराबा ताक्पेन २०६१, मेनु २०६२, कोयेम्बा हिङमन् २०६५, मक्थेबा ताप्माथिक फुङ् २०६५, इरेम्फुङ् २०७३ केभेक्पा ताम्माथिक फुङ् २०७४ र आल्लमेरीङ्हा २०७४ ।