|
| News&Events |
| पृष्ठभुमी
किरात याक्थुङ चुम्लुङले लिम्बु आदिवासीहरुको सामाजिक आर्थिक शैक्षिक भाषिक सांस्कृतिक र राजनीतिक विकासको लागि विगत २१ वर्ष यता निरन्तर कार्य गरिरहेको छ । आत्मनिर्णयको अधिकार सहितको लिम्बुवान जातीय स्वायत्त राज्य स्थापनाको लागि लिम्बुवान जनजागरण अभियान सांस्कृतिक अभियान गाउँ जिल्ला तथा राष्ट्रिय स्तरमा लिम्बू गैरलिम्बू नागरिक समाज संघसंस्था र राजनीतिक दल नेता तथा कार्यकर्ताहरुसँग संवाद र अन्तरकि्रया कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । साथै लिम्बुवान प्राप्तीको आन्दोलनमा संयुक्त लिम्वुवान मोर्चा र राजनीतिक तथा सामाजिक रुपले संगठित संघसंस्थाहरुले आआफ्नो पक्षबाट विभिन्न कि्रयाकलापहरु संचालन गर्दै आईरहेका छन् । यही क्रममा राज्य पुनरसंरचना तथा राज्य शक्तिको वाँडफाँड समितिले प्रस्तावित गरेको लिम्बुवान प्रदेशको सिमाङ्कन अधिकार क्षेत्रको बाँडफाँड संविधान निर्माणको १ वर्ष म्याद थप गरिएको अवस्था राज्य पुनरसंरचना आयोग गठन गर्न प्रमुख ३ दलवीचको सहमति वर्तमान राजनीतिक परिस्थिति र लिम्बुवानको आन्दोलनको तथ्यपरक विश्लेषण गरी आगामी रणनीति र कार्यक्रम तर्जुमा गर्ने आधार तयार गर्न आवश्यक भएकोले यो लिम्बुवानको आन्दोलन र वर्तमान राजनीतिक अवस्था विषयक कार्यक्रमको आयोजना गरिएको हो ।
Read More |
|
| किरात याक्थुङ चुम्लुङ र जनजाति तथा बैकल्पिक विकास अध्ययन केन्द्रको Read More |
|
| लिम्बु भाषाका पहिलो उपन्यासकार पदमिसंह मुरिङला अपतन पि.एस. सुव्वा को ८७ बर्षको उमेरमा निधन भएको छ । ०६७ श्रावण १ गते शनिवारका दिन गान्तोक सिक्किममा उहाँको आफ्नै निवासमा निधन भएको हो । मुरिङलाको सोमबार उहाँकै गाउँ सिक्किमको टिम्बुरबुङ बस्तिमा अन्त्येष्टि गरिएको छ ।
Read More |
|
| शंकर ज्ञवाली
जुन, २० दुबई
किरात याक्थुङ चुम्लुङ (कियाचु) यूएईले धान नाच, कौडा नाच, सोरठी नाच, च्याब्रुङ नाच, सकेला सिली, घाटु नाच, तामाङ सेलो र अन्य साँस्कृतिक झाँकीहरुसहित उभौली पर्व सम्पन्न गर्यो। बरदुबईको ईम्पेरियल सुइट होटलमा गत शुक्रबार (१८ जुन) भएको साँस्कृतिक कार्यक्रमसहितको यो उभौली पर्व यूएईमा प्रथमपटक मनाइएको हो। “रीतितिथि नछाडौं हाम्रो.......सेवारो सेवारो” भनेर दर्शकलाई स्वागत गर्दै कलाकारहरु स्टेजमा ओर्लेपछि कार्यक्रमले गति लिएको थियो। लगत्तै शिसिर थापाको “मेरो टोपी हिमाली शिरजस्तो” गीतले दर्शकलाई भावनामा डुबाउन सफल भएका थिए।
Read More |
|
Fatal error: Maximum execution time of 30 seconds exceeded in /home/chumlung/public_html/news.php on line 32
|