Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
रेग्मीको खोजमा पल्लोकिरात लिम्बुवानको सिमाना
'लिम्बुवानको आन्दोलन र वर्तमान राजनीतिक अवस्था' विषयक अन्तरकि्रया कार्यक्रम
पुस्तक विमोचन कार्यक्रम
पदमिसंह मुरिङलाप्रति हार्दिक श्रदान्जली
यूएईमा सांस्कृतिक कार्यक्रमसहित उभौली पर्व सम्पन्न
सोयाङका अन्य ३ विद्यालयमा आनीपान शुरु
इलाम सोयाङमा चुम्लुङहिम निर्माणकार्य शुरु
गाँउ शाखा अधिवेसन सम्पन्न
फाल्गुनन्द संग्राहलय बन्ने
राउटे श्रमको मूल्य र औपनिवेशिक राज्यको कसीमा आदिवासित्वको परीक्षण
News&Events
महासंघ अध्यक्षमा लेखी
नेपाल आदिवासी जनजाति महासंघको सातौ राष्ट्रिय महाधिवेशन ०६६ चैत्र २१, २२ र २३ गते सम्पन्न भएको छ । संघीय परिषद सदस्य जातीय संस्थाका प्रतिनिधिहरु महिला विद्यार्थी र जिल्ला समन्वय परिषदका सहभागी पर्यवेक्षक गरी जम्मा ३०० भन्दा बढीको सहभागीतामा उक्त महाधिवेशन सम्पन्न भएको छ । अध्यक्ष १ महासचिव १ कोषाध्यक्ष १ र महिला हिमाल पहाड तराई भित्रि तराई गरी उपाध्यक्ष र सचिवमा ५, ५ गरी जम्मा १३ जना सचिवालय सदस्यहरु महाधिवेशनले निर्वाचित गरेको छ । Read More
महासंघको महाधिवेशनको लागि प्रतिनिधि छनौट
नेपाल आदिवासी जनजाति महासंघको सातौं महाधिवेशन यहि चैत्र २१ २२ र २३ गते काठमाडौंमा सम्पन्न हुँदैछ । महासंघको सातौं महाधिवेशनको उदघाटन समारोह भृकुटी मण्डप काठमाडौंमा दिनको ११ बजे सम्पन्न हुने भएको छ भने २२ र २३ गतेको बन्द सत्र एस आर क्याटरिङ सेन्टर धुम्बाराहीमा सम्पन्न हुँदैछ । किरात याक्थुङ चुम्लुङको तर्फबाट संघीय परिषद सदस्य संस्थाका उपाध्यक्षद्धय उत्तमिसं थाङदेन र दुर्गामाया लिम्बू रहनु भएको छ । उक्त महाधिवेशनमा यस संस्थाको तर्फबाट निम्नानुसार प्रतिनिधिहरु छनौट हुनुभएको छ । Read More
कियाचु काठमाडौं सचिवलाई सहयोग
किरात याक्थुङ चुम्लुङ काठमाण्डौ शाखाका सचिव भिमप्रसाद यासेली योङहाङको दाँया मृगौला काम नलाग्ने भई सकेको र बाँया पनि ६० प्रतिशत बिग्री सकेको चिकित्सकहरुको रिपोर्टबाट देखिन्छ । तसर्थ तत्काल एनोट्रफी प्रविधिबाट शल्यकि्रया गर्नुपर्ने देखिन्छ । वहाँलाई आर्थिक सहयोगको लागि विभिन्न निकायबाट प्राप्त रकमलाई व्यवस्थित गर्नको लागि किरात याक्थुङ चुम्लुङ काठमाडौंको पहलमा राष्ट्रिय बाणिज्य बैंकमा संयुक्त खाता खोलिएको छ । कियाचु जिल्ला शाखाहरु सम्बद्ध व्यक्तिहरु सम्बन्धन प्राप्त विदेशमा रहेका कियाचुहरुबाट प्राप्त रकमलाई समेत यसै खातामा जम्मा गरिने जानकारी गराउँदै सम्पूर्णलाई आर्थिक सहयोगको अपिल गर्दछौं । संस्थागत रुपमा प्राप्त रकमको तान्छोप्पा र यस संस्थाको आधिकारिक वेभसाइडबाट सार्वजनिक लेखापरिक्षण गराउने जानकारी गराउँदै संस्थालाई औपचारिक रुपमा जानकारी नआएका रकमहरुको जिम्मेवारी संस्थाले नलिने व्यहोरा समेत अवगत गराउँछौं । Read More
कियाचु केन्द्रिय बैठकका एजेण्डाहरु
किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यसमितिको तेश्रो बैठक २०६६ चैत्र ३० र ३१ गते धरान चुम्लुङ हिम सुनसरी लिम्बुवानमा सम्पन्न हुँदैछ । उक्त बैठकका एजेण्डाहरु निम्नानुसार रहेका छन् । Read More
संयुक्त लिम्बुवान मोर्चाको लिम्बुवानको सिमाङ्कनमा गम्भिर आपत्ति
संविधान सभा राज्यको पुर्नसंरचना र राज्यशक्तिको वाँडफाँड समितिद्वारा तयार गरिएको अवधारणा पत्र र प्रारम्भिक मस्यौदाको १४ प्रदेशको प्रस्तावको सैद्धान्तीक आधारहरुप्रति सकारात्मक धारणा राख्दै सो आधारमा प्रूस्तावित गरिएको विशेष गरी लिम्बूवानको सिमाङ्कन प्रति गम्भीर आपत्ति संयुक्त लिम्बुवान मोर्चाले गरेको छ । आफ्नो अपक्ति प्रकट गर्न विभिन्न राजनीतिक दलहरु संविधान सभाका अध्यक्ष तथा सभासदहरुलाई ध्यानाकर्षण पत्र बुझाउने कार्य संयुक्त लिम्बुवान मोर्चाले सम्पन्न गरेको छ । मिति २०६६ माघ १४ गते एकिकृत नेकपा माओवादी पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा मोर्चाको एक प्रतिनिधिमण्डल गई ध्यानार्षण पत्र पार्टीका अध्यक्ष प्रचण्डलाई बुझाइएको छ । मिति २०६६ माघ १७ गते संविधानसभाको पूर्ण बैठकमा राज्य पुनःसरचना तथा राज्यशक्तिको बँडफाँड समितिले बुझाएको प्रतिवेदन माथि छलफल हुने पहिलॊ दिनमा ूअरुण सप्तकोशीपूर्वको भूमिलाई लिम्बूवान कायम गरू भन्ने व्यानर सहित संविधानसभा भवन अगाडि धर्ना कार्यक्रम सम्पन्न गरेको छ । धर्नाको क्रममा संविधान सभामा छलफलका लागि सहभागि सभासदहरुलाई संयुक्त लिम्बुवान मोर्चाको ध्यानाकर्षण पत्र समेत वितरण गरिएको थियो । निर्धारित दुइ घण्टे धर्ना कार्यक्रम पछि संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई एक प्रतिनिधिमण्डलले भेटी १४ प्रदेश र लिम्बूवानको सिमाङ्कनको बारेमा आफ्नो सरोकारको विषय राख्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो । अब नेपाली कांग्रेस सभापति नेकपा एमालेका अध्यक्ष मधेशी जनअधिकार फोरम लगायत अन्य राजनीति दल र संविधानसभा संवैधानिक समितिका सभापतिलाई यो ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको छ । Read More