Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
रेग्मीको खोजमा पल्लोकिरात लिम्बुवानको सिमाना
'लिम्बुवानको आन्दोलन र वर्तमान राजनीतिक अवस्था' विषयक अन्तरकि्रया कार्यक्रम
पुस्तक विमोचन कार्यक्रम
पदमिसंह मुरिङलाप्रति हार्दिक श्रदान्जली
यूएईमा सांस्कृतिक कार्यक्रमसहित उभौली पर्व सम्पन्न
सोयाङका अन्य ३ विद्यालयमा आनीपान शुरु
इलाम सोयाङमा चुम्लुङहिम निर्माणकार्य शुरु
गाँउ शाखा अधिवेसन सम्पन्न
फाल्गुनन्द संग्राहलय बन्ने
राउटे श्रमको मूल्य र औपनिवेशिक राज्यको कसीमा आदिवासित्वको परीक्षण

प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालको नयाँ बन्ने संविधानमा आदिवासी जनजातिहरुको अधिकारसम्बन्धी
संयुक्त राष्ट्रसंघीय घोषणापत्र यूएनडि्रप र अन्तराष्ट्रिय श्रमसंगठन महासन्धि नम्बर १६९ को आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत लिम्बुवान जातीय स्वायत्त राज्य स्थापना गर्ने उद्देश्यका साथ संचालन भई रहेको संविधान निर्माण प्रकि्रयामा आदिवासीहरुको अधिकार प्रवर्धन परियोजना पिआईपिआर अन्तर्गत जिल्ला अभियानकर्ताहरुको प्रशिक्षक प्रशिक्षण कार्यक्रम हालै चुम्लुङ हिम धरान सुनसरीमा सम्पन्न भएको छ ।

भाद्र २७ देखि ३१ सम्म ५ दिन सम्पन्न उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रमको व्यवस्थापन कार्य सुनसरी जिल्ला शाखाले गरेको थियो । कार्यक्षेत्र भित्रका ९ जिल्लाका १८ जना अभियानकर्ता र जिल्ला शाखाका जिम्मेवार प्रतिनिधिहरु ९ जना गरी महिला १३ र पुरुष १४ जम्मा २७ जना सहभागी रहेको उक्त कार्यक्रमको सहजीकरण श्रोत व्यक्ति नारायण निङलेखु र किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष अर्जुन लिम्बूले गर्नुभएको थियो ।

कार्यक्रमको प्रथम दिन सहभागीहरुवीच चिनजान गराउँदै किरात याक्थुङ चुम्लुङको स्थापना कालदेखि हालसम्मका कि्रयाकलाप तथा उपलब्धीहरु यसको उद्देश्य संस्थागत संरचनाहरुको बारेमा प्रष्ट पार्ने कार्य संस्थाका सचिव लीला सिङगक र अध्यक्ष अर्जुन लिम्बूले गराउनु भएको थियो । यस पश्चात जिल्ला अभियानकर्ता तथा जिल्ला शाखाका प्रतिनिधिहरुलाई संविधान निर्माण प्रकि्रयामा आदिवासीहरुको अधिकार प्रवर्धन परियोजना एक्ष्एच् को बारेमा संस्थाका सचिव तथा परियोजना संयोजक लीला सिङगकले सहभागीहरुलाई जानकारी दिनुभएको थियो ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रमकै सन्दर्भमा सहभागीहरुलाई आदिवासी जनजातिहरुको अधिकारसम्बन्धी
संयुक्त राष्ट्रसंघीय घोषणापत्र यूएनडि्रप र अन्तराष्ट्रिय श्रमसंगठन महासन्धि नम्बर १६९ मा उल्लेख भएका आदिवासी अधिकारहरुको बारेमा जानकारी दिने कार्यभएको थियो । यसै गरी सहभागीहरुलाई महिला विरुद्ध हुने सबै खाले भेदभाद विरुद्धको महासन्धि ९सिड० र नेपालमा महिला आन्दोलनको बारेमा श्रोत व्यक्ति वियोन्ड वेइजिङ कमिटिका पूर्वान्चल सदस्य सीता पौडेलले प्रष्ट्याउनु भएको थियो । नेपालमा आदिवासी महिला आन्दोलनको शुरुवात र यसको उद्देश्यको बारेमा केन्द्रिय सचिव लीला सिङगले जानकारी दिनु भएको थियो ।

जिल्ला अभियानकर्ताहरुले अव बन्ने नयाँ संविधानमा लिम्बुवान सुनिश्चित गर्नको लागि गाउँ तथा जिल्ला स्तरमा राजनीतिक दल नॆता कार्यकर्ता र नागरिक समाजलाई लिम्बुवान प्रति सकारात्मक बनाउँन र दवाव सिर्जना गर्ने भुमिका रहेको थियो । दवाव सिर्जना गर्नको लागि सम्पूर्ण लिम्बू समुदायलाई पनि उत्तिकै सचेत र शसक्त बनाउनु पर्ने हुन्छ । तसर्थ वैचारिक प्रष्टता र विचार निर्माणका लागि सहजकर्ता नारायण निङलेखुले लोकतन्त्र संविधान संविधानवाद संविधानसभा यसको गठन प्रकि्रया विषयगत समितिहरु संघीयता स्वायत्तता स्वशासन आत्मनिर्णयको अधिकार र अधिकारमुखी जनवकालतको विषयमा प्रष्ट पार्ने कार्य गर्नुभएको थियो ।

कार्यक्रमको चौंथो दिन किरात याक्थुङ चुम्लुङले संविधानसभा विषयगत समितिहरुमा पेश गरेको सुझावहरु जानकारीको लागि प्रस्तुती गरिएको थियो । राज्यको पुनसर्ंरचना समितिलाई पेश गरिएको लिम्बुवान स्वायत्त राज्यको प्रस्तावित खाकामा विस्तृत रुपमा छलफल गरिएको थियो । उक्त विषयगत समितिहरुमा पेश गरिएको सुझावहरु र लिम्बुवान स्वायत्त राज्यको प्रस्तावित खाकामा छलफल गरिसके पश्चात हाल सम्म संविधानसभा भित्र टेवल भई छलफल भईसकेका संविधानसभा विषयगत समितिका अवधारणा पत्रहरुमा हामीले दिएका सुझावहरु समेटिएर आएका छन् कि छैनन् भन्ने विषयमा सहभागीहरुलाई चार समूहमा विभाजन गरी समूह कार्य गरिएको थियो । चार समूहमा विभाजित सहभागीहरुले हरेक विषयगत समितिको अवधारणापत्रमा भएको बुँदाहरु संशोधन गर्नुपर्ने बुँदाहरु थप गर्नु पर्ने बुँदाहरु र त्यसको पुष्ट्याई÷कारणहरु खुलाएर ४ कोलममा राखेर प्लेनरीमा प्रस्तुती र छलफल गराउनु भएको थियो ।

जिल्ला अभियानकर्ताहरुको प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएकोले अभियानकर्ताहरुले गाविस स्तरमा गई कार्यक्रमहरु संचालन गर्दा कसरी गर्ने भन्ने विषयमा प्रष्ट पार्नको लागि संचार सीप प्रशिक्षण सीप प्रशिक्षण विधिहरु र प्रशिक्षण गर्दा ध्यान दिनुपर्ने विषयहरुमा सहजकर्ताले प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा जिल्ला अभियानकर्ताहरुले आ-आफ्नो जिल्लामा फर्किसकेपश्चात गर्नुपर्ने कार्यहरुको सूची बनाई कार्ययोजना निर्माण गरिएको थियो । ९ वटा जिल्लाको ६१ वटा गाविसमा किरात याक्थुङ चुम्लुङ गाउँशाखा अध्यक्षको संयोजकत्वमा लिम्बुवान सुनिश्चित गर्नको लागि संविधान निर्माण दवाव समूह निर्माण गर्नको लागि कुन दिन कुन गाविसमा पुग्ने भनी योजना निर्माण गरिएको थियो । यसै गरी उक्त गाविसहरुमा जाँदा गर्नुपर्ने कार्यहरुको सूची विधि तथा प्रकृयाहरुको समेत निर्माण गरिएको थियो ।

कार्यक्रमको अन्तिम व्यवस्थापन जिल्ला सुनसरी चुम्लुङले औपचारिक समापन कार्यक्रमको आयोजना गरेको थियो । जिल्ला अध्यक्ष श्री चन्द्र थक्लुङ लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट देवेन्द्र लिम्बू र सरीता लावती सहजकर्ताको तर्फबाट नारायण निङलेखु साथै केन्द्रिय सचिव गजेन्द्र इश्वो र केन्द्रिय अध्यक्ष अर्जुन लिम्बूले आ-आफ्नो मन्तव्य दिनुभएको थियो । समापन कार्यक्रममा जिल्ला उपाध्यक्ष संगीता सुव्वाले स्वागत मन्तव्य दिनुभएको थियो भने जिल्ला सदस्य रमेश मावोले कार्यक्रम संचालन गर्नु भएको थियो । त्यस दिन बेलुकी आयोजक जिल्लाको तर्फबाट सवै जिल्लाका अभियानकर्ता तथा पदाधिकारी सदस्यहरुलाई खानपिनको व्यवस्था समेत गरेको थियो ।

Posted on:2009-12-26