Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
प्रेस विज्ञप्ती
प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन सुरु
International Limbu Conference (Watch Live Video Now)
कुमार बखिमद्धारा प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलनलाई सहयोग
प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिने
पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान निर्माण कार्यमा अघि बढ्न सकिन्ने ः चुम्लुङ
चेम्जोङ जन्मजयन्तीमा अन्तरक्रिया र वेबसाइड लञ्ज
इलाममा च्याबु्रङ महोत्सव
लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना
सुनसरीमा चासोक तङनाम सम्पन्न

धुमिल एब्स्ट्रयाक्ट पानीचित्र; खेवाङको

प्राज्ञ अमर तुम्याहाङ
विषय प्रवेश
नेपाली इतिहास लेखन परम्पराको आयु पुगनपुग ढेडसय वर्षो रहेको कुरा विदितै छ । यस्तो कमजोर इतिहास लेखनपरम्पराबाट गुज्रिएको नेपाली समाजको सामाजिक इतिहास लेखनपरम्परा त आरम्भ नै भएको छैन भने पनि हुन्छ । हुन पनि हाम्रा शासकहरू सधैँ अक्षरसँग डराए, जनप्रज्ञासँग तर्सिए- ती शाह शासक हुन् या राणा । यसको नकारात्मक परिणाम हामीले आज भोगिरहेका छौँ, हाम्रा भावी सन्ततिले पनि यो पिरलोबाट निरन्तर मन कुड्याइरहनु पर्ने छ, अनुहार अमिलो पारेर ३५ ड्रि्रीको कोणमा आफ्नो मुहार उर्ठाई टोलाएर धिक्कारिरहनु पर्नेछ ती हाम्रा इतिहासका अगुवा भनाउँदाहरूलाई र आफैलाई पनि ।
यही दीनहीन अवस्थाको भारी बोकेर हामी लुरुलुरु हिँडिरहेको अवस्थामा स्रोतसामग्रीको मरुभूमिमा खेवाङ ठाउँ मूलतः खेवाङ थरको बारेमा धुमिल एब्स्ट्रयाक पानीचित्र कोर्ने प्रयास यहाँ गरिएको छ ।
गाउँठाउँ या स्थान नामबाट थरको उत्पत्ति
स्थान नाम र जातिको नाम अन्तरसम्बन्धित हुने अथवा ठाउँको नामबाट थर विकास हुने वा मानवजातिको थरबाट स्थानका नामकरण हुने सामान्य परम्परा संसारका अधिकांश मुलुकमा पाइन्छ । नेपालमा पनि यस प्रकारको परम्परा रहेको पाइन्छ । अधिकारी (२०६७: ११८-११९) का अनुसार जुम्ला, अछाम, बझाङ, बाजुरा, बैतडी, डोटी, मुगु, दैलेख, जाजरकोट, रुकुम, दाङका गाउँठाउँका नामबाट लेपालका प्रायः पहाडिया खसबहुनका थरहरूको उत्पत्ति भएका छन् । उदाहरणको रूपमा जुम्लाको धिता गाउँबाट धिताल, चौडिलाबाट चौलागाईँ; अछामको घमिराउ गाउँबाट घिमिरे, धमालीबाट धमला, चाल्साबाट चालिसे, बारलाबाट बराल; बझाङका रेगमबाट रेग्मी, खारबाट खरेल र खराल, सुबाडा या सुबेडाबाट सुबेदी; बाजुराको जमकट्टीबाट जमरकट्टेल; बैतडीको गाजरीबाट गजुरेल, डोटीको निरौलीबाट निरौला, ओझानाबाट ओझा; मुगुको खनायाबाट खनाल, खत्याडबाट खतिवडा थरहरू विकास भएका हुन् । यसरी नै दैलेखका बाँस्कोटबाट बाँस्कोटा, बाँस्तोलीबाट बाँस्तोला, नेपाबाट नेपाल, लम्जीबाट लम्जेल, दहबाट दाहाल, पराजुलबाट पराजुली, कोइरालीबाट कोइराला, कट्टीबाट कट्टेल, भुषाकोटबाट भुषाल, गुरगाउँबाट गुरागार्इँ; कालिकोटको बन्जाडाबाट बन्जाडे; रुकुमको सापकोटबाट सापकोटा; दाङको माझगाउँबाट मझगैयाँ थरहरूको विकास भएका हुन् ।
लिम्बुवानका अधिकांश लिम्बुहरूको थरको विकास पनि यही परम्परामुताविक भएको पाइन्छ । चेम्भोजङ् गढीको नामको आधारमा चेम्जङ, आङ्बुङबाट आङ्बुङ या आङ्बुहाङ या आङ्बो, सेन्दाङ (छेन्ताङ) बाट सेन्दाङ, माङ्युङबाट माङ्युङ, फुरुम्बुबाट फुरुम्बो, पक्खिमबाट पक्खिम, तुम् पाङ्भेबाट तुम्बाङ्फे, खेवाङबाट खेवाङ, सावादेनबाट साउदेन, खो-याङबाट खोयाङ, हल्लोकबाट हेल्लोक आदि उदाहरणका रूपमा लिन सकिन्छ । यसरी नै सेनेहाङ -२०६७) का अनुसार ओख्राबु ठाउँबाट ओख्राबु, इम्बुङबाट इम्बुङ, इवाबाट इवा, इसिबुबाट इस्पो, कुरुम्बाबाट कुरुम्बाङ, खोक्लिङबाट खोक्लिङ, लोक्तामठाउँबाट लोक्ताम, लिङ्खिम्बाट लिङ्खिम, सेःम्बुबाट सेःम्बु, सिवाबाट सिवा, साम्म्याङखामबाट साम्म्याङ्खाम, तेम्बे ठाउँबाट तेम्बे, थक्लुङबाट थक्लुङ, नाल्बुठाउँबाट नाल्बो, लोरिङ्देन्बाट लोरिङ्देन्, लिबाङबाट लिबाङ, पौथाकबाट पन्थाक या पङ्थाक, हेल्लोक ठाउँबाट हेल्लोक आदि -पृ.१४-१५) थरहरू विकास भएको पाइन्छ ।
खेवाङ भनेको के हो ?
'खेवाङ' शब्द गाउँ अर्थात् गाउँ विकास समितिको नाम हो र लिम्बू जातिको थर पनि हो । खेवाङ शब्दको व्युत्पत्ती 'खे' अर्थात् तरुल र 'पाङ्' अर्थात् ठाउँ शब्द मिलेर बनेको भन्ने लोक प्रचलित कहावत छ । प्रशस्त तरुल फल्ने वा हुने ठाउँ भएकाले यस ठाउँलाई खेबाङ भनिएको बूडापाकाहरूको भनाइ सुनिँदै आएको छ । खेवाहाङ वा खेवाहरूको बोलीचालीको भाषामा खे भन्नाले तरुल र पाङ् भन्ने सब्दलेे 'घर' भन्ने अर्थ लाग्दछ । खेपाङ् जसको नेपाली अर्थ तरुलको घर वा भण्डार भन्ने लाग्दछ । अर्को खेवापाङ् वा खेवाहाङ् पाङ् जसको नेपाली अर्थ 'खेवाहाङ् वा खेवाको घर' भन्ने लाग्दछ । खेवाहाङ् वा खेवाहरूले आफ्नो निवासलाई 'खेवाहाङ् पाङ्' भन्न रुचाउँछन् । यही खेवा/खेवाहाङ् पाङ्को अपभ्रंश 'खेवाङ्' हुन सक्दछ । यसरी नै खेवा पाङ्भेबाट अपभ्रंश भई 'खेवाङ्' हुन सक्ने तर्कलाई पनि नकार्न सकिन्न । खेवाहरू जहाँ गएर बसे पनि अन्यले खेवाको घर -खेवापाङ्) भन्ने चलन अझै पाइन्छ । श्रेष्ठ (२०६९) खेवाङको शुरुवात लिम्बू भाषाको खे-लाई तरुल भन्ने शब्दको अपभ्रंशबाट खेवाङ रहेको भनाइ छ (पृ. १०) भनी उल्लेख गर्दछन् । लिम्बू जनज्रि्रोले खेवाङलाई 'खे-बाङ' भनी उच्चारण गर्दछ । यस शब्दको अर्थको आधारमा खे- (सुन्दर) ± पाङ् -ठाउँ) 'खे-बाङ' अर्थात् 'सुन्दर ठाउँ' भनी बुझ्न सकिन्छ । खेवाङ शब्द निर्माणमा लिम्बू भाषाको प वर्ण संवर्णमा परिवर्तन भई खे ± पाङ = खेपाङ नभई खेबाङ भएको पाइन्छ भन्न पनि सकिन्छ । यो शब्द खेबाङ कि खेवाङ भन्ने पनि दुविधा रहेको छ । खे ± पाङ मिलेर बनेको भए यो शब्दको उच्चारण खेबाङ नै हुने निश्चित छ । तर यो खेवा या खेवाङ थर भएको मानिस आएर बसोबास गरेको आधारमा यस ठाउँको नाम रहन गएको हो भने खेवाङ ± पाङ अर्थात् खेवाङ गाउँ भएको हो भने यो खेबाङ नभएर खेवाङ नै हुन आउँछ । छथर क्षेत्रमा बोलिने लिम्बू भाषामा गाउँठाउँलाई पाङ भनिने भएकाले खेवाले बसाएको पाङ -गाउँ) अर्थात् खेवाङको परोक्ष सम्भावना पनि यहाँ आँकलन गर्न सकिन्छ । यसरी नै खेवाहाङ (पद/थर) पदावलीमा बोल्यक्रममा 'ह' विलोप भएर खेवाङ मात्र जनज्रि्रोमा रहेको हुन सक्ने सम्भावना पनि उतिकै प्रवल छ ।
खेवाङ नामकै विषयमा साम्ब्यू (२०६१) ले श्यामबहादुर साम्ब्यूको भनाइलाई उधृत गर्दै उल्लेख गरेका छन्- खेवाङरोम्बा (खेवाङकेम्बा) सुरुमा थर्पु दारिम (दारिम्बा) बाट बसाइँ सरी हालको खेवाङ गाउँ बसाए (बिराए) का हुन् र उनकै नामबाट गाउँको नाम खेवाङ रहन गएको हो । खेवाङकेम्बा ... साम्ब्यू वंशका भनेर चिन्छिन् । यो भनाइ विश्वास योग्य यर्सथ पनि छैन कि यो ठाउँमा र्सवप्रथम पुग्ने साङ्दुम्बे र वाङ्दुम्बे हुन भने साङ्दुम्बेकी श्रीमतीले पेटमा बोकेर ल्याएको लेक्वासाम्बाहाङको सन्तान जन्मेपछि साम्बा नु केयुबा (साम्बाबाट आएको) 'साम्ब्यु' भनी ती नवजात शिशुको नामकरण गरिएको हो ।
साङ्दुम्बे र वाङ्दुम्बेको कथा
अहिले खेवाङ भनी मूल थरका रूपमा लिइने लिम्बूहरूको पुर्वजहरू साङ्दुम्बे र वाङ्दुम्बे हुन् । नामको क्रमको आधारमा साङ्दुम्बे जेठो र वाङ्दुम्बे कान्छो हुन् । उनीहरू कसरी वर्तमान खेवाङ गाउँमा पुगे भन्ने विषयमा एउटा प्रचलित किंवदन्ती छ । त्यस किंवदन्तीबारे साम्ब्यू (२०६१) लेख्छन्- ... माबोहाङ राजा खेदुवाहाङ र लेक्वाहाङ राजा थिवम्बाहाङबीच युद्ध भयो । ... युद्धमा सम्पर्ण् लेक्वाहाङ फौज समेत थिवम्बाहाङ पनि मारिए । युद्धपछि थिवम्बाहाङकी रानी थिवम्बहाङ्माले ... एकमात्र नाबालक पुत्र थाङ्लिङरोकलाई लिएर बडो चलाकीसाथ बचाएर याङ्रूप थुमको यङहाङ राजाको दरबारमा शरण लिन पुगिन् । ... राजकुमार थाङ्लिङरोक र यङहाङ राजकुमारी बीच गुप्त सम्बन्धको कारण गर्भवती बनिन् । यङहाङ राजाले... राजकुमारीको विवाह राजकुमार याङ्लिङरोकसित गरिदिए । ... तीन भाइ छोराहरू हुर्किएपछि याङ्लिङरोक पुरानो थलो तम्बरखोला फर्किए ...याङरूपथुमको राजा यङयाङले एकजना काम्बाङ र पाँचसय (५००) सेनाका साथ साङ्दुम्बे र वाङ्दुम्बे नामका दुइ वीर दाजुभाइलाई याङ्लिङ्रोकलाई युद्धमा सघाउन पठाइदिए । दुइ वीर योद्धाहरू सेनाका साथ तप्पेथक (ताप्पेथक -) भन्ने ठाउँमा पुगेको खबर पाई माबोहाङ सेनाहरू युद्धका लागि अघि बढे र यङहाङ सेना र माबोहाङ सेनाबीच घमासान युद्ध छेडियो । साङ्दुम्बे र वाङ्दुम्बेले हरिष सहितको हलो (हतियार) बोकेका थिए । यितै हतियारबाट दुइ वीर भाइहरूले पूरै माबोहाङ सेनाहरूलाई सखाप पारे । ... लेक्वाहाङहरूले माबोहाङ पक्षलाई हराएपछि राजा याङ्लिङ्गेकले साङ्दुम्बेलाई हाम्रा छोरीचेलीहरू बीचबाट रोज्जा केटी बिहेगरी लानु भनी वचन दिए । ... केटीहरू छान्दै जाने क्रममा संयोगवश साङ्दुम्बेले दैलोबाट हेरिरहेकीलाई मन पर्यो, उसैलाई लान्छु भनिदियो तर उनी राजाकी बुहारी थिइन भन्ने कुरो साङ्दुम्बेलाई थाहा थिएन । वचन अनुसार राजाले हार मानी तिनै बुहारीलाई साङ्दुम्बे र वाङ्दुम्बेका साथ पठाइदिए । ... ती दुलही दुइ दाजुभाइक् साथ खेबाङ गाउँ गइबसे ।
लेखक साम्ब्यूले यहाँ माबोसाम्बा र लेक्वासाम्बाको कुरा गरेका छन् । यर्सथ यहाँ लेक्वाहाङ भन्नाले उनले लेक्वासाम्बाको बारेमा चर्चा गरेका हुन् ।
यसरी नै श्रेष्ठ (२०६९) यस बारेमा लेख्छन्- यी दुइ भाइ (साङ्दुम्बे र वाङ्दुम्बे) कुनै समयमा सिकार खेल्दै मेवा मैवाखोलाको सावा गाउँ भन्ने ठाउँमा पुगेको कुरा छ । त्यहाँ युद्ध भइरहेको थियो । तपाइँहरू नआउनुहोस् भनेर त्यहाँ युद्धरतमध्ये भेटिएका एक समूह मानौ लिम्बू जातिले अनुरोध गर्दा समेत अटेर गरी त्यही समूहमा समाहित भएर युद्ध गर्न सहयोग गरेको र शत्रुलाई हराएको भनाइ छ । ... युद्धमा सहयोग गरी जिताएको कारण पुरस्कार दिने निर्ण्र्ाागाउँमा भएपछि राम्री केटी दुइ छानेर ल्याई दुवैजनालाई दिई पठाउने निधो हुँदा साङ्दुमे दाजुले मात्र पुरस्कार स्वीकार गरेको कुरा छ । दाजुले स्वीकार गरेको महिला भने दर्ुइजीउकी त्यो गाउँकी बुहारी रहिछन् -पृ. ८-९) ।
यी दुइ दाजुभाइ लडाइँ लडेको र विजय प्राप्त गरेको ठाउँबाट विदाबारी भई नवदुलहीसहित घुम्दैफिर्दै शिकार खेल्दै जाँदा काबेली र तावाखोला दोभानमा पुगेको आख्यान गाउँका बूढापाकाहरू सुनाउँछन् । दोभानदेखि उठेर गएको भीरको डाँडैडाँडा भएर नयाँ मुलुक वा क्षेत्रमा जाने उनीहरूले निश्चय गरे । त्यहीबेला उनीहरूले खोलादेखि उठेर गएको डाँडो टुङ्गिने ठाउँमा कुनै चिनो पनि लगेर राख्ने निश्चय गरे रे । यस्तो चिनोको लागि आआफ्नो उचाइ र मोटाइ बराबरको ढुङ्गो तयार गरी विहानीपखको तान्छोप्पा (शुक्रतारा) उदाउनुअघि पुर्याएर गाडिसक्ने वाचा गरे रे । यदि दुइमध्ये कोही खोलाबाट लगेको ढुङ्गो निर्धारित समयमा गाढ्न असफल भएमा ऊ अपुताली हुने वाचाबन्धन पनि उनीहरूले गरे रे । त्यसपछि साइत जुराएको निर्धारित रातमा उनीहरूले त्यो बाजी पूरा गर्ने अभियान आरम्भ गरे । दोजिया दुलही र दुइ दाजुभाइले उकालो चढ्न सुरु गरे । रातभरिको अथक परिश्रमपछि निर्धारित स्थानमा आफ्नो उचाइ र जीउ आकारको ढुङ्गो दुवैले पुर्याए भने दोजिया दुलही पनि साथसाथै पुगिन् । निर्धारित ठाउँमा खोलाबाट ल्याएको ढुङ्गा गाड्नका लागि ठाउँ बनाई साङ्दुम्बेले उठाइसके भने भाइ वाङ्दुम्बेले उठाउन लाग्दा लाग्दै पूव आकाशबाट तान्छोप्पा तारा झुलुक्क झुल्किएर आयो रे अनि उनी आफ्नो वाचा पूरा गर्नबाट चुके रे । अनि उनी निःसन्तान भए रे । दाजु साङ्दुम्बेचाहिँ वाचा पूरा गर्न सफल भएकाले उनका शाखासन्तानहरू भए, बढे रे भन्ने विश्वास खेवाङ थरी लिम्बू समुदायमा आजतक रहेको छ । यी आख्यानहरू दैवीकरण ( supernaturlize ) गर्ने सिद्धान्तमा आधारित छन् ।
साङ्दुम्बे र वाङ्दुम्बेले बोकेर लगेको ढुङ्गाहरू वर्तमान खेवाङ गा.वि.स. वडा नं. ७ र पेदाङ गा.वि.स. वडा नं. ४ को पानीढलो धारमा रहेका छन् । साङ्दुम्बेको चिनो शीला ठडिएको अवस्थामा छ भने त्यही ढुङ्गाको दक्षिण पश्चिम छेउमा वाङ्दुम्बेको चिनो शीला लडेको अवस्थामा छ । श्रेष्ठ (२०६९) अनुसार यी ढुङ्गाका आकारहरू यस प्रकार रहेका छन्- साङ्दुम्बेको उचाइ ६ फिट र वाङ्दुम्बेको उचाइ ६ फिल ६ इन्चको रहेको छ ।
तावा र काबेली दोभानबाट खेवाङ गाउँमा जानका लागि ठूलो भीर पर्ने भएकाले खेवाङ गाउँमा प्रवेश गर्ने बाटो साङ्दुम्बे, वाङ्दुम्बे र साङ्दुम्बेकी दुलही साङ्दुम्हाङ्मा पहिलोपटक हिँडेको यही डाँडैडाँडोको बाटो नै हो । धेरै पछिमात्र खेवाङ जाने अहिलेका बाटाहरू बनेका हुन् ।
खेवाङअन्तरगतका उपखेवाङहरूको नामकरण
याङ्लिङरोक राजाको बुहारी, राजकुमार सेज्रेहाङकी दुलही वाचाबन्धनले साङ्दुम्बेकी श्रीमती हुनपुगेकी साङ्दुम्हाङ्मा वर्तमानमा खेवाङ भनिने ठाउँमा पुगेको छ महिनापछि बच्चा जन्माइन् । साम्ब्यू (२०६१) का अनुसार साङ्दुम्बे र वाङ्दुम्बेले यो बच्चो हाम्रो नभएर साँवाहाङहरूको सन्तान भएकोले यसको नाम साम्ब्यू (साँवालाम् केयुबा अर्थात् साँवाबाट आएको) राखिदिनुपर्छ भनी निणय गरे र सोही अनुसार नामकरण पनि गरे । यो साम्ब्यू नाम अहिले आएर साम्ब्यू थरको रूपमा विकास भएको छ ।
साङ्दुम्बेपट्टबिाट पछि चारजना छोराहरूको जन्म भयो । साङ्दुम्बेका सन्तानहरूको नाम कसरी रहयो भन्ने विषयमा पनि एउटा आख्यान प्रचलित रहेको छ । ती चारजनाको नाम उनीहरूको काम र विशेषताको आधारमा भाउजूले राखेको हो भन्ने कथन आज पनि खेवाङे समाजमा प्रचलित रहेको छ । उपरोक्त कथाअनुसार जेठो भाइचाहिँ दाजुभाइबीच र घरपरिवारमा हुने झैझगडा मिलाउन वा कुनै विषयमा छलफल भएमा निणय पुग्नका लागि भलाद्मीको रूपमा भूमिका निभाउँथ्यो रे । उनको सोही काम वा भूमिकाअनुसार तुम्म्याङ श्र तुम्याहाङ श्र तुम्याङ भनी भाउजुले नाम राखिन् रे । यसरी नै माइलो भाइचाहिँ सरसामान, अन्नपात, चिजबिज बढी हिफाजत गर्ने खालको भएकोले केघिम्बा (फारुतिनो गर्ने दौलतप्रेमी) नाम भाउजुले जुराइन् रे अनि त्यही केघिम्बा नाम पछि गएर खिम्बाहाङ श्र खिङ्बाहाङ या खिङ्बा हुनगयो । साइलोचाहिँ लामोलामो खुट्टा भएकाले बस्दाहुँदी घुँडाहरू सिङजस्तो माथि देखिन आउने भएकोले ताङ्चम्बा (लामसिङे) भनी उनै भाउजुले नामकरण गरिन् । यही ताङ्जम्बा श्र ताङ्जम्हाङ श्र ताङ्जम् हुनगयो । कान्छो भाइचाहिँ काममा लाग्नुभन्दा पनि बढी घाममात्रै तापेर बस्ने घामतपुवा भएकाले नाम्दिहाङ (घामप्रेमी) भनी भाउजुले नै नाम राखिन् रे । भाउजुले राखिदिएको यिनै जिस्काउरी नामहरू नै पछि गएर ती चारभाइको नाममात्र होइन थरको रूपमा प्रचलनमा आएको हो भन्ने यी चारथरीको विश्वास रहिआएको छ । लिम्बू जातिमा थरहरू स्थाननामसँग सम्बन्धित छन् भने निकै उपथरहरू भाउजुले नामकरण गरेको आधारमा रहेको पाइन्छन् ।
खेवाङ थर उल्लेख गर्ने लेखकहरू
खेवाङ थर र खेवाङ ठाउँका बारेमा विभिन्न लेखकहरूले उल्लेख गरेको पाइन्छ । हालसम्म पाइएकोमा सबैभन्दा पहिला खेवाङ गाउँ र थरका बारेमा उल्लेख गर्ने लेखकमा इडेन भेन्सिर्टार्ट हुन् भने सबैभन्दा पछिल्लो समय (लेखकले प्राप्त गरेको) यसबारे उल्लेख गर्ने लेखकमा रत्नकुमार इङ्नाम लिम्बू हुन् । कुनै पनि थर वा जाति उल्लेख गर्नु वा नगर्नुमा लेखकको लेखनको विषय क्षेत्र, चासो, जानकारी, स्रोत आदिले महत भूमिका निर्वाह गरेको हुन्छ । कतिपय अवस्थामा त्यस्ता विषयको उल्लेख अनिवार्य हुन आउँछ तात्कालिक इतिहासलाई प्रामाणिक र विश्वासनीय बनाउन । यसको उत्तम उदाहरणको रूपमा जयस्थिति मल्लले आजभन्दा साढे छसय वर्षधि तयार पार्न लगाएको गोपालराजा वंशावलीमा गोपाल, महिषपाल, किरात, वर्मा आदि आदिम वंश र शासकहरूको नाम र विवरणको प्रस्तुतिलाई लिन सकिन्छ । वर्तमानका नेताहरूजस्तै निषेधको नियत राख्ने भए उनले ती वंशका राजाहरूको नाम र कामको विवरण लेखिरहनुको कुनै तुक थिएन । तर आफ्नो इतिहासको मजबुत जग बनाउनका लागि उनले त्यसप्रकारको ऐतिहासिक काम गरे । तर यस्ता कामको अकबरीपना कायम गर्नका लागि भाषाको ज्ञान, स्थानीय स्तरमा गएर अध्ययन अवलोकन गरेनगरेको विषय, डाटा उपलब्ध गराउने सूचकको ज्ञानको तह, सर्न्दर्भसामग्रीको विश्वासनीयता आदिले महत्वपूण् भूमिका खेल्दछ अथवा यस्ता विषयले सम्बन्धित काममा सकारात्मक प्रभाव वा नकारात्मक असर गर्ने कुरामा दुइमत छैन । यस्तै विशेषताहरू खेवाङ गाउँ ठाउँ वा खेवाङ थरबारेको सङ्कलन लेखनमा पनि अनुभूत हुन्छ । यहाँ खेवाङ स्थान र खेवाङ थरका बारेमा विभिन्न लेखकहरूले केके लेखेका छन् सोको अवलोकन गरौँ -
इडेन भेन्सिर्टार्टले सन् १८९० मा 'Notes on Gurkhas' शीर्षकमा लेखेको र 'Notes on Nepal' शीर्षकमा सन् १८९५ मा प्रकाशित गरे भनी उल्लेख गरेको र पछि Asian Educaiion Services ले सन् १९०६ मा पुनः प्रकाशित GURKHAS किताबको पृष्ठ १२३ मा KEBANG (Yangrok) शीर्षक अन्तरगत निम्न थरहरू उल्लेख गरेका छन्ः Iringba. Sambayu. Tangjamba. Yangya. Keiba. Silingbo. यो थर तालिकामा खेवाङ अर्न्तर्गत पर्ने कतिपय उपथरहरूमध्ये जनज्रि्रोमा भनिने तुम्म्याङ र नाम्दिहाङ छुटेका छन् भने इरिङ्बा (Iringba) र केइबा (Keiba)नयाँ थरहरू उल्लेख भएका छन् । यसको साथमा मिसलभाइ सिलिङ्बो पनि खेवाङभित्र भेन्सिर्टार्टले पारेको देखिन्छ । साम्ब्यू थरको चाहिँ सही उच्चारण गरेका छन् साम्बायु भनेर ।
यसरी नै दिल सेनेहाङ -२०६७) ले लिम्बूको थर, बसोबास र संस्कृति पुस्तकमा लिम्बूको थर उपशर्ीष्ाकमा खेबाङ -पृ. ४), तुम्याहाङ -पृ. ५) साथै लिम्बूको थर गाउँठाउँ उपशीर्षकमा (पृ. २३), तुम्याङ (पृ. २५), र लिम्बु बसोबास क्षेत्र गाउँ, ठाउँको नाम शीषकमा खेबाङ गा.वि.स.मा पर्ने २३ स्थानहरूको नाम उल्लेख गरेका छन् । उनको सङ्कलनमा खेवाङ थरअर्न्तर्गतका सबै उपथरहरू परेका छैनन् भने परेका उपथर लेखनमा पनि एकरूपता देखिन्न ।
तुम्बाहाङ (२०६८) ले आफ्नो कृति लिम्बू जातिको चिनारी पुस्तकमा खेवाङ मूलथर अर्न्तर्गत ताङ्जम्बा, खिङ्वा, तुम्याङ, नाम्दिहाङ र साम्यू (पृ. ४८) उल्लेख गरेका छन् । यसमा थरको रूपमा ताङ्जम्बा नभएर ताङ्जम् र साम्यू नभनेर साम्ब्यू हुनु पर्ने हो । साम्यूचाहिँ खसनेपाली ज्रि्रोकरण भएको हो ।
इङनाम लिम्बू -२०६९) ले आफ्नो पुस्तक याक्थुङ पाःन्को अध्याय पाँचको थर, गाउँ र थुम उप शीर्षकमा खिङ्बा (पृ. २७०), ताङ्जम र तुम्याहाङ -पृ. २७१) र नाम्दीहाङ -पृ. २७३) उल्लेख गरेका छन् ।
यसरी नै श्रेष्ठ -२०६९) ले आफ्नो कृति खेवाङ डायरी मा साम्दुम्बेपट्टकिो चार भाइ पहिलो जेठो तुमियाङ, माइला खिङ्म्बा, साइँला नाम्दियाङ, कान्छा ताङ्जाम हुन् -पृ. ११) भनी उल्लेख गरेका छन् । यहाँ उल्लेख भएका प्रायः सबै थरहरूमा खसनेपालीकरण र लेखकको इडियोलेक्टल (idiolectal) प्रभावले फरक लेखन हुन गएको छ ।
खेवाङेहरूको पूवजको जोखाना
खेवाङ थरीहरूको पर्ूवज को होलान् - यात्रा गर्दा शिद्धिको बाटोमा हिमाली भुइँकुहिरोले बाटो छोपिदिएर थोरै पर पनि बाटो नदेखिएजस्तै यस प्रश्नको उत्तर ज्यादै धुमिल छ, पानीको रेखाचित्रजस्तै करिब सङ्केतहीन छ । तर पनि फेÞदाङ्माले मैनाम लिएर जोखाना हेरेजस्तै 'खेवाङ' शब्द र त्यसका संवाहक साङ्दुम्बे र वाङ्दुम्बेले तय गरेको मार्गका आधारमा केही जोखाना आर्जे-दिशाको लख भने अवश्य काट्न सकिन्छ । साङ्दुम्बे र वाङ्दुम्बे लिम्बुवान इतिहासको पछिल्लो कालमा हिल्लीहाङ दरबार भनी चिनिने शक्ति केन्द्रमा रहेको देखिन्छ । त्यहीबाट माबोहाङसाम्बा र लेक्वाहाङसाम्बहरूको लडाइँको अगुवा लडाकुको रूपमा लड्न पठाइएको देखिन्छ । के त्यसोभए उनीहरू यङयाङ हुन् त - उनीहरू यङयाङ हुन सक्ने सम्भावानालाई पनि नकारिहाल्न त सकिन्नँ । तर यसका लागि भरपर्दो कुनै आधार पनि भेटिएको छैन । अहिलेसम्म थरको रूपमा प्रयोग र प्रचलनमा रहेको 'खेवाङ' शब्दको पोया पहिल्याउँदा उनीहरू विजयपुर या फेदाप या यी दुवैको बीचमा रहेको दसलिम्बूहरूमध्येका एक खेवाहाङ वंशका कुनै परिवारका योद्धाहरू हुनसक्छन् जसलाई हिल्लीहाङ दरबारमा योद्धाका रूपमा राखिएका होऊन् । यी योद्धाहरू अहिले लिम्बुवानको छथर भनी चिनिने क्षेत्रमा परापर्ूवकालमा बसोबास गरेका खेवाहाङहरू मध्येकै हुनसक्ने सम्भावना सबैभन्दा प्रवल छ । यसका लागि इतिहासकार चेम्जोङ तथा तिगेलाका तपशीलका लेखाइहरूले आधार प्रदान गर्दछन् । चेम्जोङ -२०५९) अनुसार तत्कालीन मोरङ राज्यक्ा तोङदोइङ हाङका छोरा लिलामइङ हाङलाई पराजित गरी बनेका नयाँ राजालाई खेवाहाङ -पृ. १६) भनी चिनिन्थे । तिगेला -२०१३) का अनुसार विजयपुरका राजा विजयनारायण रायले पहाडी देश फेदापका राजा मुरेहाङ खेवाहाङलाई षडयन्त्र गरी हत्या गराए । मुरेहाङपछि उनका छोरा राजकुमार बाजाहाङ खेवाहाङ -बाजु राय), नाति पानोहाङ खेवाहाङ -विद्याचन्द्र राय) पनि शक्तिमा रहे । चौतारिया पानोहाङ खेवाहाङले 'हाङ' पदवी त्यागे र खेवा मात्र हुन पुगे । ... हाङजिलिहाङ्दुम्बा राजाको देहान्तपछि छ थरमा विभाजित खेवाहाङहरू लिम्बुवानका महत्वपूण शक्तिका रूपमा गनिन्थे । ... दस लिम्बू (थिबोङ याक्थुङ) मध्ये खेवाहाङ (लिम्बू) हरूको ऐतिहासिक यक् ताक्लुङ यक् हो । यी आधारले खेवाङ थरीहरूको पूर्वजहरू अहिले खेवा र तत्कालीन समयमा खेवाङ या खेवाहाङ भनी चिनिने जातिहरू हुन् भन्न सकिन्छ ।
खेवाङ थरीको पूर्वज खेवा वा खेवाहाङ हुँदाका सङ्गत र असङ्गत पक्षहरू
खेवाहरूले कुनै पनि पन्छीका मासु खाँदैनन् तर खेवाङहरू सबै प्रकारका पन्छीका मासु खान्छन् । कमल तिगेलाका अनुसार (कुराकानी) कतिपय खेवाहरूले अरु समुदायसँग घुलमिल हुन पन्छीको मासु खाएको उदाहरणहरू छन् । उदाहरणका लागि आजभोलि नै हेर्ने हो भने पनि बेलायत र हङ्कङ्मा रहेका केही खेवाले पन्छी खान्छन् । स्थानीय खेवाहरूमध्ये केहीले पनि अन्यजातिका साथीहरूसँग घुलमिल हुन र आफूलाई एकाइसाँै सताब्दीको देखाउन पन्छी खाने गरेको पनि पाइएको छ ।
खेवाहरूको माङ्गेन्ना यक् ताक्लुङ लगायतका छथर क्षेत्रमा रहेका विभिन्न यक्हरू पर्दछन् । तर खेवाङ थरीको माङ्गेन्ना यक् च्याङ्थापूको चम्जम्लुङसँगै रहेको पेप्पेत्लुङ हो । खेवाङ थरीहरूको पर्ूवज खेवाहरू हुने हो भने यी विश्वास र अभ्यासहरू असङ्गत देखिन्छन् । आफ्नो पुरानो यक् छाडेर टाढा रहँदा वा नयाँ ठाउँमा गएको अवस्थामा पनि यक् बनाउने प्रचलन पाइन्छ । उदाहरणको लागि चेम्भोगढीबाट आएका चेम्जोङहरू चौबिसमा आएर कुरुले यक् आफ्नो भएको चेम्जोङहरू दाबी गर्दछन् । त्यस्तै आन्तरिक कुटुम्बेरी चलेको अवस्थामा बेहुलापट्ट िसक्कली यक् र बेहुली पट्टी नक्कली या बनावटी यक् बनाई विवाह सम्पन्न गर्ने चलन पनि छ । जस्तै छथरी खेवाहरूबीच आन्तरिक विवाह भएमा बेहुलापट्टी ताक्लुङ यक् र बेहुलीपट्टी पमेजङ् यक् भन्ने गरिन्छ तर उक्त पमेजङ यक् मात्र विवाह सम्मन्न गर्न बनाइएको यक् हो वास्तविक यक् होइन (कमल तिगेलासँगका कुराकानीमा आधारित)। साङ्दुम्बे र वाङ्दुम्बे यङयाङ दरबारमा रहेबसेर पनि उनीहरूको सन्तान दरसन्तानहरूले यङयाङहरूले नखाने गरेको बाख्राको मासुमंस खानर्ेगर्दछन् । यङयाङ राजकुलको सो नियम उनीहरूले कसरी अनुसरण गरेनन् भन्ने कुरा पनि आर्श्चर्यका विषय नै छ ।
मैझारो
खेवाङहरूको इतिहासलाई सिलसिलाबद्ध बनाउने कामको मेलो थालिएको मात्र छ । यसलाई पूण् रूपमा निष्कर्षा पुर्याउन धेरै अध्ययन तथा अनुसन्धानको खाँचो छ, जस्तैः माबोसाम्बा र लेक्वासाम्बाहरू कोको हुन्, यी बीच लडाइँ भएको ठाउँ तमोरखोला हो कि मेवा या मैवा खोला हो - लडाइँ कहिले भएको थियो - यङयाङहरू चैनपुरका शासक थिए - हाल हिल्लिहाङ दरबार भनिने ऐतिहासिक दरबारको पर्ूण्ा इतिहास के हो - त्यहाँ आङ्बुहाङहरूको आधिपत्य थियो - खेवाङ या खेवाहाङ विजयपुरका राजखलक, फेदापका राजखलक या खेवाहरू वास्तविक को हुन् या यी आपसमा नाता पर्छन या सम्मानजनक पद भएकाले फरकफरक समूहले एउटै शब्द खेवाहाङ या खेवाङ चलाए - साङ्दुम्बे र वाङ्दुम्बेको वंशवृक्षको जरा ठ्याक्कै कुन समूहसँग जोडिन पुग्छ जस्ता अनगिन्ती प्रश्नहरूको भरपर्दो समाधानका लागि गम्भीर खोजअनुसन्धान गरिनर्ुपर्छ । सतही हिसाबले भन्ने हो भने खेवाङ थरीहरूको नजिको साइनो वर्तमान अवस्थामा खेवा भनिने कुनै समयमा खेवाहाङ भनी सम्बोधन गरिने छथरका लिम्बूहरूसँग छ जस्तो है मनुवा !
सर्न्दर्भसामग्री
खसनेपाली भाषा
अधिकारी, -प्रा.डा.) सुर्यमणि । २०६७ -२०६१) । खश साम्राज्यको इतिहास । भुँडीपुराण प्रकाशन । काठमाडौँ ।
इङ्नाम लिम्बू, रत्नकुमार । २०६९ । याक्थुङ पाःन् । प्रकाशकः देबेन्द्रबहादुर तुम्बापो लिम्बू र अन्य ।
चेम्जोङ, इमानसिंह -२००३/२०५९, प्र.सं. सन् १९४८) किरात इतिहास, किरात याक्थुङ चुम्लुङ, केन्दीय कार्यालय, महालक्ष्मीस्थान, ललितपुर ।
तिगेला, कमल र आङ्ला, भैरब -२०६७) । ऐतिहासिक ताक्लुङ र पर्यटकीय स्थलहरू, छथरको ताक्लुङ, सं. कमल तिगेला लिम्बू र भैरव आङ्ला । जर्नल, वर्ष१, अङ्क १, सन् २०१३, पृ. १०-२९ ।
तुम्बाहाङ, गोबिन्दबहादुर । २०६८ । लिम्बू जातिको चिनारी । प्रकाशकः किरात याक्थुङ चुम्लुङ, ललितपुर तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुर ।
श्रेष्ठ, बाबुराम । २०६९ । खेवाङ डायरी । प्रकाशकः जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान, शनिश्चरे-६, झापा ।
साम्ब्यू, श्री सुब्बा । साम्ब्यू थरको उत्पत्ति कथाः केही टिपोटहरू, तङ्सिङ । कार्यकारी सम्पादक अर्जुन बाबु माबुहाङ । वर्ष३, अङ्क १, २०६१ वैशाख, पृ. ६-७ ।
सेनेहाङ, दिल । २०६७ । लिम्बूको थर, बसोबास र संस्कृति । प्रकाशकः सेरि ताम्लिङ सेनेहाङ ।
अङ्ग्रेजी भाषा
Vansittart, Eden. 1991 (First Pub. 1906). GURKHAS. Asian Education Services, New Delhi, Madras.
खेवाङ-८, ताप्लेजुङ
२०६९ फागुन २८ (११ मार्च २०१३)
साभार : तान्छोप्पा


Posted on:2013-06-13