Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
प्रेस विज्ञप्ती
प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन सुरु
International Limbu Conference (Watch Live Video Now)
कुमार बखिमद्धारा प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलनलाई सहयोग
प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिने
पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान निर्माण कार्यमा अघि बढ्न सकिन्ने ः चुम्लुङ
चेम्जोङ जन्मजयन्तीमा अन्तरक्रिया र वेबसाइड लञ्ज
इलाममा च्याबु्रङ महोत्सव
लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना
सुनसरीमा चासोक तङनाम सम्पन्न

लुङ्मेन्दिङ पेली

किरात याक्थुङ चुम्लुङ
सदस्यता वृद्धि अभियान २०७०
लुङ्मेन्दिङ पेली
आदाङबा आदाङ्मासे, २०७०।०४।११
लुङ्मेन्दिङ सेवारो !
किरात याक्थुङ चुम्लुङ -कियाचु) २०७० भदौ १७ गतेदेखि २५ औँ वर्षयुप्पा तङ्बेे -रजत वर्ष मा प्रवेश गर्दैछ । अहिले कियाचुको आजीवन सदस्य १,८७५, संरक्षक सदस्य २२२ र विशिष्ट संरक्षक सदस्य १७ जना रहेको छ । आठौँ महाधिवेशनपछि कियाचु सशक्त संस्थागत सुदृढीकरणमा लागेको छ । पहिलो चरणमा २०६९ चैतदेखि २०७० जेठसम्म आफ्ना सबै १३ जिल्ल्ाा शाखामा प्रशिक्षण र अनुगमन सम्पन्न गरेको छ । उक्त कार्यक्रममा स्थायी संस्थागत सुदृढीकरणका लागि सदस्यता वृद्धि अभियान अत्यावश्यक रहेको ठहर गरिएकाले दोस्रो चरणको कार्यक्रम सदस्यता वृद्धि अभियान प्रारम्भ गरिएको छ । यो अभियानको मूल लक्ष्य कियाचुको आजीवन, संरक्षक र विशिष्ट संरक्षक सदस्य २०७१ चैत ३१ सम्ममा ५०,००० पुर्‍याउनका साथै आर्थिक रूपमा आत्मनिर्भर कियाचु बनाउनु हो । त्यसैले केरेक लिम्बु आदाङ्बा आदाङ्माहरूलाई कियाचु आजीवन, संरक्षक र विशिष्ट संरक्षक सदस्य बनिदिनु हुन किरात याक्थुङ चुम्लुङ लुङ्मेन्दिङ अनुरोध गर्दछ ।
किरात याक्थुङ चुम्लुङको आजीवन, संरक्षक र विशिष्ट संरक्षक सदस्य किन बन्ने ?
1. आजीवन, संरक्षक र विशिष्ट संरक्षक सदस्यता बापत सङ्कलित रकम खर्च भएर जाँदैन । सबै रकम कियाचु अक्षय कोषमा कियाचु रहुन्जेल रहन्छ । र, कियाचु लिम्बु रहुन्जेल रहनेमा दुइमत छैन । कियाचु अहिलेसम्म चलायमान रहनु यो कोष पनि एक प्रमुख आधार हो । कियाचु युगयुगसम्म लिम्बु र लिम्बुवानको लागि कार्यरत रहन यो अक्षय कोषको दरिलो भूमिका रहन्छ । यी सदस्यबापत हालसम्म सङ्कलित सबै रकम कियाचु अक्षय कोषमा अद्यावधि छँदै छ । यर्सथ कियाचु सदस्यता वृद्धि अभियान उक्त कोषलाई वृद्धि गरी कियाचुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि सञ्चालन गरिएको हो ।
2. लिम्बु भाषा, लिपि, धर्म, संस्कृति, भेषभूषा, लिपि, साहित्य, इतिहास, शिक्षा लगायतका विभिन्न विषयलाई संरक्षण, सर्ंवर्द्धन गर्दै लिम्बुहरूलाई सम्पूण तवरले समृद्ध बनाउने कार्यमा टेवा पुर्‍याउन ।
3. लिम्बुवान स्थापना र राष्ट्र निर्माणका लागि कियाचुले खेल्दै आएको भूमिका र गर्दै आएको कार्यलाई अझ बलियो बनाई लिम्बुवान स्थापना र संवृद्धिको सुनिश्चिततामा टेवा पुर्‍याउन ।
4. कियाचुले प्रदान गर्ने विभिन्न सेवा र सुविधामा सहुलियत प्राप्त गर्न ।
5. कियाचुका सबै तहको आर्थिक अवस्था आन्तरिक रूपमा आत्मनिर्भर बनाई प्रशासनिक, कार्यक्रमिक र व्यवस्थापकीय सबैमा समृद्ध र मजबुत संस्थागत रुप प्रदान गर्दै सबै जिल्ला शाखाहरूमा कर्मचारी राख्न सक्ने आर्थिक पूवाधार तयार गर्न ।
6. चुम्लुङ लोगो अङ्कित व्याच प्राप्त गर्न । विशिष्ट संरक्षकले सम्मानपत्र प्राप्त गर्न ।

आजीवन, संरक्षक र विशिष्ट संरक्षक सदस्यको काम, कर्तव्य, अधिकार र हैसियत
1. आजीवन कियाचुमा सदस्य रहने ।
2. कियाचुलाई संरक्षकत्व प्रदान गर्ने ।
3. विधान बमोजिम संस्थाको विभिन्न तहको परिषद्, अधिवेशन र महाधिवेशनमा भाग लिन र उम्मेद्वार हुन पाउने ।
4. सुझाव, टिप्पणी र आलोचनालाई सम्बन्धित समितिमा पठाउने ।
5. संरक्षक र विशिष्ट संरक्षकले संस्थाको केन्द्रीयस्तरको प्रगति तथा आर्थिक प्रतिवेदन । प्रत्येक वर्षपाउने ।

सदस्यता शुल्क : आजीवन - रु. १,००१।-, संरक्षक - रु. ५,००१।-, विशिष्ट संरक्षक- रु. २५,००१।- । आजीवन सदस्य भएकाले संरक्षक र संरक्षक भएकाले विशिष्ट संरक्षक सदस्यता लिँदा पहिले तिरेको रकम कर्टाई बाँकी रकम मात्र लाग्नेछ ।
नोगेन । सेवारो ।
किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्य समिति, नेपाल ।






Posted on:2013-08-20