Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
प्रेस विज्ञप्ती
प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन सुरु
International Limbu Conference (Watch Live Video Now)
कुमार बखिमद्धारा प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलनलाई सहयोग
प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिने
पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान निर्माण कार्यमा अघि बढ्न सकिन्ने ः चुम्लुङ
चेम्जोङ जन्मजयन्तीमा अन्तरक्रिया र वेबसाइड लञ्ज
इलाममा च्याबु्रङ महोत्सव
लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना
सुनसरीमा चासोक तङनाम सम्पन्न

प्रेस विज्ञप्ति, किरात याक्थुङ चुम्लुङ युप्पा तङ्वे (रजत जयन्ती) विशेष

प्रेस विज्ञप्ति
किरात याक्थुङ चुम्लुङ युप्पा तङ्वे (रजत जयन्ती) विशेष

आदरणीय पत्रकार मित्रहरु ।
सेवारो !

लिम्बु आदिवासीको साझा र प्रतिनिधिमूलक संगठन किरात याक्थुङ चुम्लुङ (कियाचु) २०७० भदौ १७ गते २५ औं बर्ष-रजत बर्षमा प्रवेश गर्दैछ । यो युप्पा तङ्वे (रजत बर्ष)को शुखद अवसरमा कियाचुको संस्थापकहरु र संस्थालाई यस उचाईमा पुर्याउन महत्वपूण् भुमिका निर्वाह गर्ने व्यक्ति तथा संस्थाहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सम्पर्ूण्ा दाजुभाई तथा दिदीबहिनीहरुमा लुङमेन्दिङ (हार्दिक) शुभकामना व्यक्त गर्दछौं ।

लिम्बूहरुले आफनो पहिचान र थातथलो लिम्बुवानको संरक्षण, सर्म्बर्द्धन र विकासको लागि आआफनो कालखण्डमा महत्वपूण एवम ऐतिहासिक भूमिका निर्वाह गर्दै आइरहेका छन् । २०४६ सालको राजनीतिक परिवर्तन पूव नै निरंकुश पञ्चायतकालीन अवस्थामा काठमाण्डौ उपत्यकामा अध्ययनरत सचेत लिम्बूहरुबाट जातीय उत्थान तथा विकास कार्यलाई संगठित र संस्थागतरुपमा अघि बढाउन किरात याक्थुङ चुम्लुङको स्थापना गरियो । कियाचु लिम्बु जातिको इतिहाँस, भाषा, लिपी, साहित्य, संस्कृतिको संरक्षण तथा सर्ंवर्धन गर्ने, सामाजिक तथा आर्थिक विकास गर्ने, विभिन्न जातिहरुवीच साम्प्रदायिक सदभाव अभिवृद्धि गर्दै राष्ट्रिय एकता तथा राष्ट्रिय संस्कृति निर्माण गर्ने उद्देश्यहरु लिएर निरन्तर क्रियाशिल रहेको छ । कियाचु लिम्बुवान क्षेत्रको अन्य जनसमुदायसँग समन्वय कायम गर्दै लिम्बू जातिको शसक्तिकरण गर्न सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक र मौलिक हकअधिकार प्राप्तिको लागि चेतना प्रदान गर्ने एक प्रमुख संस्थाको रुपमा स्थापित भएको छ । यही जगमा टेकेर आगामी दिनहरुमा यस संस्थाले लिम्बूहरुलाई भाषिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिकरुपले सशक्त बनाई पहिचान एवं प्रतिष्ठा कायम गरी समृद्ध र सम्मानित जीवनयापनको लागि क्रियाशिल रहनेछ ।
कियाचुले २०४६ सालको प्रजातन्त्र प्राप्तिको लागि आन्दोलन र परिवर्तन पश्चात् नेपाललाई बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक राज्य बनाउन महत्वपूण् भूमिका निर्वाह गरेको छ । २०६२-६३ सालको ऐतिहासिक जनआन्दोलन र परिवर्तन पछि नेपाललाई धर्मनिरपेक्ष, समावेशी, संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउनमा थप महत्पूर्ण भूमिका निर्वाह गरेको छ । लिम्बूको पहिचान र पुख्र्यौली थातथलोसँग अनन्य सम्बन्ध राख्ने लिम्बुवान क्षेत्रलाई नेपालको एक अभिन्न राज्य बनाउनका लागि कियाचुले लिम्बूहरु, लिम्बुवानवासीहरु, लिम्बुवानको राजनीतिक शक्तिहरु, राष्ट्रिय राजनीतिक शक्तिहरु बीच र विघटित संविधानसभा सदस्यहरुवीचमा गरेको अथक पैरवीका साथै संघीयता र स्वायत्तता पक्षधरहरुवीच समन्वय गर्दै गरेको आन्दोलनको फलस्वरुप लिम्बुवान लगातय अन्य पहिचानसहितको संघीयता भएको नयाँ संविधान बनाउनुपर्ने गरी नेपाली राजनीतिलाई प्रभाव पारेको छ ।
कियाचुले २५ वर्षो दौरानमा प्राप्त गरेका र्सार्थक र महत्वपूण् कामहरुको अभिलेखिकरण गर्दै रजत वर्षो उपलक्ष्यमा आयोजना हुने विशेष उद्घाटन समारोह र समापन समारोह, लिम्बुवान राष्ट्रिय जागरण अभियान, लिम्बु अन्तराष्ट्रिय सम्मेलन, संघीयता, पहिचान, संविधानसभा निर्वाचन सचेतना कार्यक्रमले लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि महत्वपूण् प्रभाव पार्नेछन् । त्यसैगरी यस अवसरमा तय गरिएका भाषिक, साँस्कृतिक र साहित्यिक कार्यक्रमहरु, लिम्बू संस्कृतिमा आधारित प्रतियोगिता, महोत्सव र प्रदर्शनीहरु, रजत स्तम्भ स्थापना, लिम्बु अनुष्ठान कार्यक्रमहरुले लिम्बु प्रतिष्ठा र पहिचानलाई अझ प्रगाढ बनाउनेछ । रजत वर्षा तय गरिएका थुप्रै कार्यक्रमहरुको उपलब्धीहरुबाट अन्य समुदायहरुले पनि सकारात्मक अनुभव, उत्प्रेरणा र उत्साह प्राप्त गर्नेछन् । यी विभिन्न पक्षहरुलाई सारमा समैट्दै "आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान; लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङवेरे हेक्याम्” भन्ने नारा दिएर कियाचुले २०७० भदौ १७ गतेदेखि वर्षरि रजत जयन्ती मनाइरहेको छ । यसको लागि संस्थाले केन्द्रीय अध्यक्ष उत्तमसिं थाङदेनको अध्यक्षतामा १०५१ सदस्यीय रजत जयन्ति मूल समारोह समिति गठन गरेको छ र यस अर्न्तर्गत विभिन्न उपसमितिहरु बनाएको छ । २०७० भदौ १७ गते ललितपुर चुम्लुङ हिम, ललितपुरबाट सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झाको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न गरी वर्षरि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै २०७१ भदौ १७ गते लिम्बुवानमा समापन समारोहका साथ समापन गर्दैछ ।
रजत वर्षे कियाचुको २५ वर्षम्मको उपलब्धीहरु तथा आगामी दिनका सम्भावना र चुनौतीहरुमाथि व्यापक बहस गर्दै सम्बद्ध व्यक्ति, संस्थाहरु थप चलायमान बनाउनेछ । यस कार्यमा संस्थाको केन्द्र, जिल्ला र गाउँ तथा नगर, कियाचु विषयगत संगठनहरु, विदेशस्थित चुम्लुङहरु र आम लिम्बु समुदाय सक्रिय रहनेछन् । रजत जयन्तीको सुखद अवसरमा आयोजना हुने निम्न उल्लेखीत महत्वपर्ुण्ा कार्यक्रमहरुले लिम्बुवान राज्य स्थापनाको सुनिश्चितताको लागि अझ बल पुग्नेछ । यसरी बहुआयामिक प्रभाव र सम्भावना बोकेर प्रस्तुत कियाचुको ऐतिहासिक रजत वर्षमनाउनको लागि तय गरिएका सम्पूण् गतिविधिहरुमा तन, मन र धनले साथ र सहयोग पुयाइदिनुहुनका साथै आ-आफ्नो क्षेत्रमा सक्रिय सहभागिता जनाईदिनु हुन सम्पूण् दाजुभाइ तथा दिदीबहिनीहरुलाई यसै प्रेस विज्ञप्ति मार्फ अपिल गर्दछौं ।
युप्पा तङ्वे (रजत जयन्ती) मा सम्पन्न हुने मुख्यमुख्य कार्यक्रमहरुः

· रजत जयन्ती (युप्पा तङवे) उद्घाटन समारोह, ललितपुर चुम्लुङ हिम, २०७० भदौ १७ गते ।
· लिम्बुवान राष्ट्रिय जागरण अभियान सञ्चालन ।
· लिम्बु अन्तरराष्ट्रिय सम्मेलन ।
· प्रकाशन, अभिलेखिकरण र प्रचारप्रसार ।
· तङसिङ, धार्मिक अनुष्ठान लगायत परोपकारी कार्यक्रम ।
· पुनर्मिलन तथा अन्तरक्रिया सम्वाद कार्यक्रम ।
· सांस्कृतिक, साहित्यिक कार्यक्रम तथा महोत्सवहरुको आयोजना ।
· प्रशंसा, कदर र सम्मान कार्यक्रम ।
· युप्पा तङवे स्तम्भ तथा संरक्षित वनहरुको स्थापना ।
· युप्पा तङवे समापन कार्यक्रम, लिम्बुवान, २०७१ भदौ १७ ।

लीला सिङ्गक लिम्बू
महासचिव

मिति २०७० भदौ १४ गते


Posted on:2013-08-30