Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
प्रेस विज्ञप्ती
प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन सुरु
International Limbu Conference (Watch Live Video Now)
कुमार बखिमद्धारा प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलनलाई सहयोग
प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिने
पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान निर्माण कार्यमा अघि बढ्न सकिन्ने ः चुम्लुङ
चेम्जोङ जन्मजयन्तीमा अन्तरक्रिया र वेबसाइड लञ्ज
इलाममा च्याबु्रङ महोत्सव
लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना
सुनसरीमा चासोक तङनाम सम्पन्न

सुनसरीमा चासोक तङनाम सम्पन्न

स्वर्णिमहाङ फोम्बो ।
धरान । प्रकृतिक पूजक लिम्बुहरुको महान चाड चासोक तङनाम २०७० विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । पुष २ गतेदेखि धरानको चुम्लुङ हिम परिषरमा कियाचु धरान नगर समितिको आयोजनामा इष्टदेवलाई नयाँ अन्नबाली चढाई इष्टदेवको प्रसाद एक अर्कामा आदान प्रदान गर्दै खुशीयालीमा विभिन्न कार्यक्रमको आयोजना गरी हर्षोल्लासकाका साथ पुष ६ गते सम्पन्न भएको छ । कार्यक्रम अवधिभर लिम्बू जातिहरुको ऐतिहासिक खेलकुद तथा साङ्गीतिक कार्यक्रम रहेको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि कियाचु लिम्बु सांस्कृतिक परिषदका केन्द्रीय अध्यक्ष गोविन्द आङबुहाङले रहेका थिए । कियाचुलाई लामो समयसम्म योगदान पु¥याउनु हुने कियाचुका केन्द्रीय सचिव गजेन्द्र ईश्वो, सडक बालबालिकाहरुको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका उप्का नेपालका कार्यकारी निर्देशक शकुन्तला सुब्बालाई सम्मान प्रदान गरिएको थियो ।
सोहि कार्यक्रमको उद्घाटनमा कार्यक्रममा लामो समयदेखि चुम्लुङलाई आर्थिक, सामाजिक, मानसिक रुपमा योगदान पु¥याउने धरान–१२ निवासी दुर्गामाया लिम्बूलाई सम्मान गरिएको छ । लिम्बू कियाचुको केन्द्रीय उपाध्यक्ष पदमा काम गर्दै आएका छन् ।

यस्तै धरानमै चासोक तङनामको अवसरमा किरात याक्थुङ चुम्लुङ धरान नगरसमितिको आयोजना तथा किरात याक्थुङ चुम्लुङ लिम्बु सांस्कृतिक परिषद् सुनसरीको संयोजनमा धरान चुम्लुङ हिममा पुष २ गतेदेखि ६ गतेसम्म संचालित उत्सव कार्यक्रम अन्तरगत पुष ५ गते भएको सुनसरी जिल्ला स्तरीय केलाङ प्रतियोगितामा भएको छ ।
गतवर्ष तेस्रो भएको छथरे समाज सांस्कृतिक केलाङ समूह यसपालि भने अन्य सहभागी प्रतियोगिहरुलाई उछिन्दै प्रथम भएको छ । नगद रु. १० हजार र प्रथम रनिङ्ग शिल हात पार्न सफल भएको हो ।
प्रतियोगितामा फागो चोङबाङ केलाङ समूह, फक्ताङलुङ केलाङ समूह इटहरी, छथरे समाज साँस्कृतिक केलाङ समूह र मिक्लाजोङ याक्थुङ केलाङ संघ धरान प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा बालकृष्ण सिङ्गक, दिलु सुब्बा, मान बहादुर साँवा, बीर बहादुर काम्बाङ र देशु सुहाङ रहेका थिए । उनीहरुले प्रतियोगितामा सहभागि कलाकारहरुको साँस्कृतिक पोशाक, गर गहना, संख्या, लचकता, हाउभाऊ र ताल सम्बन्धि हेरेका थिए । सुनसरीमा १६ वटा केलाङ समूह भएता पनि प्रतियोगितामा ४ वटा समूहले मात्र भाग लिएका थिए । प्रतियोगितामा भाग नलिएतापनि अन्य कार्यक्रममा भने सहभागिता भएका थिए ।

Tanchhoppa

Posted on:2014-01-20