Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
प्रेस विज्ञप्ती
प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन सुरु
International Limbu Conference (Watch Live Video Now)
कुमार बखिमद्धारा प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलनलाई सहयोग
प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिने
पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान निर्माण कार्यमा अघि बढ्न सकिन्ने ः चुम्लुङ
चेम्जोङ जन्मजयन्तीमा अन्तरक्रिया र वेबसाइड लञ्ज
इलाममा च्याबु्रङ महोत्सव
लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना
सुनसरीमा चासोक तङनाम सम्पन्न

लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना

Bishnu Singak
काठमाडौँ । लिम्बुवान र सम्पूर्ण लिम्बुवानवासीहरुको समग्र पक्षमा अक्ष्ययन, अनुसन्धान, अभिलेखीकरण र प्रकाशन गर्ने अभिप्रायले लिम्बुवान अध्ययन केन्द्र नामक संस्थाको अवधारणा अगाडी ल्याइएको छ । किरात याक्थुङ चुम्लुङको अगुवाइमा यही पुस १४ गते आइतबारका दिन ललितपुर चुम्लुङहिममा बसेको बृहत बैठकमा यस संस्थाको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । उक्त बैठकमा विभिन्न पेशामा संलग्न पेशाकर्मी, बुद्धिजीबी, पत्रकार र विद्यार्थीहरुको सहभागिता रहेको थियो । भेलाले अर्जुन नुगो लिम्बूको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । अन्य सदस्यहरुमा डम्बर चेम्जोङ, खगेन्द्र जबेगू, राजकुमार दिक्पाल, प्रवीण पन्धाक, दिलबिक्रम आङदेम्वे र सदस्य सचिवमा विष्णु सिङगक रहनुभएको छ । तदर्थ समितिको पटक पटकको बैठकले लिम्बुवान अध्ययन केन्द्रलाई कसरी संस्थागत र सङ्गठित गर्ने तथा आम जनमानसमा पु्याउने भन्ने विषयमा विचार विमर्श गरिरहेको संयोजक नुगो बताउनुहुन्छ ।
यही क्रममा लोपोन्मुख र धरापमा परेका सबै क्षेत्र, पक्ष र विषयवस्तुहरुको अध्ययन, अनुसन्धान, संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार नगरे सधैंका लागि लोप हुने र पुनरुत्थान गर्न नसकिने भएकोले लिम्बुवान अध्ययन केन्द अति क्रियाशील हुनुपर्ने धारणा प्रा.डा. महेन्द्र लावतीले बताउनुभयो । साथै लिम्बुवान अध्ययन केन्द्र एउटा अध्ययन, अनुसन्धानको केन्द्रमात्र नभई विश्वविद्यालयसम्मको परिकल्पना गर्नुपर्नेमा उहाले जोड दिनुभयो । त्यस्तै अन्य वुद्विजीवीहरुले पनि लिम्बुवान अध्ययन केन्द्र लिम्बू वा लिम्बुवानमा मात्र सीमित नभई यसको कार्यक्षेत्र बृहत हुनुपर्ने तथा विशाल श्रोतकेन्द्रको रुपमा स्थापित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । यिनै धारणा र आकांक्षाहरुलाई आत्मसाथ गदैै लिम्बुवान अध्ययन केन्दको तदर्थ समितिले चाँडै नै बृहत भेलाको आयोजना गर्ने र नँया समिति चयन गर्ने तयारी गरिरहेको छ ।
हाललाई लिम्बुवान अध्ययन केन्द्र कियाचुको विधानअनुुसार विषयगत सङ्गठनको रुपमा रहने र कालान्तरमा संस्थागत विकास भएपश्चात स्थापनाको पृष्ठभूमिलाई यथावत राख्दै स्वतन्त्र सङ्गठनको रुपमा छुट्टै दर्ता गर्न सकिने कियाचुका अक्ष्यक्ष उत्तम सिं थाम्देनले बताउनुभएको छ ।


Tanchhoppa




Posted on:2014-01-20