Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
रेग्मीको खोजमा पल्लोकिरात लिम्बुवानको सिमाना
'लिम्बुवानको आन्दोलन र वर्तमान राजनीतिक अवस्था' विषयक अन्तरकि्रया कार्यक्रम
पुस्तक विमोचन कार्यक्रम
पदमिसंह मुरिङलाप्रति हार्दिक श्रदान्जली
यूएईमा सांस्कृतिक कार्यक्रमसहित उभौली पर्व सम्पन्न
सोयाङका अन्य ३ विद्यालयमा आनीपान शुरु
इलाम सोयाङमा चुम्लुङहिम निर्माणकार्य शुरु
गाँउ शाखा अधिवेसन सम्पन्न
फाल्गुनन्द संग्राहलय बन्ने
राउटे श्रमको मूल्य र औपनिवेशिक राज्यको कसीमा आदिवासित्वको परीक्षण

मोर्चाद्धारा ध्यान आकर्षण पत्र बुझाईयो

किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालय
२०६६ माघ १५
संविधानसभा राज्य पुनसरचना तथा राज्यको शक्ति बाँडफाँड समितिले प्रस्ताव गरेको १४ प्रदेश मध्ये प्रस्तावित लिम्बुवानको सिमानाको विषयमा माघ ८ गते चुम्लुङ हिममा बसेको छलफलले आफनो दृष्टिकोण सहित प्रस्तावित लिम्बुवानको सिमानालाई सच्याउनको लागि कुटनीतिक र सडक संघर्ष गर्ने नीति तय गरेको छ । सोही नीति अनरुप बुद्धिजिवि सभासदहरुको बहस छलफलहरु शुरु भएको छ भने संगसंगै राजनीतिक दल र अन्य सम्बन्धित निकायमा लिम्बुवानको सिमानाको विषयमा ध्यानाआकर्षण पत्र बुझाउने कार्य शुरु भएको छ ।
ध्यानाआकर्षण पत्र बुझाउने क्रममा आज विहान ७.३० बजे एकिकृत नेकपा माओवादीको कार्यालय कोटेश्वरको पेरिस डाँडामा संयुक्त लिम्बुवान मोर्चाको टोली पुगेको थियो । ध्यानाकर्षण पत्र ए.नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाईएको थियो । उक्त समयमा ए.नेकपा माओदवादीका सचिव सि.पि. गजुरेलको समेत उपस्थिति रहेको थियो ।
ध्यानाकर्षण पत्र बुझाउनुको उद्देश्यको बारेमा लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष शंखध्वज नेम्बाङले प्रष्ट पार्नु भएको थियो भने मन्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका महासचिव सुर्य माखिमले ध्यान आकर्षण पत्र बाचन गर्नुभएको थियो । उक्त ध्यानाकर्षण पत्र लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष विर नेम्बाङले ए.नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरण गर्ने क्रममा नेम्बाङले लिम्बुवानको सिमानाको विषयमा देशको ठूलो र परिवर्तनको बाहक पार्टी भएकोले जिम्मेवार भएर लाग्नको लागी अनुरोध गर्नु भएको थियो । यसका साथै लिम्बुवान संवेदनशील भएकोले भारतको काश्मिर हुनबाट जोगाउन र लिम्बुवानका सवै पार्टीका नेताहरुलाई लिम्बुवानवासी जनताबाट काटी माग्न जोगाउनको लागि सत्यमा आधारित रहेर लिम्बुवानको सिमानाको निर्णयलाई सच्याउन पनि आग्रह गर्नु भएको थियो ।
ध्यानआकर्षण पत्र बुझे पछि माओवादी पार्टीका अध्यक्ष प्रचण्डले प्रस्तावित १४ प्रदेश अन्तिम नभएको र स्वायत्त गणराज्यहरुको स्थापना र सुनिश्चितताको लागि प्रारम्भिक रुप मात्र तयारी भएको बताउनु भएको छ । लिम्बुवानको विषयमा रिपोटिङहरु भईरहेको र पार्टी आफै पनि लिम्बुवान लगायत अन्य प्रदेशहरुका सिमाङ्कनको विषयमा सन्तुष्ट नभएको तथापी जे पेश भयो त्यो अन्तिम हुन नसक्ने र यस्तै आन्दोलनहरु उठीरहेमा छिटै नै सच्याउन सकिने भनाई व्यक्त गर्नुभएको थियो । यही क्रममा पार्टीका सचिव सिपि गजुरेलले पार्टिलाई सिमाङ्कनको विषयमा जनतामा गएर व्याख्यागर्न अप्ठ्यारो भएको र धरानलाई मधेश भन्नु दुनिया नै चकित हुने कुरा भएको विचार राख्नु भएको थियो ।
ध्यानाकर्षण पत्र बुझाउनको लागि संयुक्त लिम्बुवान मोर्चा सम्बद्ध लिम्बुवान मुक्ति मोर्चा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा ए.नेकपा माओवादी मन्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद लोकतान्त्रिक किरात लिम्बुसंघ नेकपा एमाले लिम्बुवान स्वशाषित संघ एकिकृत नेपाल लिम्बू संघ नेपाली कांग्रेस र समन्वयकर्ता किरात याक्थुङ चुम्लुङ सहित स्वतन्त्र लिम्बू नागरिकहरुको सहभागीता रहेको थियो ।

Posted on:2010-01-30