Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
प्रेस विज्ञप्ती
प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन सुरु
International Limbu Conference (Watch Live Video Now)
कुमार बखिमद्धारा प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलनलाई सहयोग
प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिने
पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान निर्माण कार्यमा अघि बढ्न सकिन्ने ः चुम्लुङ
चेम्जोङ जन्मजयन्तीमा अन्तरक्रिया र वेबसाइड लञ्ज
इलाममा च्याबु्रङ महोत्सव
लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना
सुनसरीमा चासोक तङनाम सम्पन्न

प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिने

किरात याक्थुङ चुम्लुङ विगत २५ वर्षअगाडि २०४६ साल भदौ १७ गते स्थापना भएको लिम्बु आदिवासीको साझा, प्रतिनिधिमूलक संस्था हो । स्थापनाको २५ वर्षम्ममा यस संस्थाले लिम्बु आदिवासीको भाषा, लिपि, धर्म, संस्कृति, इतिहास आदिको संरक्षण, सर्ंवर्धन, विकास र आफ्नो अधिकार प्राप्तिको लागि महत्वपूण कार्यहरु गर्दै आइरहेको छ । लिम्बुवानवाट विभिन्न देशहरुमा गएका लिम्बुहरुले आफु कार्यरत देशहरुमा पनि किरात याक्थुङ चुम्लुङकै नामवाट संगठित भइ लिम्बु र लिम्बुवानको लागि कार्य गरिहेकोवाट यसको पुष्टि हुन्छ । यसै गरी भारत, बर्मा लगायतका मुलुकहरुमा पनि लिम्बुहरुको सदियौं देखि बसोवास रहिआएको छ । यहाँका लिम्बुहरु आफ्नो मुलुकको कानुनको अधिनमा रहि संगठित हुने र लिम्बु भाषा, लिपि, धर्म, संस्कृति, इतिहास आदिको संरक्षण, सर्ंवर्धन, विकास र आफ्नो अधिकार प्राप्तिको क्षेत्रमा निरन्तर क्रियाशील रहेका छन् । यसरी लिम्बुहरु विश्वव्यापी रुपमा फैलिएर रहेको वर्तमान अवस्थामा अहिले सम्म यी सबै क्षेत्रका लिम्बुहरु एक ठाउमा संस्थागतरुपमा भेला भई सांगठनीक र सामुहिकरुपमा क्रियाशील हुने अवसर निर्माण हुन सकेको छैन । तर्सथ किरात याक्थुङ चुम्लुङ नेपालले प्रथम लिम्बु अर्न्तराष्ट्रिय सम्मेलन (Limbu International Conference) आगामी २०७१ बैशाख ११ देखि १३ सम्म -अप्रिल २४-२६, २०१४) लिम्बुवानको धरान सुनसरी, चुम्लुङहीममा आयोजना गरेको छ ।
लिम्बु पहिचान र प्रतिष्ठा मूख्य थिम रहेको यस अन्तराष्ट्रिय सम्मेलनबाट लिम्बुहरुको पहिचान प्रतिष्ठा, सामाजिक सांस्कृतिक पक्षहरुमा बृहत छलफल, विश्वव्यापीरुपमा रहेको लिम्बुहरुको ज्ञान, सीप, श्रोत, साधन, सूचना र अनुभवहरुको सेयरिङ गर्दै सम्पर्ण लिम्बुहरुको एकतालाई थप मजवुत बनाउने अपेक्षा गरिएको छ । सम्मेलनमा विश्व भरका मुलुकहरुमा रहेका लिम्बुहरुको साझा संस्थाहरुको नेताहरुको मुख्य सहभागिता रहनेछ । तीनदिनसम्म सम्पन्न हुने उक्त सम्मेलनमा लिम्बु पहिचान र प्रतिष्ठालाई मूख्य आधार मानी लिम्बुसँग जोडिएका विभिन्न विषयहरुमा नेपाल र नेपाल भन्दा बाहिर रहेका व्यक्तित्वहरुको कार्यपत्रहरु प्रस्तुत हुनेछन् । कार्यपत्रहरु, लिम्बु, अंग्रेजी र नेपाली भाषामा रहनेछन् । कार्यपत्रहरु व्यवस्थित गर्नको लागि डा. चैतन्य सुव्वाको संयोजकत्वमा ८ सदस्यीय अन्तराष्ट्रिय सम्मेलन कार्यपत्र व्यवस्थापन समितिको गठन गरिएको छ । उक्त समितिमा अर्जुन लिम्बु, नेत्र तुम्बाहाम्फे, खगेन्द्र जवेगु, अमर तुम्याहाङ, डम्बर तेम्बे, कमल तिगेला र दिलकुमार हाङश्रोङ रहनु भएको छ । ०७० फागुन १३ गते बसेको कार्यपत्र व्यवस्थापन समितिको बैठकले दुइ हप्ता भित्रमा अन्तराष्ट्रिय सम्मेलनको थिममा रहेर कार्यपत्र लेख्न इच्छुक व्यक्तिहरुलाई कार्यपत्रको डमी समितिमा पेश गर्न आव्हान गर्ने निर्णय गरेको छ ।
लिम्बु अन्तराष्ट्रिय सम्मेलनको प्रचार प्रसार रजत जयन्ति प्रचार प्रसार उपसमितिले लिम्बु पत्रकार संघ लगायतसँग संयोजन गरि अगाडी बढ्नेछ । अन्तराष्ट्रिय सम्मेलनको भिडियो, फोटो खिच्ने, तयारी बैठक, प्रारम्भ कार्यक्रम खाका देखि समापनको घोषणा सम्मको, प्रचारात्मक र मेडीया कभरेज समेतलाई एकतृत गर्दै अभिलेख तयार गरिनेछ । कार्यपत्रहरु र अन्तराष्ट्रिय सम्मेलनको निष्कर्षाई दस्तावेजिकरण गर्ने कार्यमा कार्यपत्र व्यवस्थापन समितिको विशेष भुमिका रहनेछ । सम्मेलन सम्पन्न गर्न आर्थिक संकलनका लागि रजत जयन्ति आर्थिक उपसमितिले कार्य गर्नेछ भने कियाचु सुनसरीको पहलमा कार्यक्रम व्यवस्थापन गरिनेछ । लिम्बु अन्तराष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि आयोजक कियाचु नेपालले कियाचु ओभरसिजहरु र विदेशमा रहेका लिम्बु आदाङवा आदाङमाहरुसँग आर्थिक सहयोगका अपेक्षा गरेको छ ।

किरात याक्थुङ चुम्लुङ केन्द्रिय सचिवालय

Posted on:2014-03-11