Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
प्रेस विज्ञप्ती
प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन सुरु
International Limbu Conference (Watch Live Video Now)
कुमार बखिमद्धारा प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलनलाई सहयोग
प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिने
पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान निर्माण कार्यमा अघि बढ्न सकिन्ने ः चुम्लुङ
चेम्जोङ जन्मजयन्तीमा अन्तरक्रिया र वेबसाइड लञ्ज
इलाममा च्याबु्रङ महोत्सव
लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना
सुनसरीमा चासोक तङनाम सम्पन्न

प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन सुरु

विजयपुर, धरान, लिम्बुवान, बैशाख ११| किरात याक्थुङ चुम्लुङ रजत जयन्ती मूलसमारोह समिति, नेपालको आयोजनामा २०७० बैशाख ११, १२ र १३ मा हुने ३ दिने प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन लिम्बुवानको ऐतिहासिक नगरी बिजयपुर, धरानमा सुरु भएको छ |

सम्मेलनमा लिम्बुवान, नेपाल; दार्जिलिंङ्, सुक्खिम, आसाम, भारत; म्यान्मार, थाईल्याण्ड, अमेरिका, क्यानाडा, बेलायत, इजरायल, जापान, दक्षिण कोरिया, बहराइन, कतार, हङकङ, अष्ट्रेलिय लगायतका मुलुकहरुमा रहेका लिम्बूहरुको प्रतिनिधित्व रहेको छ ।

"आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान ! लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम् !!” मूल नाराका साथ सम्पन्न यस सम्मेलनले लिम्बूहरुलाई प्रथम पटक अन्तर्राष्ट्रिय स्तरमा संस्थागत र संगठित हुने वातावरण सिर्जना हुनुका साथै लिम्बू, लिम्बुवान र पहिचान सम्बन्धी विश्वव्यापी रुपमा सामूहिक दृष्टिकोण निर्माण गर्ने र विभिन्न विषयहरुमा साझा बुझाई निर्माण गर्ने लक्ष्य लिइएको छ ।

सम्मेलनको पहिलो दिन किरात याक्थुङ चुम्लुङ, सुनसरीको कार्यालयबाट विभिन्न साँस्कृतिक झाँकीका साथ व्यानर र चुम्लुङ झण्डा तथा लोगो सहित हजारौंको जनमास धरानको सैनिक भवनमा आएर उद्घाटन सभामा परिणत भएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा व्यवस्थापक जिल्लाका तर्फबाट सङ्गीता सुब्बाले स्वागत मन्तव्य राख्नु भयो । सम्मेलनको उद्घाटन सत्रका प्रमुख अतिथि संविधान सभाका सम्माननीय सभाध्यक्ष सुवास नेम्बाङले अहिलेसम्मको संसारकै सबैभन्दा ठूलो च्याब्रुङ् बजाएर उद्घाटन गर्नुभएको थियो ।

यस कार्यक्रममा चुम्लुङका महासचिव लीला सिङ्गकले कार्यक्रमको औचित्य प्रकाश पार्नुभएको थियो ।

उद्घाटन सत्रमा सभासदहरुका तर्फबाट नेपाली कांग्रेसका सभासद भिष्मराज आङ्देम्बे र एमालेका सभासद भवानी खापुङले सभालाई सम्बोधन गरेका थिए ।

यसैगरी, विदेशी पाहुनाहरुका तर्फबाट सुक्खिमका समनप्रसाद सुब्बा, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल र प्रमुख अतिथि स. सभाध्यक्ष सुवास नेम्बाङले सभालाई सम्बोधन गर्दै सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

पहिलो उद्घाटन सत्रको समापन पश्चात दोस्रो चरणको औपचारिक कार्यक्रममा चुम्लुङका सल्लाहकार प्राज्ञ बैरागी काइँलाले याक्थुङ मुन्धुम र जीवन दर्शनको बारेमा "कि नोट स्पीच" प्रस्तुत गर्नुभएको थियो ।

पहिलो दिनको तेस्रो चरणको कार्यक्रम अन्तर्गत लिम्बू साँस्कृतिक् परिषदको तर्फबाट याक्थुङ साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम प्रस्तुती भएको थियो । उक्त साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रममा याक्थुङ कलाकारहरु विष्णु कुमार यक्सो, गोविन्द आङ्बुङ, तेह्रथुम आइडल टेकेन्द्र तेयुङ, दिलु वनेम र मनु नेम्बाङ लगायतको सुमधुर स्वरमा विभिन्न गीतहरु प्रस्तुत भयो । यसै कार्यक्रमा केलाङ, या?लाङ् , हाक्पारे साम्लो र कोमसमेत बजाइएको थियो ।

सम्मेलनको दोस्रो दिन विहान ८ बजेबाट विविध महत्त्जपूर्ण २० वटाभन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम रहेको छ । यस अन्तर्राष्ट्रिय सम्मेलनले धरान घोषणा–पत्र समेत जारी गर्नेछ ।


Posted on:2014-04-24