Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
रेग्मीको खोजमा पल्लोकिरात लिम्बुवानको सिमाना
'लिम्बुवानको आन्दोलन र वर्तमान राजनीतिक अवस्था' विषयक अन्तरकि्रया कार्यक्रम
पुस्तक विमोचन कार्यक्रम
पदमिसंह मुरिङलाप्रति हार्दिक श्रदान्जली
यूएईमा सांस्कृतिक कार्यक्रमसहित उभौली पर्व सम्पन्न
सोयाङका अन्य ३ विद्यालयमा आनीपान शुरु
इलाम सोयाङमा चुम्लुङहिम निर्माणकार्य शुरु
गाँउ शाखा अधिवेसन सम्पन्न
फाल्गुनन्द संग्राहलय बन्ने
राउटे श्रमको मूल्य र औपनिवेशिक राज्यको कसीमा आदिवासित्वको परीक्षण

लिम्बुवान आमसभाहरु

चन्द्रगढी झापा
मिति २०६६ पुस २४ गते सहिद रंगशाला नजीक खुलाचौर चन्द्रगढी झापामा यो चरणको पहिलो लिम्बुवान आमसभा आयोजना भयो । राजमार्ग दक्षिण क्षेत्रमा कुनै पनि लिम्बुवान आमसभाहरु नभएको अवस्थामा यो नै पहिलो र ऐतिहासिक आमसभा रहयो । जिल्ला समन्वय समितिको छोटो समयको तयारीमा सम्पन्न उक्त कार्यक्रम तुलनात्मकरुपमा राम्रो रहयो । चर्चितरुपमा कोचिला विराट मधेश आदिबाट प्रस्तावित उक्त क्षेत्रमा लिम्बुवान आमसभा हुनु आफैमा अर्थपूर्ण र सन्देशमुलक रहयो । आमसभाको सभाध्यक्ष ज्ञानु इम्बुङ मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद संचालन हिम्मत नेम्बाङ लिम्बुवान मुक्ति मोर्चा र सुजन नेम्बाङ लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा स्वागत मन्तव्य मीना पन्धाक के।सदस्य कियाचु ले गर्नुभएको थियो । उक्त आमसभालाई केन्द्रीय नेताहरु किरात याक्थुङ चुम्लुङका अध्यक्ष अर्जुन लिम्बू लिम्बुवान मुक्ति मोर्चाको अध्यक्ष वीर नेम्बाङ लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष श्री जबेगू माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष संजुहाङ पालुङवा नेपाल लिम्बुवान स्वशासित संघ एकिकृत अध्यक्ष केबी फुदोङ नेपाल लिम्बु संघ अध्यक्ष प्रवीण नेम्बाङ लिम्बुवान प्रान्तीय परिषद सदस्य नरबहादुर योङहाङ र नेपाल लोकतान्त्रिक किरात लिम्बू संघका सचिव त्रिवेणी चोङबाङले सम्बोधन गर्नुभएको थियो ।

नयाँ संविधानमा लिम्बुवान सुनिश्चितता समयमा नै संविधान निर्माण लिम्बुवानको प्रस्तावित सीमाङकन लिम्बुवानभित्रका आदिवासी जनजाति जातजातिहरुको अधिकार व्यवस्थापन सदभाव कायम कोचिला राज्यमाथि बहस संघीयता विरोधी कार्यको विरोध सत्ताधारीहरुको ढुलमुले चरित्र लिम्बुवान सुनिश्चितता नहुदाँको अवस्था नराम्रो हुनेप्रति चेतावनी सामुहिक प्रयासले मात्र राज्य निर्माणका प्रकृयाहरु सरल हुने आदि विचारहरु मुख्यरुपमा प्रस्तुत भए ।

उर्लाबारी मोरङ
मिति २०६६ पुस २५ गते राधिका निमावि मैदान उर्लाबारी मोरङमा यो चरणको दोश्रो आमसभा सम्पन्न भयो । उक्त आमसभा अघि सहभागीहरुद्वारा बजार हुँदै बजार र राजमार्गमा रयाली गरिएको थियो । उक्त रयालीमा च्याब्रुङ नाचसहित सांस्कृतिक झाकीहरु पनि समावेश थिए । यो आमसभाको अध्यक्षता विसेन्द्र चेम्जोङ मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद उदघोषण सुर्य माबो लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले गर्नुभएको थियो । उक्त आमसभामा अघिल्ला आमसभाका केन्द्रीय नेताहरुले भाषण गरेका थिए । त्यसमा थप बान्गाई धिमाल लिम्बुवान प्रान्तीय परिषदका सदस्य चन्द्र लिङखिम नेपाल लिम्बुवान स्वशासित संघ ए। केन्द्रीय सल्लाहकार भुपेन्द्र नेम्बाङले बोल्नुभएको थियो भने संघीय लिम्बुवान राज्य परिषद संजुहाङ पालुङवा को प्रतिनिधि सामेल हुन सकेनन् ।

लिम्बुवान सवालमा गाउँगाउँमा छलफल बहस गरी जनमत बनाउनमा लाग्न लिम्बुवानको सुनिश्चितताको लागि संयुक्त प्रयासले मात्र सम्भावना संविधान लेखिएमा लिम्बुावन सुनिश्चितता देखिएको तर संविधान नै नलेखिने षडयन्त्रलाई चिर्नुपर्ने धिमाल जातिको लागि लिम्बुवान स्वीकार्य हुने र त्यसभित्र धिमाल स्वायत्त क्षेत्र रहनुपर्ने समावेशी र लोकतान्त्रिक लिम्बुवान सदभाव÷भातृत्व व्यवहारपूर्ण लिम्बुवान सामन्तवाद नहुने लिम्बुवान पहिचान÷झण्डा÷भाषा प्रष्ट हुनुपर्ने लिम्बुवानको लागि सच्चा राजनीतिक प्रतिनिधिहरुले राज्यमा प्रतिनिधित्व नगरेको अवस्थालाई अन्त्य गर्दै लिम्बुवानको सच्चा राजनीतिक प्रतिनिधित्वको लागि सकृय रहनुपर्ने ९ जिल्लाकै लिम्बुवान नभएमा लिम्बुवान अपाङग हुने भएकोले त्यसप्रति सचेत रहनुपर्ने लिम्बुवान ऐतिहासिक पृष्ठभूमिको आधारमा मात्र नभई कानूनी आधारमा पनि लिम्बुवान हुनुपर्ने जस्ता विचारहरु भाषणमा प्रस्तुत भए । सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भए जहाँ युवाहरुको उपस्थिति राम्रो रहेको थियो ।

इटहरी सुनसरी
मिति २०६६ पुस २६ गते इटहरी नगरपालिका प्रागण इटहरी सुनसरीमा तेश्रो लिम्बुवान आमसभा सम्पन्नभयो । आमसभाको अध्यक्षता चन्द्रबहादुर थक्लुङ ।sरात याक्थुङ चुम्लुङ संचालन कमल चोङबाङ लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र स्वागत मन्तव्य मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका जिल्ला सचिवले गर्नुभएको थियो । आमसभालाई सम्बोधन गर्नुहुने केन्द्रीय नेताहरु लिम्बुवान प्रान्तीय परिषदका इन्चार्ज केपी पालुङवा र संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य तेजनारायण चौधरी बाहेक अन्य सबै जना अघिल्लो दोश्रो आमसभाका नेताहरु नै हुनुहुन्थ्यो ।

नयाँ संविधानमा लिम्बुवान सुनिश्चित नभएमा नयाँ संविधान अमान्य हुने दलितहरुको समस्यालाई सम्बोधन गरिने संविधानसभामा लिम्बुवान लगायत आदिवासी जनजातिहरुले उठाएका आवाजहरुलाई लिखत गराउने निर्णायक घडीमा आदिवासी जनजातिका जिम्मेवार नेतृत्वहरुको कमिकमजोरी प्रति आलोचना खसक्षेत्रीले आदिवासी दाबी गरेकोमा विरोध प्रस्तावित लिम्बुवानको भुभागहरु किरात कोचिला विराट भनी प्रस्ताव गरिएको प्रति असहमति र टुक्रयाउने षडयन्त्र भएको संघीयताको विरोध गर्ने कुनै पनि कार्यक्रम लिम्बुवान क्षेत्रमा असफल पार्ने लिम्बुवान राज्य प्राप्तिको लागि सबै एकजुट भएर जानको विकल्प नभएको आदि विचारहरु उक्त आमसभामा प्रस्तुत भए ।

धनकुटाबजार धनकुटा
मिति २०६५ पुस २६ गते चुवाको बोट धनकुटाबजार धनकुटामा चौथो लिम्बुवान आमसभा सम्पन्नभयो । आमसभाको अध्यक्षता मोर्चाका धनकुटा संयोजक जगत लिम्बूको सभापतित्व लिम्बू विद्यार्थी मंचका टोपेन्द्र लिम्बू र स्वागत मन्तव्य लिम्बुवान भोलेन्टियस्रका उपकमाण्डर मणि थेगिमले गर्नुभएको थियो । आमसभालाई सम्बोधन गर्ने केन्द्रीय नेताहरुमा किरात याक्थुङ चुम्लुङका महासचिव योगराज वनेम लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष शंखध्वज नेम्बाङ र लिम्बुवान प्रान्तीय परिषदका महासचिव विष्णु थाम्देन बाहेक अघिल्लो आमसभाका नेताहरु रहेका थिए । लिम्बुवान मुक्ति मोर्चा र संघीय लिम्बुवान राज्य परिषद संजुहाङ पालुङवा का प्रतिनिधिहरु थिएनन् ।

लिम्बुवान राज्य भएमा मात्र नयाँ संविधान निर्माण हुने धनकुटा लगायत ९ वटै जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने लिम्बुवान स्वायत्त राज्य विरोधीको प्रतिकार गर्ने सबै एक जुट भएर लिम्बुवानवासीहरु लाग्नुपर्ने विभिन्न भ्रमहरु छरेर लिम्बुवान राज्य हुन नदिने षडयन्त्रहरु भइरहेको र त्यसलाई प्रतिकार गर्नुपर्ने एकात्मक र केन्द्रीकृत राज्यसत्तालाई हटाएरै मात्र देशमा परिवर्तन आउने संघीयता विरोधीहरुलाई राज्यले कारबाही गर्नुपर्ने लिम्बुवानको मुद्दा रणनीतिक चरण्मा प्रवेश गरेकोले बुद्धिमत्तापूर्णढंगले भूमिका निर्वाह गर्नुपर्ने लिम्बू र लिम्बुवानवासीको समावेशीताको चर्चा विशेषाधिकार र अग्राधिकारको मुद्दा लिम्बुवान राजनीति प्रशासन र विकासमा लिम्बुवानवासी मिलेर नै चलाउनुपर्ने नागरिक सर्वोच्चता राष्ट्रिय स्वधीनता आदि विचारहरु आमसभामा प्रस्तुत भए ।

खाँदबारी संखुवासभा
मिति २०६६ माघ २ गते शनिबार टुडिखेल खाँदबारी संखुवासभामा यो चरणको अन्तिम तथा पाचौं आमसभा सम्पन्नस भयो । आमसभाको अध्यक्षता किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष रामकुमार श्रेङ लिम्बू संचालन किरात याक्थुङ चुम्लुङका खाँदबारी नगर अध्यक्ष मनकुमार थोप्रा लिम्बू र स्वागत मन्तव्य किरात याक्थुङ चुम्लुङका जिल्ला उपाध्यक्ष मनबहादुर थक्लुङ लिम्बुले गर्नुभएको थियो । उक्त आमसभा खाँदबारीको टुडिखेलमा साप्ताहिकरुपमा लाग्ने शनिबारको बजारलाई लक्षित गरी आयोजना गरिएको थियो । आमसभामा केन्द्रीय नेताहरुमा किरात याक्थुङ चुम्लुङका महासचिव योगराज वनेम लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष शंखध्वज नेम्बाङ मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन नेपाल लिम्बुवान स्वशासित संघका अध्यक्ष केबी फुदोङले सम्बोधन गर्नुभएको थियो भने लिम्बुवान प्रान्तीय परिषद लिम्बुवान मुक्ति मोर्चा नेपाल लिम्बू संघ नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ र संघीय लिम्बुवान राज्य परिषदका वक्ता प्रतिनिधिहरु थिएनन् । उक्त आमसभालाई लिम्बू विद्यार्थी मंचका जिल्लाअध्यक्ष जीवन थलङले बोल्नुभएको थियो ।

आमसभामा लिम्बुवानको प्रस्तावित अवधारणाहरुको बारेमा लिम्बुवान आन्दोलनमा सहभागिताको अपील लिम्बुवानको आन्दोलनमा उठेका भ्रमहरुको चिरफार लिम्बुवान आन्दोलन प्रति अतिजातिबादी घेराबाट नसोची उदार र ठूलो हृदयबाट गरिएको आन्दोलनको रुपमा प्रस्तुत लिम्बुवान आन्दोलनले जाति विशेषको अधिकार स्थापित गर्ने कुराको खण्डन गर्दै लिम्बुवानवासीको सबैको समान सहभागितामा राज्य संचालन हुने लिम्बुवान आन्दोलन जातीय मुक्तिको आन्दोलन भएको र यसलाई राज्यले सम्बोधन नगरे दुखद परिणाम आउने चेतावनी लिम्बुवानको लागि खादबारीको साँधमा विर योद्धा काङसोरे लडेको इतिहासले नै अरुणपूर्व लिम्बुवान प्रमाणित गरेको लिम्बुवानको लागि संयुक्त प्रयास गरिनुपर्ने लिम्बुवानप्रति संखुवासभाका गैर लिम्बूहरुको पनि सदभाव र सदासयता रहेको आदि बारेमा विचारहरु प्रस्तुत गरिए ।


लिम्बुवान अन्तरकि्रया

१ मिति २०६६ माघ ३ गते आइतबार संखुवासभाको जिविस हल खाँदबारी संखुवासभामा पहिलो अन्तरकि्रया कार्यक्रम सम्पन्न भयो । उक्त अन्तरकि्रया कार्यक्रम संखुवासभाका आदिवासीहरु मेवाहाङ याख्खा लोहोरुङ याम्फू लगायत राजनीतिक दलका प्रतिनिधिहरु बुद्धिजीविहरुलाई लक्षित गरी आयोजना गरिएको थियो । कार्यक्रममा नागरिक समाज र पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

अन्तरकि्रया कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङका जिल्ला उपाध्यक्ष मनबहादुर थक्लुङ र संचालन नगर अध्यक्ष मनकुमार लिम्बूले गर्नुभएको थियो । अन्तरकि्रयाको शुरुवातमा मोर्चाको तर्फबाट नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ ए। अध्यक्ष केबी फुदोङले गर्नुभएको थियो भने अन्तरकि्रयामा उठेका जिज्ञासाहरुको जवाफ किरात याक्थुङ चुम्लुङका महासचिव योगराज वनेम र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका के। उपाध्यक्ष शंखध्वज नेम्बाङले दिनुभएको थियो ।

अन्तरकि्रयाको क्रममा किरात राज्य बृहत किरात राज्यको पक्षमा विचारहरु आए । मेवाहाङ लगायतका जातिहरुलाई आदिवासी जनजातिमा सूचिकृत गरिनुपर्ने मागहरु पनि प्रस्तुत भए । राज्य पुनःसरचनाको लागि विभिन्न आधारहरु हेरिनुपर्ने जनताबाट सहमति पाउनुपर्ने रायहरु उठे । लिम्बुवानको प्रस्तावनामा यसको शासकीय स्वरुप लगायतका धेरै पक्षहरुमा प्रष्टता आउनुपर्ने सुझाव आए । सिमाङकनको सवालमा अझ प्रस्तावहरु प्रष्ट हुनुपर्ने लिम्बुवान आन्दोलन र नेपाल सरकार बीच भएको सम्झौताहरुको बारेमा जानकारी लिम्बु र लिम्बुवानको ऐतिहासिकताप्रति स्थानीयवासी जानकार रहेको मतहरु आए । अन्ततः तर्कहरु प्रस्तुत गरागर गर्दा लिम्बुवानको पक्षमा गरिएका तर्कहरुमा आपत्तिहरु आएनन् तर यस्ता अन्तरकि्रयाहरु अघि देखि नै गरिनुपथ्र्यो र अझ गरिनुपर्दछ भन्ने रायहरु आए ।

२ मिति २०६६ माघ ६ गते लेप्चा भवन फिक्कलबजार इलाममा दोश्रो अन्तरकि्रया कार्यक्रम सम्पन्नभयो । लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष नरेन्द्र जबेगूको अध्यक्षतामा सम्पन्न उक्त अन्तरकि्रया कार्यक्रमको संचालन किरात याक्थुङ चुम्लुङका जिल्ला उपाध्यक्ष अभिषेक येक्तेन स्वागत मन्तव्य कियाचु जिल्ला सचिव सन्तोष नेम्बाङले गर्नुभएको थियो ।

अन्तरकि्रयामा शुरुवात विषय प्रवेश नेपाल लिम्बुवान स्वशासित संघ ए। केन्द्रीय अध्यक्ष केबी फुदोङले गर्नुभएको थियो भने कार्यक्रममा उठेका जिज्ञासा र सवालहरुमा आआफनो विचारहरुसहित संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष साजुहाङ पालुङवा नेपाल लोकतान्त्रिक किरात लिम्बू संघका केन्द्रीय सचिव त्रिवेणी चोङबाङ लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष शंखध्वज नेम्बाङ किरात याक्थुङ चुम्लुङका महासचिव योगराज वनेमले बोल्नुभएको थियो ।

लाप्चाद्वारा प्रस्तावित रोङ स्वायत्तताको सवाललाई कसरी सम्बोधन र व्यवस्थापन गर्ने लिम्बुवानभित्र लाप्चाहरुको अधिकारको अवस्था लिम्बुवान र लाप्चा बीच अन्तरद्वन्द्व र विद्रोह हुनुहुदैन लिम्बुवानको पनि कुरा उठाउने र रोङको पनि कुरा उठाएर भजाउने षडयन्त्रप्रति सचेत रहनुपर्ने सहअस्तित्वलाई स्वीकार्दै कसरी सँगै मिलेर लडन सकिन्छ त्यसका आधारहरु खोजौं भन्ने विचारहरु मुख्यरुपमा उठे । यस्ता अन्तरकि्रयाहरु अझ प्रशस्त मात्रामा हुनुपर्ने सुझावहरु पनि आए ।


Posted on:2010-02-17