Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
रेग्मीको खोजमा पल्लोकिरात लिम्बुवानको सिमाना
'लिम्बुवानको आन्दोलन र वर्तमान राजनीतिक अवस्था' विषयक अन्तरकि्रया कार्यक्रम
पुस्तक विमोचन कार्यक्रम
पदमिसंह मुरिङलाप्रति हार्दिक श्रदान्जली
यूएईमा सांस्कृतिक कार्यक्रमसहित उभौली पर्व सम्पन्न
सोयाङका अन्य ३ विद्यालयमा आनीपान शुरु
इलाम सोयाङमा चुम्लुङहिम निर्माणकार्य शुरु
गाँउ शाखा अधिवेसन सम्पन्न
फाल्गुनन्द संग्राहलय बन्ने
राउटे श्रमको मूल्य र औपनिवेशिक राज्यको कसीमा आदिवासित्वको परीक्षण

प्रेस विज्ञप्ति

संयुक्त लिम्बुवान मोर्चा नेपालको शीर्षस्थ नेतृत्वहरुको बैठक यही मिति २०६६ मङ्सिर २३ । २४ गते किरात याक्थुङ चुम्लुङहिम चारपाने विर्तामोड लिम्बुवानमा बस्यो । उक्त बैठकले मोर्चाको प्रथम र दोस्रो चरणको आन्दोलनको वृहत् समीक्षा गर्दै लिम्बुवानको विषयलाई सर्वसम्मत र राजनीतिक रुपमा संस्थागत गर्दै लिम्बुवानको सिमाङ्कन र पूर्ण संघीय स्वायत्त लिम्बुवानका लागि सशक्त सडक र सदन सङ्घर्ष गर्ने कार्यदिशासहित निम्नानुसार आन्दोनलको कार्यक्रमहरु तय गरेको छ । सो कार्यक्रमहरुको सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
संयुक्त लिम्बुवान मोर्चा नेपालमा संघीय लिम्बुवान राज्य परिषद अध्यक्षः साजुहाङ पालुङवा को विधिवत रुपमा मोर्चाको घटकसदस्यको रुपमा प्रवेश भएको छ ।
कार्यक्रमहरुः
क. २०६६ पुस २२ गते दिनको ०१ः०० बजेदेखि ०४ः०० बजेसम्म लिम्बुवानको काँकरभिट्टादेखि इटहरी-इनरुवासम्म व्यापक लिम्बुवानी जनप्रदर्शनसहित सडक धर्ना र कोणसभा गर्ने
ख. आमसभाहरु
पुस २४ गते चन्द्रगढी झापा लिम्बुवान
पुस २५ गते उर्लावारी मोरङ लिम्बुवान
पुस २६ गते इटहरी सुनसरी लिम्बुवान
पुस २७ गते धनकुटा बजार धनकुटा लिम्बुवान
पुस २९ गते खाँदबारी सङ्खुवासभा लिम्बुवान
ग. लिम्बुवानका आदिवासी र गैर आदिवासीहरुसँग संयुक्त लिम्बुवान मोर्चा नेपालको तर्फबाट लिम्बुवान राज्यको पक्षमा अन्तरकि्रया गर्ने-
माघ २ गते लेप्चालगायतसँग इलाम लिम्बुवानमा
माघ ३ गते राजवंशी ताजपुरीया मेचे कोचे गन्गाई सतारलगायतसँग विर्तामोड लिम्बुवानमा
माघ ४ गते धिमाल उराव थारु मोरङ्गीया मुस्लिमलगायतसँग इटहरी सुनसरी लिम्बुवानमा
माघ ६ गते याक्खा याम्पुू लोहोरुङ आठपहरीया मेवाहाङलगायतसँग धनकुटा लिम्बुवानमा
घ. वृहत् राजनीतिक सम्मेलनः
माघ मसान्तभित्र लिम्बुवानका सम्पूर्ण आदिवासी जनजाति र गैर आदिवासी जनजातिहरुको सहभागिता र संयुक्त लिम्बुवान मोर्चा नेपालको आयोजनामा वृहत् राजनीतिक सम्मेलन धरान सुनसरी लिम्बुवानमा सम्पन्न गरी सर्वपक्षीय तथा सर्वसम्मत लिम्बुवान घोषणा-पत्र जारी गर्ने

संयुक्त लिम्बुवान मोर्चा नेपालको आन्दोलनका मागहरुः
क. संविधानसभामार्फत् संवैधानिक रुपमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्यको सुनिश्चित गर
ख. निर्धारित समयमा नै संविधान निर्माण गर
ग. जातीय जनसङ्ख्याको आधारमा सम्पूर्ण क्षेत्रमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर
घ. संघले वैधानिकता नपाउाजेल कुनै पनि राष्ट्रियस्तरको जल जङ्गल र जमिनसँग सम्बन्धित् योजनाहरु लागू नगर
ङ. नेपालको लिम्बुवानलगायत अन्य क्षेत्रको अतिक्रमित् भूमिहरु फिर्ताको पहल गर
च. नेपाल सरकार र लिम्बुवानको पक्षमा भएका सहमति÷सम्झौताहरु तुरुन्त कार्यान्वयन गर
छ. लिम्बुवान विरोधी कुनै पनि गतिविधिहरु नियन्त्रण गर
ज. वृहत् शान्ति सम्झौतालाई कार्यान्वयन गर्दै दिगो शान्ति कायम गर
झ. आई। एल। ओ। महासन्धि १६९ र आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा-पत्र आदिलाई कार्यान्वयन गर
नाराः
ुआन्तरिक उपनिवेशको अन्त्य गरौं जातीय सद्भाव कायम गर्दै लिम्बुवान स्वायत्त राज्य स्थापना गरौं

संयुक्त लिम्बुवान मोर्चा नेपाल
१. वीर नेम्बाङ अध्यक्षः लिम्बुवान मुक्ति मोर्चा
२. मुक्सामहाङ मेन्याङ्बो महासचिवः लिम्बुवान राष्टिय मुक्ति मोर्चा ए. नेकपा माओवादी
३. कुमार लिङदेन ुमिराकु अध्यक्षः संघीय लिम्बुवान राज्य परिषद् संघीय लो. रा. माच
४. त्रिवेणी चोङ्बाङ सचिवः नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ नेकपा एमाले
५. के. बी. फुदोङ अध्यक्षः नेपाल लिम्बुवान स्वशासित संघ ए. नेकपा एकीकृत
६. सिद्धि तुम्बाहाङफे अध्यक्षः लिम्बुवान प्रान्तीय परिषद् राष्ट्रिय जनमुक्ति पार्टी
७. प्रवीण नेम्बाङ अध्यक्षः नेपाल लिम्बू संघ नेपाली कांग्रेस
८. साजुहाङ पालुङ्वा अध्यक्षः संघीय लिम्बुवान राज्य परिषद
९. अर्जुन लिम्बू अध्यक्षः किरात याक्थुङ चुम्लुङ
नोगेन !

Posted on:2009-12-26