Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
प्रेस विज्ञप्ती
प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन सुरु
International Limbu Conference (Watch Live Video Now)
कुमार बखिमद्धारा प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलनलाई सहयोग
प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिने
पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान निर्माण कार्यमा अघि बढ्न सकिन्ने ः चुम्लुङ
चेम्जोङ जन्मजयन्तीमा अन्तरक्रिया र वेबसाइड लञ्ज
इलाममा च्याबु्रङ महोत्सव
लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना
सुनसरीमा चासोक तङनाम सम्पन्न

कियाचु आठौं राष्ट्रिय महाधिवेशन समसामयिक प्रस्तावहरु

१. लिम्बुवान बिनाको संघीयता र संघीयता बिनाको संविधान आएमा अस्वीकार गर्दै संघर्षमा उत्रने अठोट यो आठौं राष्ट्रिय महाधिवेशन प्रतिबद्धता जाहेर गर्दछ ।
२. संयुक्त लिम्बुवान मोर्चा नेपाल तथा संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिको संगठन तथा संघर्षका कार्यक्रमहरुलाई अझ सशक्त र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता यो महाधिवेशन जाहेर गर्दछ ।
३. जातीय पहिचान र सामथ्र्यसहितको सखंुवाखोला अरुण सप्तकोशी पूर्व ९ जिल्ला भित्र आत्मनिर्णयको अधिकार सहित लिम्बुवान स्वायत्त राज्य यही संविधानसभाद्वारा तोकिएकै समयमा जारी गरियोस् भनी यो महाधिवेशन जोडदार माग गर्दछ ।
४ परराष्ट्र सेना र मुद्रा बाहेकका अवशिष्ट अधिकारसहितको लिम्बुवान भावी संविधानमा सुनिश्चित गरियोस् भनी यो महाधिवेशन जोडदार माग गर्दछ ।
५. भावी लिम्बुवान स्वायत्त राज्यमा आदिवासी जनजाति सिमान्तीकृत अल्पसंख्यक दलित महिला पिछडावर्ग सबै जातजातिको समावेशी समानुपातिक प्रतिनिधिमुलक बहुजातीय स्वरुपको निर्माण गर्न किरात याक्थुङ चुम्लुङ अग्रसर हुने यो महाधिवेशन प्रतिबद्धता जाहेर गर्दछ ।
६. लिम्बुवान स्वायत्र राज्यभित्र थातथलो खुलेका जातिहरुको स्वायत्त क्षेत्र निर्माण गर्ने आन्दोलनप्रति किरात याक्थुङ चुम्लुङ सहकार्य गर्ने यो महाधिवेशन प्रतिबद्धता जाहेर गर्दछ ।
७. भावी लिम्बुवान स्वायत्त राज्यमा बहुभाषिक नीति अवलम्बन गर्दै मातृभाषामा उच्च तहसम्म पठनपाठनको लागि किरात याक्थुङ चुम्लुङले पहल गर्ने यो महाधिवेशन प्रतिबद्धता जाहेर गर्दछ ।
८. मिति २०६८ माघ ५-७ गते २०१२ जनवरी १९-२१ तारिखमा नेपाल लिम्बुवान धरान नगरीमा सम्पन्न आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनद्वारा जारी गरिएको १० बुँदे धरान घोषणापत्रलाई प्रभावकारीरुपले कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।
९. संघीय राज्यहरु निर्माण गर्ने सन्दर्भमा जातीय पहिचानको आधारमा गरिनुहुदैन भन्ने दलका जिम्मेवार नेताहरुको अभिव्यक्तिप्रति यो महाधिवेशन घोर भत्स्रना गर्दछ ।
१०. लिम्बुवान स्वायत्तता प्राप्तिको आन्दोलनमा सकृय सहयोग पु-याई एक्यबद्धता जनाउनु हुने राजनीतिक दलका नेता सभासद आदिवासी जनजाति सभासद राजनैतीक दलसँग सम्बद्ध आदिवासी जनजातिका संगठनहरु बुद्धिजीवि मानवअधिकारकर्मी संचारकर्मी नागरिक समाज तथा आम न्यायप्रेमी जनसमुदायहरुले पु-याउनुभएको सहयोग र समर्थनप्रति सम्मान व्यक्त गर्दै अझ महत्वपूर्ण भूमिका निर्वाह गरिदिनको लागि यो महाधिवेशन आह्वान गर्दछ ।
११. युनेस्को अर्मूत सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी महासन्धी २००३लाई नेपाल सरकारले अनुमोदन गरिसकेको र हाल अर्मुत सांस्कृतिक सम्पदा संरक्षण परिषद गठन गरेको सन्दर्भमा यससँग सम्बन्धित कार्यलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न गराउनु नेपाल सरकारलाई यो महाधिवेशन जोडदार माग गर्दछ ।
१२. चुम्लुङका मुद्धाहरुलाई अघि बढाउन सूचना र संचार क्षेत्रसँग सम्बन्धित पक्षहरुसंग नयाँ ढंगले अघि बढ्ने प्रतिवद्धता यो महाधिवेशन जाहेर गर्दछ ।
१३. संयुक्त राष्ट्र संघिय महासन्धिद्वारा निर्देशित आदिवासी जनजातिको अधिकार संविधानमा सभामा आदिवासी जनजाति विषयगत समिति गठन गर्न सरकारसाग यो महाधिवेशन जोडदार माग गर्दछ ।
१४. जैविक विविधता सम्बन्धी महासन्धी आइएलओ महासन्धि १६९ र आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्रले प्रदान गरेको आदिवासी अधिकारहरुलाई लिम्बूहरुको सन्दर्भमा स्थापित गर्न गराउन यो महाधिवेशन प्रतिवद्धता जाहेर गर्दछ ।
१५. नेपाल धर्म निरपेक्ष राष्ट्र घोषित भएर पनि प्रभावकारी कार्यानवयन नभएको प्रति खेद प्रकट गर्दै गो-हत्यको नाममा गरिने थुनछेक कानूनी सजायको अन्त्य गर्न यो महाधिवेशन जोडदार माग गर्दछ ।
१६. नेपाल सरकारले समाजसुधारक महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुति घोषणा गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै इमानसिङ चेम्जोङ र सिरिजंगालाई पनि राष्ट्रिय विभुति घोषणा गर्न यो आठौं महाधिवेशन जोडदार माग गर्दछ ।
१७. किरात याक्थुङ चुम्लुङले आयोजना गरेको राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठिद्धारा पारित धरान घोषणापत्रमा उल्लेखित बुँदा ८ बमोजिम मुन्धुमलाई मानवताको मौखिक र अमूर्त सम्पदाको श्रेष्ठ कृति (Masterpieces of oral and intangible heritage of Humanity) कोरुपमा घोषणा गर्न नेपाल सरकारसँग यो महाधिवेशन जोडदार माग गर्दछ ।
१८. अघिल्लो महाधिवेशनद्वारा पारित प्रस्तावहरु मध्ये अझै पनि सामयिक र सान्दर्भिक रहेका प्रस्तावहरुलाई अघि बढाउँदै जाने यो महाधिवेशन प्रतिवद्धता जाहेर गर्दछ ।
१९. किरात याकथु चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति मोरङ तथा नगर कार्यसमिति विराटनगर परिवार व्यवस्थापनका लागि बनेका विभिन्न उपसमितिहरु शुभकामना व्यक्त गर्नुहुने विभिन्न संघ संस्था तथा व्यक्तिहरु विराटनगरस्थित विरेन्द्रसभा गृह होटल प्यासिफिक परिवार होटल व्यवसायीहरु सूचना तथा संचारकर्मी मित्रहरु मेन्छ्यायेम एफ।एम। परिवार सुरक्षा प्रदान गरी सहयोग पु-याउनुहुने सुरक्षाकर्मी तथा स्थानीय प्रशासन अहोरात्र खटिनुहुने स्वंयसेवकहरु प्रमुख अतिथि विशेष अतिथि अतिथि लगायत सबैलाई यो आठौं महाधिवेशन हार्दिक धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्दछ ।

Posted on:2012-04-11