लिम्बुवान अध्ययन केन्द्र

लिम्बुवानलाई सुन्दर र समृद्ध बनाउनका लागि लिम्बुवानका विभिन्न क्षेत्रमा अध्ययन, अनुसन्धान, अभिलेखीकरण, प्रकाशन लगायतका क्षेत्रमा कार्य गर्न लिम्बुवान अध्ययन केन्द्र सञ्चालन गर्नका लागि किरात याक्थुङ चुम्लुङको विधान २०४६ को दफा ६० (क) ले दिएको अधिकार प्रयोग गरी किरात याक्थुङ चुम्लुङले लिम्बुवान अध्ययन केन्द्र २०७० सालमा स्थापना गरी क्रियाशील रहेको छ । यस संस्थाको नाम लिम्बू भाषामा लिम्बुवान सक्निःम मुरुम, खस भाषामा “लिम्बुवान अध्ययन केन्द्र” र अंग्रेजीमा Limbuwanwan Study Center भनिनेछ ।
(For more please visit website www.limbuwanstudies.org)
अध्ययन केन्द्रको उद्देश्यहरु
(१). लिम्बुवानका भाषा, कला, संस्कृति, साहित्य, संगीत, इतिहास (लिखित÷अलिखित), मौखिक परम्परा र पराम्परागत तथा आदिवासी ज्ञान सीपको अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने,
(२). लिम्बुवानका जल, जंगल, जमिन, वातावरण तथा, जैविक विविधताहरुको संरक्षण तथा सम्वद्र्धन र दिगो विकासका लागि अध्ययन तथा अनुसन्धान गर्ने,
(३). लिम्बूवानको राजनीतिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक, शैक्षिक, भाषिक पक्षहरुमा अध्ययन अनुसन्धान गर्ने
(४). लिम्बुवानसंग सम्बन्धित अन्य समसामयिक मुद्धाहरुमा अध्ययन अनुसन्धान गर्ने,
अध्ययन केन्द्रको कार्य क्षेत्र
(१) भाषा, कला, संस्कृति, साहित्य र संगीत,
(२) इतिहास, मौखिक परम्परा,
(३) पराम्परागत तथा आदिवासी ज्ञान सीप,
(४) जल, जमिन जंगल, वातावरण तथा पर्यावरण
(५) राजनैतिक, आर्थिक तथा सामाजिक, शैक्षिक आदि
अध्ययन केन्द्रको कार्यक्रम
(१) लिम्बुवान सम्बन्धी प्रकाशित दस्तावेज, ग्रन्थहरुलाई अभिलेखिकरण archive गर्ने,
(२) आदिवासी जनजातिहरुको मौखिक परम्परा तथा मौखिक इतिहासको अभिलेखिकरण गर्ने,
(३) लिम्बुवान अध्ययनका लागि सुविधा सम्पन्न श्रोत केन्द्रको स्थापना गर्ने,
(४) लिम्बुवान सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी तथा विदेशी सरकारी वा गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्ने,
(५) विभिन्न तहमा अध्ययनरत लिम्बुवानका विद्यार्थी तथा अनुसन्धानमा चासो राख्ने व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागि अनुसन्धान विधि र प्राज्ञिक लेखन सम्बन्धी अभिमुखिकरण कार्यशालाहरु संचालन गर्ने,
(६) अध्ययन तथा अनुसन्धानका लागि विभिन्न शिर्षकमा विद्वतवृति अक्षय कोष स्थापना गरी अध्ययन अनुसन्धानकर्ताहरुलाई विद्वतवृति प्रदान गर्ने,
(७) लिम्बुवानका विभिन्न विषयहरुमा लेखिएका लेखहरु प्रकाशन गर्न जर्नल र इलेक्ट्रोनिक जर्नल प्रकाशित गर्ने,
(८) लिम्बुवानसंग सम्बन्धित विभिन्न विषयहरुमा छलफल, गोष्ठी तथा सम्मेलन गर्ने,