2018-11-20

कियाचु युवराज चोङवाङ पत्रकारिता पुरस्कार – २०७०

कियाचु युवराज चोङवाङ पत्रकारिता पुरस्कार – २०७०

प्रस्तावना

किरात याक्थुङ चुम्लुङद्धारा प्रकाशित तान्छोप्पा मासिकमा सम्पादन सहयोगीकारुपमा कार्य गर्नु भएको र लिम्बु, लिम्बुवान तथा समग्र आदिवासी जनजातिको विभिन्न पक्षमा कलम चलाएका व्यक्ति स्व. युवराज चोङवाङको सम्मान र लिम्बु र लिम्बुवानको जाति, भाषा, लिपि, इतिहास, शिक्षा स्वास्थ्य लगायतको पक्षमा पत्रकारिताको माध्यमबाट योगदान पुरयाउने व्यक्तिहरुको योगदानको उच्च मुल्याङकन गर्दै प्रोत्साहन तथा सम्मान स्वरुप पत्रकारिताको क्षेत्रमा पुरस्कार प्रदान गर्न युवराज चोङवाङ पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको हो ।

उद्देश्य

लिम्बु र लिम्बुवानको विकासको लागि पत्रकारिताको माध्यमबाट उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई प्रोत्साहन र सम्मानस्वरुप पुरस्कार प्रदान गर्ने । लिम्बु पत्रकारहरुलाई प्रोत्साहित गर्ने I

पुरस्कार राशी

पुरस्कार रकमको श्रोत अक्षय कोषबाट प्राप्त व्याज हुनेछ । पुरस्कार रकम रु १०,००० (अक्षरेपी दश हजार मात्र) सहित एक प्रमाण पत्र हुनेछ । प्रत्येक दुई वर्षमा पुरस्कार वितरण हुनेछ । पुरस्कार कियाचुको स्थापना दिवसका दिन वितरण हुनेछ ।

सहभागिता

लिम्बू आदिवासीको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, इतिहास आदिको संरक्षण, संवर्धन, विकास र प्रचार प्रसारमा योगदान पुरयाउने संचारकर्मिहरु । लिम्बु र लिम्बुवानको मुद्धालाई उजागर गर्ने संचारकर्मिहरु । एक व्यक्ति एक पटकमात्र सहभागी हुन पाउनेछ । संचालक वा छनौटसमितिलाई उपलब्ध वा आफैखोजी पत्ता लगाएका संचारकर्मीहरु सहभागी हुनेछन् ।

संस्थापक

युवराज चोङवाङ पत्रकारिता पुरस्कार कोषका लागि अक्षय कोषमा रकम प्रदान गर्ने अनुसूची – १ मा उल्लेख भएका व्यक्तिहरुलाई संस्थापक सम्झनु पर्दछ । शुभेच्छुकहरुबाट संकलित रकमबाट २०७७ सालसम्म यो कोषको मुद्दती खातामा अक्षय कोषको रुपमा रु ३,५५,००० (अक्षरेपी तीन लाख पचपन्न हजार) रहेको छ ।

पुरस्कृत व्यक्तित्व कृतित्व

२०७३ साल । टंक प्रसाद चोङबाङ । लिम्बु भाषा लिपिबाट सर्वप्रथम प्रकाशित र तत्कालीन श्री ५ को सरकारमा दर्ता गरिएको समाचारमुलक पत्रिका “याक्थुङबा” सम्पादन गर्नुभएको I