2018-11-20

कियाचु श्रीमती खेममाया सिङगक आङबुङ लिम्बू छात्रवृत्ति पुरस्कार – २०७२

कियाचु श्रीमती खेममाया सिङगक आङबुङ लिम्बू छात्रवृत्ति पुरस्कार – २०७२

प्रस्तावना

नेपालमा परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी लिम्बूहरुको उच्च माध्यमिक तहमा अध्ययनरत लिम्बू छात्रा विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य राखी पूजनीय आमा÷सासु श्रीमती खेममाया सिङगक आङबुङ लिम्बूको नाममा जेठी छोरी श्री लक्ष्मी लिम्बू र ज्वाइँ श्री राज बहादुर राई (कोट गाविस वडा नं. ४, भोजपुर हालः ललितपुर उपमनपा वडा नं. ४ बागडोल), माहिली छोरी श्री उर्मिला लिम्बू र ज्वाइँ श्री विगेन्द्र लिम्बू (धरान नगरपालिका वडा नं. १०, सुनसरी घर भई हाल ः बेलायत), कान्छी छोरी श्री शर्मिला लिम्बू र ज्वाइँ श्री विवेकसेन गुरुङ (लेखनाथ नपा वडा नं. १, कास्की घर भई हाल ः ललितपुर सैँबु गाविस, भैँसेपाटी)ले किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको मातहतमा सञ्चालन हुने गरी अक्षयकोष स्थापनार्थ किरात याक्थुङ चुम्लुङलाई रु. ३,०३,३०६।– (अक्षरेपी तीन लाख तीन हजार तीन सय छ मात्र) नगद रकम प्रदान गर्नु भएको र उक्त अक्षय कोष सञ्चालन गर्दै कियाचु श्रीमती खेममाया सिङ्गक आङबुङ लिम्बू छात्रवृत्ति पुरस्कार – २०७२ स्थापना भएको हो ।

उद्देश्य

कियाचुको प्रचलित विधानको अधिनमा रहि सञ्चान हुने गरी उच्च माध्यमिक शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने छात्रवृत्तिको उद्देश्य हुनेछ ।

पुरस्कार राशी

अक्षयकोषबाट वार्षिक रुपमा प्राप्त हुने ब्याज रकमबाट व्यवस्थापन समितिको सिफारिसमा अक्षयकोषको उद्देश्य अनुसार प्रत्येक बर्ष उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्तिको लागि कक्षा ११ मा छानिएको विद्यार्थीले कक्षा १२मा पनि निरन्तर प्राप्त गर्नेछ । कक्षा १२मा निरन्तर छात्रवृत्ति प्राप्त गर्नका लागि अध्ययन निरन्तरता कायम रहनु अनिवार्य शर्त हुनेछ । उक्त साँवा रकमको वार्षिक ब्याजको ८० % रकमबाट मात्र छात्रवृत्ति प्रदान गरिनेछ ।

सहभागिता

प्रत्येक बर्ष उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्ति प्रदान गरिने छात्राको छनौट हरेक २ बर्षमा एक पटक हुनेछ । छात्रवृत्तिको लागि कक्षा ११ मा छानिएको विद्यार्थीले कक्षा १२मा पनि निरन्तर प्राप्त गर्नेछ । कक्षा १२ मा निरन्तर छात्रवृत्ति प्राप्त गर्नका लागि अध्ययन निरन्तरता कायम रहनु अनिवार्य शर्त हुनेछ ।

संस्थापक

जेठी छोरी श्री लक्ष्मी लिम्बू र ज्वाइँ श्री राज बहादुर राई (कोट गाविस वडा नं. ४, भोजपुर हालः ललितपुर उपमनपा वडा नं. ४ बागडोल), माहिली छोरी श्री उर्मिला लिम्बू र ज्वाइँ श्री विगेन्द्र लिम्बू (धरान नगरपालिका वडा नं. १०, सुनसरी घर भई हाल ः बेलायत), कान्छी छोरी श्री शर्मिला लिम्बू र ज्वाइँ श्री विवेकसेन गुरुङ (लेखनाथ नपा वडा नं. १, कास्की घर भई हाल ः ललितपुर सैँबु गाविस, भैँसेपाटी)ले पूजनीय आमा÷सासु श्रीमती खेममाया सिङ्गक आङबुङ लिम्बूको नाममा कियाचुको मातहतमा सञ्चालन हुने गरी कियाचुलाई प्रदान गर्नु भएको रु. ३,०३,३०६।– (अक्षरेपी तीन लाख तीन हजार तीनसय छ मात्र) नगदबाट किरात याक्थुङ चुम्लुङ श्रीमती खेममाया सिङ्गक आङबुङ लिम्बू अक्षयकोषको स्थापना गरिएकोछ ।

पुरस्कृत व्यक्तित्व

२०७३ साल । ज्योति नेम्बाङलाई रु १० हजार । कक्षा ११ श्री सत्यहाङमा उच्च मावि इम्बुङ पान्थर ।

२०७४ साल । ज्योति नेम्बाङलाई रु १० हजार । कक्षा १२ श्री सत्यहाङमा उच्च मावि इम्बुङ पान्थर ।

२०७५ साल । नुमाफुङ लिम्बुलाई रु १० हजार । कक्षा ११ श्री भानु उच्च मावि डाँडाबजार धनकुटा ।

२०७६ साल । भुमिका लिम्बुलाई रु १० हजार । कक्षा ११ श्री चिसापानी मावि माङसेबुङ इलामा ।

२०७७ साल । भुमिका लिम्बुलाई रु १० हजार । कक्षा १२ श्री चिसापानी मावि माङसेबुङ इलामा ।

२०७७ साल । प्रकृति सुब्बालाई रु १० हजार । कक्षा १२ श्री त्रिवेणी मावि सभापोखरी संखुवासभा ।