2018-11-22

पुरस्कार छनौट समितिको काम शुरु

२०७५ मंशिर ६ गते, ललितपुर । आजदेखि प्राध्यापक बालकृष्ण माबुहाङको संयोजकत्वमा गठित संयुक्त पुरस्कार छनौट समितिले काम शुरुवात गरेको छ । वि.सं. २०७५ सालको लागि वितरण गरिनुपर्ने किरात शिरिजंगा पुरस्कार, इमानसिंह चेम्जोङ पुरस्कार र उदयकला पुरस्कार छनौटको लागि किरात याक्थुङ चुम्लुङ केन्द्रीय सचिवालयले उक्त पुरस्कारहरुको नियमावलीको प्रावधान बमोजिम सदस्यहरु प्राज्ञ एवम् प्राध्यापक अमर तुम्याङ, गायिका मनु नेम्बाङ, बुद्धिजीवि राम मादेन र सदस्यसचिवमा चुम्लुङ केन्द्रीय उपाध्यक्ष प्राध्यापक प्रेम येक्तेन सम्मिलित उक्त छनौट समिति निर्माण गरेको छ । वि.सं. २०५१ सालबाट स्थापित उक्त पुरस्कारहरु आगामी पुस ८ गते शिरिजंगा जयन्तीको दिनमा र पुस १७ गते इमानसिंह जयन्तीको दिनमा वितरण हुनेछन् ।