2018-11-22

चुम्लुङको वेभसाइट अद्याधिक भई सञ्चालनमा आयो ।

किरात याक्थुङ चुम्लुङ नेपालको वेभसाइट www.chumlung.org.np अद्यावधिक भई सञ्चालनमा आएको छ । वि.सं. २०६१ सालमा सहयोगी विश्वासदीप तिगेलाको प्रायोजन र सहयोगमा निर्माण भएको यो वेभसाइटको सन्दर्भमा हामी श्री तिगेला प्रति आज पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं । यसपटक यो वेभसाइट निर्माणमा सहयोग दिनुहुने तान्छोप्पा सहसम्पादक भुपेन्द्र खुदाङ, वेभसाइटमा राखिएका सामाग्रीहरुको अंग्रेजी उल्था गर्नुहुने कोषाध्यक्ष बुद्धिजीवि डम्बर तेम्बे, वेभ ब्यानर डिजायन गर्नुहुने टाइम्स क्रियशनका कलाकार सुन्दर बस्नेत र डिजायनर दिपेश बार्तोला प्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौं । यो वेभसाइट मार्फत विश्व परिवेशमा नेपालका आदिवासी लिम्बुहरुको संगठन किरात याक्थुङ चुम्लुङको संक्षिप्त चिनारी प्रस्तुत गर्न हामीलाई सरलता र सहजता हुनेछ । यस्ता माध्यमहरुले हामी बीच सदा उत्साह र उमंग प्रदान गरुन् भन्दै सबैमा ‘लुङमेन्दीङ’ शुभकामना छ ।