2018-11-23

पुरस्कार समितिको सूचना

सूचना । सूचना । सूचना ।

किरात याक्थुङ चुम्लुङद्वारा सञ्चालित निम्न पुरस्कारहरुको यस वर्ष येले तङ्वे ५०७८ तदनुसार वि.सं. २०७५ सालमा वितरणका लागि कृति छनौट गर्नुपर्ने भएकोले सम्बन्धित क्षेत्रका स्रष्टा (व्यक्ति वा सङ्घ,संस्था)हरुले तल उल्लिखित क्षेत्र भित्र पर्ने आफ्ना कृृतिहरुको २ प्रति सक्कल सहित वि.सं. २०७५ मंसीर २१ गते ४ बजेभित्र कियाचु केन्द्रीय कार्यालयमा दर्ता भईसक्ने गरी दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैमा सूचना जारी गरिन्छ ।

पुरस्कार, पुरस्कार राशी र वितरण मिति

१. किरात सिरिजङ्गा पुस्कार २०५१ः पुरस्कार राशी रु २५,०००। र प्रमाण पत्र । पुरस्कार वितरण हुने वि.सं. २०७५ पुस ७ गते ।

२. उदयकला पुरस्कार २०५२ः पुरस्कार राशी रु १०,०००। र प्रमाण पत्र । पुरस्कार वितरण हुने वि.सं. २०७५ पुस ७ गते ।

३. इमानसिं चेम्जोङ पुरस्कार २०५४ः पुरस्कार राशी रु २५,०००। र प्रमाण पत्र । पुरस्कार वितरण हुने वि.सं. २०७५ पुस १७ गते ।

पुरस्कार प्रतिस्पर्धाका लागि निम्न प्रकारका कृतिहरु सहभागी हुन योग्य हुनेछन् ः

१. किरात सिरिजङ्गा पुस्कार २०५१ को लागि लिम्बू भाषा, साहित्य, इतिहास, संस्कृति र किरात सिरिजङ्गा लिपिको अध्ययन तथा अनुसन्धानमा आधारित प्रकाशित तथा अप्रकाशित (पाण्डुलिपि) कृति ।

२. उदयकला पुरस्कार २०५२ को लागि व्यक्ति वा सङ्घ, संस्थाको लिम्बू मौलिक गीत, नाटक वा अन्य कलाक्षेत्र (सङ्गीत, येबालाङ्, केलाङ्, माङ्लाङ्, अभिनय तथा निर्देशन) कृति ।

३. इमानसिं चेम्जोङ पुरस्कार २०५४ को लागि लिम्बु भाषा तथा किरात सिरिजङ्गा लिपिमा प्रकाशित साहित्यिक कृति ।

नोट ः कुनै कृति सम्बन्धीत व्यक्ति वा संस्था बाहेक अरुले दर्ता गरिदिने हकमा कृतिको आधिकारीक व्यक्ति वा संस्थाको अनुमति र स्वीकृतिमा हुनुपर्नेछ । साथै समयसिमा भित्र दर्ता नभएका कृतिहरुको प्रतिस्पर्धामा समावेश गर्न निर्णायक समिति बाध्य हुने छैन् ।

संयुक्त निर्णायक समिति

किरात सिरिजङ्गा पुस्कार, उदयकला पुरस्कार र इमानसिं चेम्जोङ पुरस्कार

सम्पर्क नं ः ०१५१७१०४९, email: info@chumlung.org.np 

 

सूचना प्रकाशित मिति ः वि.सं. २०७५ मंशिर ७ ।