मिति २०७५ मंशिर १४ गते प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
मिति २०७५ मंशिर १३ गतेदेखि इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. ५ को वडा कार्यालयले किरात शिरिजंगा लिपि र लिम्बु भाषालाई समेत सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न थालेकोमा हामी आदिवासी लिम्बुहरुको संगठन किरात याक्थुङ चुम्लुङ तर्फबाट खुशी ब्यक्त गर्दै हार्दिक स्वागत गर्दछौं । यसको लागि माङसेबुङ गाउँपालिका वडा नं. ५ को कार्यालय, सो वडाको जनप्रतिनिधि वडा अध्यक्ष श्री नरेन्द्र राई, यसमा सहयोग पुरयाउनुहुने भाषिक प्राज्ञिक अभियन्ताहरु प्रति हार्दिक धन्यवाद पनि व्यक्त गर्दछौं ।
विगतदेखि हामीले स्थानीय तहमा लिम्बु भाषामा सरकारी कामकाजी बनाउनको लागि आन्दोलन, जनपैरवी र व्यवहारिक अभ्यास गरिरहयौं । हामीले विभिन्न हातेपुस्तिका, निवेदनहरुको नमुना निर्माण र प्रचलन अभ्यासहरु गरिरहयौं । तर संवैधानिक अस्पष्टता, राज्य शासन गर्ने नेता तथा प्रशासकहरुको नीतिगत र निर्णय क्षमताको अभावमा यो अभियान अवरुद्ध रहीरहयो । हाल पनि यो एजेण्डामा उत्तिकै सचेततापुर्वक हामी लागिरहेको अवस्था छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि आन्दोलन गरिरहदाँ र संविधान बनाउन सहभागी भइरहदाँ हामीले यस्ता राष्ट्रिय भाषा तथा लिपिलाई समेत सरकारी कामकाजको भाषा बनाउनुपर्दछ भन्ने एजेण्डा प्रमुखरुपमा उठाएर आएका थियौं नै, जो आज स्थानीय सरकारको एक वडा कार्यालयबाट सुरुवात भएको छ । यस क्षणमा हामी माग गर्दछौं कि अन्य गाउँपालिका, नगरपालिका हुँदै प्रदेश सरकारले यस तर्फ गम्भीर ध्यान दिवस्, जनता र सरकारलाई जोड्ने संविधान प्रदत्त सृजनात्मक कार्यहरु अविलम्ब अवलम्बन गरोस् ।
योगराज लिम्बू वनेम अध्यक्ष, केन्द्रीय कार्य समिति
मिति २०७५ मंशिर १४ गते