किरात सिरिजङ्गा पुस्कार र उदयकला पुरस्कार विजेता घोषणा
किरात सिरिजङ्गा पुस्कार र उदयकला पुरस्कार विजेता घोषणा
किरात याक्थुङ चुम्लुङद्वारा सञ्चालित कियाचु किरात सिरिजङ्गा पुस्कार २०५१ र कियाचु उदयकला पुरस्कार २०५२ यस वर्ष येले तङ्वे ५०७८ तदनुसार वि.सं. २०७५ सालमा निर्णायक समितिको निर्णय र सिफारीस अनुसार निम्न कृतिहरुलाई प्रदान गरिने घोषणा गरिन्छ ।
१. कियाचु किरात सिरिजङ्गा पुस्कार २०५१, नेपालको धनकुटा जिल्ला निवासी श्री धनहाङ सुब्बाको कृति “लिम्बू लोकवार्ता” ।
२. कियाचु उदयकला पुरस्कार २०५२, नेपालको श्री झुमा लिम्बूको कृति “खासाम्” ।
वि.सं. २०७५ मंशीर २६
कियाचु केन्द्रीय सचिवालय