मिति २०७५ पुस ६ गते चासोक तङनाम शुभकामना
चासोक तङनाम शुभकामना
हामी आदिवासी लिम्बुहरुको महान राष्ट्रिय चाड चासोक तङनाम २०७५ को उपलक्ष्यमा देश विदेशमा रहनुभएका सबै दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
प्रत्येक वर्ष मंशिर पुर्णिमाको छेकमा लिम्बुले चासोक, राईले उद्यौली साकेला, याक्खाले चासुवा, सुनुवारले फोलष्यादर, थामीले भुमे पूजा भनी मनाउने यी चाडहरुलाई समग्रमा किरात चाड समेत भन्दछौं । यो चाडको अवसरमा राज्यबाट गतवर्षसम्म राष्ट्रिय बिदा दिने व्यवस्था भएता पनि यस वर्षदेखि राष्ट्रिय बिदा कटौती गरी सम्बन्धित समुदायलाई मात्र दिने व्यवस्था गरेर राज्यले दिनुपर्ने पहिचान (रिकगनिशन) र सम्मान (रेस्पेक्ट)मा हामीलाई विभेद गरेको छ । संघीय लोकतान्त्रिक गणतान्त्रत्मक आन्दोलनबाट स्थापित गरेको हाम्रो राष्ट्रिय चाडको मान्यता अधिकार खोसेको हुनाले राज्यबाट अविलम्ब पुनस्थापना गर्नुपर्ने माग गर्दै हामीले यस चाडको उपलक्ष्यमा केन्द्रमा एक दिन राष्ट्रिय बिदा र प्रदेश एकमा तीन दिन बिदाको माग गरिरहेको यसै अवसरमा सबैलाई जानकारी गराउन चाहन्छौं ।
परापुर्वकालदेखि प्रकृति पुजा, पुर्वजहरुको स्मरण एवम् पूजा, कृषि जीवन चर्यालाई प्रतिबिम्बित गर्दै चाड पर्वको रुपमा मानीआएको यी चाडहरुको संरक्षण, सम्बर्धन, प्रबर्धन, निरन्तरता हाम्रो महत्वपूर्ण जिम्मेवारी हो । सबैमा भातृत्व, एकता, एकापसमा सम्मानभाव छावस् भन्दै पुनः सबैमा लुङ्मेन्दीङ शुभकामना व्यक्त गर्दछौं ।
योगराज लिम्बू वनेम
अध्यक्ष, केन्द्रीय कार्य समिति
मिति २०७५ पुस ६ गते