2019-01-04

इमानसिंह चेम्जोङको ११६ औं जन्मजयन्ती समारोह सम्पन्न

मिति २०७५ पुस १७ गते, ललितपुर चुम्लुङ हिम ।

इमानसिंह चेम्जोङको ११६ औं जन्मजयन्ती समारोह सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ, लिम्बु विद्यार्थी मञ्च र याक्थुङ युवा मञ्चको संयुक्त आयोजनामा सम्पन्न उक्त समारोहमा उपस्थित ललितपुर चुम्लुङ परिसरमा रहेको चेम्जोङको प्रतिमामा प्रमुख वक्ता प्रा डा टेक बहादुर श्रेष्ठ, चुम्लुङ अध्यक्ष योगराज लिम्बु, विद्यार्थी महासचिव उत्सव सम्बाहाङफे र युवा अध्यक्ष भूपेन्द्र खुदाङ, परिवारले फुलमाला खादा लगाएर साथै उपस्थित सहभागीहरुबाट पुष्प गुच्छा चढाएर, १ मीनट मौनधारण मार्फत स्मरण गरिएको थियो ।

सो समारोहमा इतिहासकार प्रा डा टेकबहादुर श्रेष्ठ र परिवारको तर्फबाट कान्छा छोरा नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी मोहनसिं चेम्जोङले आफना संस्मरणसहित उनको योगदानको बारेमा प्रस्तुति गर्नुभएको थियो । प्रस्तुति पश्चात् संक्षिप्त अन्तरक्रिया भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघको उपाध्यक्ष गोविन्द छन्त्यालले मन्तव्य राख्नुभएको थियो । जयन्ती समारोहको अध्यक्षता चुम्लुङ अध्यक्ष योगराज लिम्बु वनेम, स्वागत भाषण विद्यार्थी महासचिव उत्सव सम्बाहाङफे र कार्यक्रम संचालन युवा उपाध्यक्ष उपाध्यक्ष मानध्वज इस्बोले गर्नुभएको थियो । सोही समारोहको दोश्रो भागमा इमानसिं चेम्जोङ पुरस्कार वितरण भएको थियो ।