2019-02-07

पन्ध्रौ योजनामा छलफल कार्यक्रम सम्पन्न

मिति २०७५ पुस २९ गते आइतबार ललितपुर चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङको आयोजना तथा लिम्बुवान अध्ययन केन्द्रको सहयोगमा पन्ध्रौ योजनामा आदिवासी लिम्बुको विकास सम्बन्धी सुझाव तयार गर्न छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पहिलेको योजनाहरुको संक्षिप्त समीक्षाबारेमा योगराज लिम्बु, आगामी योजनामा सुझावहरुबारे खगेन्द्र जबेगु, डिस्कोर्स आदिवासीहरुको दृष्टिकोणमा विकास र अपनाउनुपर्ने सावधानीहरुको बारेमा डिबी आङबुङबाट प्रस्तुति भएको थियो ।

त्यसैगरी विभिन्न जिल्लाहरुबाट सुझाव संकलनको लागि (क) याम प्रसाद योङहाङ उपाध्यक्ष ः इलाम र झापा, (ख) योगेन्द्र पालुङवा, सचिव ः सुनसरी, मोरङ र धनकुटा (ग) चन्द्र कुमार आङदेम्बे, सचिव ः पान्थर र ताप्लेजुङ र (घ) कमला फोम्बो, सचिव ः तेह्रथुम र संखुवासभा जिम्मेवारी प्रदान गरिएको थियो । उक्त स्थानहरुबाट पनि सुझावहरु संकलन भएका छन् ।

आएका सुझावहरुलाई एकमुष्ठ बनाउन र सुझाव तयार गर्नको लागि खगेन्द्र जबेगुको संयोजकत्वमा एक कार्यदल बनी सो कार्यदलले आफनो सुझाव प्रतिवेदन तयार गरी बुझाइसकेको छ ।