संरक्षण प्रबद्र्धन कार्यविधि २०७५ मस्यौदा उपत्यकास्तरमा छलफल

मिति २०७५ फागुन २० गते ललितपुर चुम्लुङ हिममा ऐतिहासिक, पुरातात्विक क्षेत्र र समाधिस्थल संरक्षण प्रबद्र्धन कार्यविधि २०७५ मस्यौदा माथि उपत्यकास्तरमा मिति २०७५ फागुन २० गते छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त मस्यौदा माथि छलफल गराउनको लागि मस्यौदा कार्यदलका संयोजक नारायण निंलेखुबाट कार्यविधि प्रस्तुत छलफल र सहजीकरण भएको थियो । उक्त कार्यविधि माथि सहभागीहरुबाट सकारात्मक र थप गर्नुपर्ने थुप्रै बुदाँ एवम् विषयहरु आएका थिए । चुम्लुङको तीन वर्षे नीति तथा कार्यक्रममा रहेको यो कार्यविधि निर्माणको लागि लिम्बुवान अध्ययन केन्द्रबाट पहल भई अघिल्लो महिना चुम्लुङ केन्द्रीय सचिवालयमा बुझाइएको थियो र हाल यो सबै जिल्लाहरु, प्रदेश र विभिन्न बैठकहरुमा छलफल गराउँदै परिपक्व बनाउने प्रक्रियामा रहेको छ ।