किरात याक्थुङ चुम्लुङको विधान २०४६ (नवौं संशोधन सहित मिलाइएको)
प्रस्तावना : बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधर्मी देश नेपालको प्राचीन किरात वंश मध्येको एक लिम्बू जातिको भाषा, लिपि, साहित्य, धर्म, संस्कृति तथा इतिहासको क्षेत्रमा खोजपूर्ण अध्ययन, जातिको उत्थान, सांस्कृतिक पुनर्जागरण, सामाजिक, आर्थिक विकास, लैङ्गिक समानता तथा यसस―ग सम्बन्धित अन्य क्रियाकलापहरू सञ्चालन गर्न, वातावरण, स्वास्थ्य, शिक्षा, पर्यावरण, विकास निर्माण क्षेत्रमा कार्य गर्न र देशका अन्य जाति तथा सम्प्रदायस―ग सुसम्बन्ध र सद्भावना अभिवृद्धि गर्दै आदिवासी÷जनजाति अधिकार र मानव अधिकारको घोषणा पत्रलाई अङ्गिकार गरी राष्ट्रिय एकता तथा राष्ट्रिय संस्कृतिको निर्माणमा योगदान पु¥याउन भाषिक, सामाजिक–आर्थिक, सांस्कृतिक तथा राजनैतिक हक अधिकार प्राप्त गर्नका लागि एक गैरराजनैतिक तथा गैरव्यवसायिक आदिवासी संस्थाको स्थापना गर्ने उद्देश्यले यस किरात याक्थुङ चुम्लुङको विधान २०४६ (नवौं संशोधन सहित मिलाइएको) लागू गरिएको छ । (मिति २०७३ फागुन २८,२९र ३० गते धरान, सुनसरी लिम्बुवानमा सम्पन्न किरात याक्थुङ चुम्लुङको १० औं राष्ट्रिय महाधिवेशनबाट पारित)