किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्य समितिको अध्यक्षहरु
श्री नन्द कन्दङवा संस्थापक अध्यक्ष (२०४६) हुनुहुन्छ । वहाँले पहिलो निर्वाचित कार्य समितिमा उपाध्यक्ष र दोश्रो तेश्रो समितिमा महासचिव जिम्मेवारी सम्हाल्नुभएको थियो । स्व. बल बहादुर (बीबी) चेम्जोङ निर्वाचित अध्यक्ष (२०४६–२०५२) हुनुहुन्छ । श्री मञ्जुल याक्थुम्बा दोश्रो अध्यक्ष (२०५२–२०६३) हुनुहुन्छ । वहाँ उपत्यकाको अध्यक्ष, केन्द्रीय कार्य समितिको उपाध्यक्ष हुदै अध्यक्ष हुनुभएको हो । श्री अर्जुन लिम्बु तेश्रो अध्यक्ष (२०६३–२०६८) हुनुहुन्छ । वहाँ केन्द्रीय सदस्य, केन्द्रीय कोषाध्यक्ष, महासचिव, केन्द्रीय उपाध्यक्ष हुदै अध्यक्ष हुनुभएको हो । त्यसैगरी श्री उत्तम सिं थाङदेन चौथो अध्यक्ष (२०६८–२०७४) हुनुहुन्छ । वहाँ संस्थापक सचिव, केन्द्रीय सदस्य, महासचिव, केन्द्रीय उपाध्यक्ष हुदै केन्द्रीय अध्यक्ष हुनुभएको हो । २०७४ सालदेखि हाल श्री योगराज लिम्बु वनेम केन्द्रीय अध्यक्ष हुनुहुन्छ । वहाँ उपत्यकाको सचिव, केन्द्रीय कोषाध्यक्ष, महासचिव हुदै अध्यक्ष हुनुभएको हो ।