2019-05-30

सम्पर्क कार्यालयमा भेटघाट

जेठ ११, २०७६ । कियाचु सम्पर्क कार्यालय, धरान ।

सम्पर्क कार्यालयमा भेटघाट ।

संस्थाको तीन वर्षे नीति तथा कार्यक्रमहरुको कार्यान्वयन, आत्मनिर्भर अक्षय कोष अभियान, जहाँ चुम्लुङ हिम त्यहाँ लिम्बु भाषा कक्षा संचालन, थरगत संस्थाहरुसँगको सहकार्य, लिम्बुवान संयुक्त संघर्ष समितिलाई सकृय बनाउन सहयोग समन्वय गर्ने विषयहरुमा जानकारी लेनदेन एवम् समान बुझाईहरु निर्माण गरियो । गत फागुनमा सम्पन्न २२ औं राष्टित्रय चुम्लुङले गरेको लिम्बुवान आन्दोलन, किरात धर्म सम्बन्धी प्रष्ट धारणालाई स्थानीय तहहरुमा लानुपर्नेमा जोड दिइयो । कियाचुको प्रदेश र जिल्ला संरचना बीचको समन्वयलाई ध्यानदिनुपर्ने, नयाँ संरचनाको संस्थागत अभ्यासहरुको बुझाईहरु निर्माण गर्नुपर्नेमा जोड दिइयो ।