२०५६ साल जेठ १८ गतेका दिन सर्वोच्च अदालतले स्थानीय तहहरुमा मातृभाषामा कामकाजी बनाइरहेको अवस्थालाई रोक लगाउनुपर्ने फैसला गरेको विरोधमा हरेक वर्ष उक्त दिनलाई भाषिक आन्दोलनकर्मीहरुले कालो दिवसको रुपमा विरोध र आफनो असन्तुष्टि जाहेर गरिरहेका छन् । सोही अनुसार यस वर्ष २०७६ साल जेठ १८ गते पनि माइतीघर मण्डलामा विरोध जनाउने क्रम निरन्तरता रहयो । उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ सम्बद्ध संगठनहरु र भाषिक संयुक्त संघर्ष समितिले आयोजना गरेको थियो ।