KYC UAE
किरात याक्थुङ चुम्लुङ (कियाचु) युएईको पाँचौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । २० सेप्टेम्बर, २०१९ शुक्रबारको दिन सम्पन्न उक्त अधिवेशन बरदुबई अवस्थित सिन्दपन्जाब रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो ।
गजबहादुर (टेक) वनेमको अध्यक्षतामा पहिलो उपाध्यक्षस् कमल लावती, दोस्रो उपाध्यक्ष शर्मिला पंधाक, महासचिव सुबास बेघा, सचिब बिक्रम पंधाक, प्रबक्ता बिराज केरुङ, कोषाध्यक्ष मनिषा खाम्दाक, सहकोषाध्यक्ष सुनिता पाङ्मा, कार्यकारी सदस्यहरू खड्ग सिङ्जाङ्गो, गोबिन्द लुम्फुङ्वा, दुर्गा थक्लेन, उदिप ओख्राबो, बुद्धसिंह लिङ्देन, बिशाल लिङ्देन, सुरेशकुमार फागो, एलुन लिङ्देन, सीतादेबी सुब्बा, ललित तुम्रोक, हंसराज केरुङ, सुन्दर लावती र कार्यसमितिको निर्णयले २ जना कार्यकारी सदस्य चयन गर्न सक्ने निर्णय गरि २३ सदस्यीय केन्द्रिय कार्यसमिति गठन भएको थियो ।
नव गठित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिदै सभाका सभापति पिएस निङ्लेकूले साँझ ७ बजे कियाचु, युएईको पाँचौं राष्ट्रिय अधिवेशन समाप्त भएको घोषणा गरे संगै समाप्त भएको यस अधिवेशन सभामा तामाङ समाज, युएईका उपाध्यक्ष जितेन्द्र तमू, तमु संघ, युएईकि अध्यक्ष उसा तमूस्यो, किरात राई यायोक्खा युएई शाखाका महासचिब धनकृष्ण राई, सुनुवार सेवा समाज, युएईका अध्यक्ष नरबहादुर सुनुवार, अन्तराष्ट्रिय नेपाली समुदाय, युएईका अध्यक्षस् मुन्प्रसाद गुरुङ, तेह्रथुम समाज, युएईका सदस्य गोबिन्द लुम्फुङ्वा लगायतका संस्थागत प्रतिनिधिहरूको आतिथ्य रहेको थियो ।